ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

१८ चैत २०७९, काठमाडौं।

नुवाकोट, दुप्चेश्वर गाउँपालिका-४ गोल्फुमा ना.१ ज.३९८४ नम्बरको टाटा सुमो शुक्रबार दिउँसो दुर्घटना हुँदा सुमोमा सवार ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा दुप्चेश्वर गाउँपालिका-४ बस्ने २५ वर्षीय छिरिङ तामाङ, १६ वर्षीया मनमायाँ तामाङ र सोही गाउँपालिका-७ बस्ने ४५ वर्षीया सानु कान्छी तामाङ रहेका छन् । दुर्घटनामा छिरिङ र मनमायाँको घटनास्थलमै मृत्यु भएको हो भने गम्भीर घाइते भएकी सानु कान्छीको त्रिशुली अस्पताल हुँदै थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ९ जनाको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको   छ ।

ADVERTISEMENT

कास्की, पोखरा महानगरपालिका-८ न्युरोडमा ग.१ ज ४५४० नम्बरको विंगर गाडीले ग.५ प ९४ नम्बरको  स्कुटरलाई  शुक्रबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार पोखरा महानगरपालिका-८ सृजना चोक बस्ने ५० वर्षीय सुर्य थकालीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । विंगर गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कपिलवस्तु, वाणगंगा नगरपालिका-१० वनकट्टीस्थित सडकमा लु.४ त १०१४ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा काम गर्ने सोही नगरपालिका-१० बस्ने ३८ वर्षीय हरिराम चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाँचथर, फिदिम नगरपालिका-३ कान्छी दोकानस्थित प्र.१-०१-००१ च ९३४९ नम्बरको कार अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा कारमा सवार झापा, बिर्तामोड नगरपालिका-१  बस्ने १८ वर्षीया रस्मी भुजेलको मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ४ जनाको जिल्ला अस्पताल पाँचथर हुँदै थप उपचारको लागि बिएण्डसी अस्पताल झापातर्फ पठाइएको छ ।

दोलखा, भिमेश्वर नगरपालिका-६ चोथानमा बा.४ ख ९७५ नम्बरको ट्रकले बा.९४ प ३२५५ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने काभ्रे महाभारत गाउँपालिका-८ घर भएका २० वर्षीय राजु मगरको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको च्छो-रोल्पा अस्पताल चरिकोटमा उपचारको क्रममा मृत्यु भएको हो । साथै ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्युठान, प्युठान नगरपालिका-७ टिकुरी बसपार्कस्थित सडकमा लु.२ क ३८८९ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री गौमुखी गाउँपालिका-७ नारीकोट बस्ने २० वर्षीया गिता विश्वकर्माको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बझाङ, जयपृथ्बी नगरपालिका-९ पक्किपुल बजारस्थित सडकमा सु.प.प्र.०२-००१ ख १११९ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने सुर्मा गाउँपालिका-३ घर भएका धन बहादुर बोहराको छोरा ३ वर्षीय सरगम बोहराको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

आजकाे माैसममा यी क्षेत्रमा फेरबदल हुने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host