काठमाडौं : सरकारले कोशी प्रदेश नामकरणको विरोधका क्रममा मृत्यु भएका पदम लिम्बु (लाजिहाङ) लाई सहिद घोषणा गरेको छ।
आज बसेको मन्त्रिपरिषदेको बैठकले लिम्बुलाई सहिद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय भएको संकृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले जानकारी दिए।
पहिचानको आधारमा नामकरणको माग गर्दै चैत ५ गते विराटनगरमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको चैत १० मा मृत्यु भएको थियो। आन्दोलनकै क्रममा प्रहरीको कुटाईबाट घाइते भएका लिम्बुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपचारको क्रममा निधन भएको थियो। यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?