२०७९ चैत्र २३,
काठमाडौं।
ललितपुर, ललितपुर महानगरपालिका-३ धोबिघाटस्थित सडकमा प्रदेश १-०३-००१ प १६६३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, रतुवामाई नगरपालिका-१० सोमबारेस्थित सडकमा ना.१ क ६१६० नम्बरको टिपर र को.१ त ६५३६ नम्बरको ट्याक्टर एक-आपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही नगरपालिका-४ बस्ने ४५ वर्षीय भुषण लाल चौधरीको घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बैतडी, डिलासैनी गाउँपालिका-३ धौकुचेस्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१००१ ज १२९४ नम्बरको जिपको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीया गौरा नाथको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा, मिथिला नगरपालिका-५ श्रीपुर औरही पुलस्थित सडकमा प्र.२-०२-००२ प ८३०४ नम्बरको मोटरसाइकललाई प्र.१-०१-००२ ख ८७७३ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-३ हरिहरपुर बस्ने २० वर्षीय युवराज महतोको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।