काठमाडौं- आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिदैंछ । यसैगरी उम्मेदवारहरुलाई चुनाव चिह्न पनि आजै वितरण गरिंदै छ ।
निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय निर्धारण गरिएको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि आजै चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ । उम्मेदवारले आज चुनाव चिह्न पाएपछि उपनिर्वाचनको प्रसारप्रसार औपचारिकरुपमा सुरु हुनेछ ।
तनहुँ-१, बारा-२ र चितवन-२ मा आगामी वैशाख १० गते प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । यसका लागि गत सोमबार उम्मेदवारी दर्ता भएको थियो ।
गत मंसिर ४ को निर्वाचनमा तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि र चितवन-२ बाट निर्वाचित रवि लामिछाने नागरिकता विवादमा पदमुक्त भएकाले ति क्षेत्रहरुमा उपनिर्वाचन हुन लागेको हो । यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?