काठमाडाैँ। नेपाल टेलिकमले एसईईकाविद्यार्थीहरुका लागि एसईई २०७९ अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई निःशुल्क सिम उपलब्ध गराउने छ रत्यसमा बोनस अन रिचार्ज (द्ययलगक इल च्भअजबचनभ एबअप) पनि उपलब्ध हुनेछ । २०७९ चैत २४ देखि उपलब्ध हुने यो अफर ३ महिना (९० दिन) सम्म उपलब्ध हुनेछ भने बोनस अन रिचार्ज ६ महिना सम्म उपलब्ध गराइने छ । उक्त सिम नेपाल टेलिकमका देश भरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुनेछ । सिम कार्ड प्रयोगमा आउना साथ ३० दिन सम्मका लागि विभिन्न अफरहरु उपलब्ध हुने छन् । विद्यार्थीसँग पहिले देखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपयोग गर्न सकिने व्यवस्था गरिएको छ । नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने रु. १० बाट जुनसुकै नेटवर्कमा कल गर्न, एस एम एस पठाउन वा डाटा चलाउन सकिन्छ । साथैएक महिना सम्म जम्मा ४० मिनेट अन नेट कल गर्न, ६० एमबी डाटा चलाउन र ३० वटा अन नेट एस एम एस सहितको सुविधा प्रयोग गर्न सक्नेछन् । यसका अतिरिक्त यसबाट नेपाल टेलिकमको नेटवर्क भित्र दैनिक २० मिनेट कुराकानी गर्न र १० वटा एस एम एस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने छ । यस अनुसार ३० दिन सम्म ३०००एमबी डाटा, ६०० मिनेट टकटाइम र ३०० वटा एस एम एसको सुविधा प्राप्त हुनेछ ।
नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरुले प्रवेश पत्र (ब्मmष्त ऋबचम) वाकक्षा १० को मार्कसिटको फोटोकपी, एक प्रतिफोटो र अभिभावकको नागरिकता वा आफ्नो परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ ।