ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

बैंकहरूप्रति राष्ट्र बैंक लचिलो हुने संकेत


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

आगामी साउनबाट बैंकहरूले राख्नुपर्ने थप कोषको प्रावधान रकममा राष्ट्र बैंक लचिलो हुने संकेत गरेको छ। थप कोषको प्रावधान तत्काल राख्न नपर्ने हुनसक्ने सम्भावना छ भने राख्नै पर्ने अवस्थामा समेत कम राखे हुनसक्ने देखिन्छ। हाल यसरी अतिरिक्त कोषमा रकम राख्नुपर्ने भएकोले बैंकहरूले सावधानी पुर्वक कर्जा विस्तार गरिरहेका छन्। अब यो व्यवस्था हुबहु लागु नहुने भएभएपछि बैंकहरूले सहज रुपमा कर्जा बिस्तार गर्दै जान सक्ने देखिएका हुन्। राष्ट्र बैंकले आगामी साउनदेखि बैंक तथा वित्तीय संस्थाले अधिकतम २.५ प्रतिशतसम्म यस्तो प्रावधानमा रकम राख्नुपर्ने व्यवस्था चालु आर्थिक वर्षको मौद्रिक नीतिबाटै गरेको थियो। हाल कर्जा लगानी विस्तार रोकिएका कारण तत्काललाई यसमा लचिलो हुने संकेत राष्ट्र बैंकले गरेको हो। ‘हामीले यस्तो प्रावधान कार्यान्वयनमा ल्याउन खोजेको दुई वर्षभन्दा बढी भइसकेको छ,’ राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले भने, ‘तर अहिले बैंकहरूको कर्जा लगानी सुस्त भएको छ। त्यसैले यो व्यवस्था अहिले नै लगाइहाल्नुपर्छ भन्ने पनि देखिँदैन।’ मौद्रिक नीतिले २०८० साउनदेखि अधिकतम २.५ प्रतिशतको अतिरिक्त पुँजी कोष राख्नुपर्ने व्यवस्था गरेको छ। प्राविधिक भाषामा यसलाई ‘काउन्टर साइक्लिकल बफर’ भनिन्छ। राष्ट्र बैंकले कर्जा र कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को अनुपात र यस्तो अनुपातबीच हुने अन्तरको पछिल्लो पाँच वर्षको प्रवृत्तिका आधारमा यसरी थप रकम राख्नुपर्ने व्यवस्था गरेको हो। यस्तो अनुपातबीचको अन्तर १५ विन्दुसम्म भए बैंकहरूले २.५ प्रतिशतसम्म पुँजी राख्नुपर्ने व्यवस्था गरिएको छ। गत असारमा कर्जा लगानी र कुल गार्हस्थ्य उत्पादन अनुपात अघिल्लो वर्षभन्दा घटेको छ। २०७८ असारमा कर्जा लगानी र कुल गार्हस्थ्य उत्पादन अनुपात ९७.८६ प्रतिशत रहेकामा २०७९ असारमा यो ९७.१७ प्रतिशत छ। वित्तीय क्षेत्रमा अहिलेकै अवस्था जारी रहँदा यो अतिरिक्त पुँजी कोषको व्यवस्था कार्यान्वयनमा आए कर्जा लगानी थप शिथिल हुनेछ। राष्ट्र बैंकले २०७२ असारबाटै यस्तो थप पुँजी कोष राख्ने लक्ष्य लिएको थियो। तर भुइँचालो र त्यसपछि कोभिड महामारीको समयमा यो व्यवस्था लागू गर्दा बैंकहरूको कर्जा लगानी क्षमता घट्ने भन्दै यसलाई स्थगित गरेको थियो। अहिले उपभोगमा उच्च दरमा कटौती हुँदा बजारमा माग घटेको छ। व्यवसायीहरू उधारोमा फसेका छन्। बजारमा पैसाको प्रवाह रोकिएको यो समयमा यस्तो कोषको व्यवस्था हुबहु लगाउने कि नलगाउने भनेर राष्ट्र बैंक समेत दुविधामै छ। ‘हामीले समग्र कर्जामा भन्दा पनि केही निश्चित क्षेत्रमा गएको कर्जाको आधारमा यस्तो प्रावधान राख्नुपर्ने व्यवस्था गर्न सकिन्छ कि भनेर पनि हेरिरहेका छौं,’ राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले भने। यसका लागि अहिले राष्ट्र बैंकले आवश्यक अध्ययन गरिरहेको छ। विश्वभर समयक्रममा विकसित हुँदै जाने जोखिमका लागि बैंक तथा वित्तीय संस्थामा तरलता व्यवस्थापन गर्न बृहत पुँजी कोषबाहेक अतिरिक्त कोष राख्न थालिएको छ। उच्च दरमा कर्जा वृद्धि हुँदै जाँदा जोखिमपूर्ण कर्जाको परिमाणसमेत बढ्छ। यसले बैंकिङ क्षेत्रलाई अस्थिर बनाउँछ। त्यही भएर वित्तीय सुरक्षाका लागि अतिरिक्त कोष व्यवस्था गर्न थालिएको हो। अहिले पनि बैंकहरूले जोखिमपूर्ण क्षेत्रमा गरिएको लगानीका आधारमा न्यूनतम ११ प्रतिशत पुँजी कोष पर्याप्तता अनुपात राख्नुपर्ने व्यवस्था छ। अतिरिक्त पुँजी कोषको व्यवस्था हुबहु कार्यान्वयनमा आए अर्को आर्थिक वर्षबाट थप २.५ प्रतिशतको अतिरिक्त कोषसमेत राख्नुपर्ने हुन्थ्यो। यसरी बैंकहरूले आफ्नो जोखिम लगानीका आधारमा राख्नुपर्ने जगेडा रकम कुल १३.५ प्रतिशतसम्म हुन्थ्यो। बैंकरहरूले पनि तत्काललाई यो व्यवस्था कार्यान्वयनमा नल्याउन आग्रह गर्दै आएका छन्।

ADVERTISEMENT

राष्ट्र बैंकले हुँबहु यो व्यवस्था कार्यान्वयनमा ल्याएमा बैंकहरूले आफ्नो चुक्ता पुँजी बढाउनुपर्ने हुनसक्ने देखिन्छ। बैंकहरूले ऋणपत्र जारी गरेर पुँजी जुटाउन भने सक्नेछन्। यो दुवै नगर्ने बैंकहरूले कर्जा लगानीको प्राथमिकतामा पुनर्विचार गर्नुपर्ने हुनसक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिजबीच सहकार्य सम्झौता

नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिजबीच सहकार्य सम्झौता

हिमालयन लाइफ इन्सुरेन्सले नगद लाभांश वितरण गर्ने

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १९औँ वार्षिक साधारणसभा माघ २८ गते

सुन र चाँदीको मुल्यमा वृद्धि

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा बृद्धि

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्याे

राष्ट्रिय वाणिज्य बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था बीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था बीच सम्झौता

नेपाल बैंक लिमिटेडको ६६औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल बैंक लिमिटेडको ६६औँ वार्षिक साधारण सभा सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host