२०७९ चैत्र २५ _संवाददाता : सन्तोष प्रसाद तिवारी, काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको स्वास्थ्यकर्मी-हरुका लागि वृहत पोषण विशेष प्याकेज सी.एन्एस.आई सम्वन्धि ७ दिने क्षमता अभिवृद्धि तालिम शनिवार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । ७ दिने तालिम वडा नं. ६ को सभाहलमा भएको थियो । शनिबार सी.एन्एस.आई कार्यक्रमको समापन गो.न.पा.वं.न. ६ का जनप्रतिनिधि नवराज लामाको सभापतित्व तथा नगर उपप्रमुख सान्नानी लामाको प्रमुख आतिथ्यता, स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय, स्वास्थ्य अधिकृत नवराज बगाले लगायतको आतिथ्यतामा भएको थियो । नगरपालिकाले विज्ञबाट सहभागिहरुलाई तालिम दिएको थियो । समापन कार्यक्रम सञ्चालन जनस्वास्थ्य उपशाखा प्रमुख पूर्ण बहादुर बस्नेतले गर्नु भएको थियो । कार्यक्रममा तालिममा सहभागिहरुलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।