काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ ।
आफू स्वास्थ्य मन्त्री बन्नका लागि पार्टीलाई बुझाउन दुई करोड रुपैयाँ चाहिएको भन्दै सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडिओ सार्वजनिक भएको छ ।
सो अडिओ सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको सो पार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले बताए ।
‘हामीले पनि अडिओ सुन्यौँ । अडिओ सुनिसकेपछि उहाँलाई निलम्बन गरेका छौं,’ उनले भने, ‘पछि दोषी देखिए थप कारबाही गर्नेछौं । कानुनअनुसार उहाँलाई पनि कारबाही हुन्छ । तर, अहिलेलाई भने निलम्बन मात्रै गरिएको छ, अनुसन्धानका लागि ।’ उनी समानुपातिकतर्फबाट रास्वपा सांसद भएका थिए ।
https://www.facebook.com/plugins/video.php?height=476&href=https%3A%2F%2Fwww.facebook.com%2Fkapurpot%2Fvideos%2F971457347560499%2F&show_text=false&width=476&t=0 यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?