२०७९ चैत १९, काठमाडौँ।
दिब्य न्युज संवाददाता।
केही महिना अघि शंखरापुर नगरपालिका व.नं६ स्थित सि टि भिटिकाे पछाडि पट्टि रहेको जमिनमा प्लटिङ गर्नेले मापदण्ड विपरित राजकुलो नै छोपेर बाटो बनाएको थियो। करीब दुई हप्ता अगाडि ( २०७९ चैत ०४ गते) स्थानीयहरुले स्थलगत भ्रमण गरी वडा ६ का जनप्रतिनिधि, अनमिन,सराेकारवाला, सुरक्षा निकाय, प्लटिङवाला,साँधसँधियार लगायत ‘हामी पनि छौँ ‘ भन्ने, अभियानकाे एक्यवद्धतामा नापजाँच गरिएको थियो। दुई साता पश्चात शंखरापुर नगरपालिकाको भुमि निति कार्यनिर्देशिका अनुसार राजकुलो र खोला मिचेर बनाइएकाे प्लटिङकाे बाटाे स्थानीयहरु र जनप्रतिनिधिकाे दबाबमा भत्काउदै साबिक खोला र कुलोलाई सोही ठाउँमा बग्ने गरी खुल्ला गरेको छ। अहिले रेखांकन गरी खोलाले चर्चेको क्षेत्रलाई छुट्याएको छ। केही समय अगाडि राजकुलो नै छोपेर सडक निर्माण गर्दै आएको ५/६ महिना बितिसकेको तर स्थानीय सरकारका जनप्रतिनिधिलाई भने यो विषयमा जानकारी नरहेको बताईएको थियो।
सबै जानकारी पछि स्थानीय वासिन्दाको विरोध र शंखरापुर नगरपालिकाकाे वडा नं ६ का जन- प्रतिनिधिकाे ठूलो प्रयासपछि प्लटिङले खोला, कुलो मिचेर निर्माण गरेको अवैधानिक संरचना भत्काएर ,आज कुलो र खोला खोल्न सफल भएको स्थानीय बताउँछन्। साथै शंखरापुर नगरपालिका भित्र का अन्य क्षेत्रमा पनि मापदण्ड विपरितका र अवैधानिक संरचना निर्माण भएकालाई हटाउदै जाने कुरा ‘हामी पनि छौँ ‘भन्ने अभियानका एक सदस्यले बताए। साथै यो अभियान सम्पुर्ण नगरबासीको अभियान भएकोले,यो सफलता सँगै अर्काे सफलता पनि प्राप्त हुने विश्वास नगरबासीकाे रहेको बताईएको छ।
Video link open यहाँ क्लिक गर्नुहोस्।
https://fb.watch/jF-OFLVjgl/