२०७९ चैत्र २६,
संवाददाता: सन्तोष प्रसाद तिवारी,
काठमाडौँ।
गोकर्णेश्वर नगरपालिका अन्तर्गत वडा दोश्रो खुल्ला भेट्रान मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ । आज नगर प्रमुख दीपक रिसालले साे प्रतियोगिताको उद्घाटन गर्नु भएकाे थियाे। ग्राम निर्माण बन्धु मण्डल क्लबको आयोजनामा भईरहेको प्रतियोगिताको उद्घाटन समारोह क्लबका अध्यक्ष किरण पण्डित क्षेत्रीको सभापतित्व तथा नगर प्रमुख दीपक रिसालको प्रमुख आतिथ्यता तथा गो.न.पा. ९ का वडा सदस्य उमेश चालिसे, गो.न.पा .५ का वडा सदस्य श्री बहादुर योगी, गो.न.पा. खेलकुद समितिका संयोजक सञ्जय लामा, नगर प्रमुखका वरिष्ठ राजनीतिक सल्लाहकार कुमार लामा, समाजसेवी राजेश थापा, सरिता रिसाल, ईष्टपोल स्कुलका प्रिन्सिपल राजेश राई, डाइरेक्टर कुशल थापा ,क्लबका सचिव सुमनमान सिंह बस्न्यात, कोषाध्यक्ष सुजित सिंह ठकुरी लगायतका विभिन्न व्यक्तिहरुको आतिथ्यता रहेको थियो । आज भएको खेलमा आत्तरखेल युवा समाज ४–० ले विजयी भएको छ । आत्तरखेल युवा समाजले जोरपाटी भेट्रानमाथी जित हासिल गरेको हो । यसैगरी, अर्को खेलमा आरुबारी भेट्रानसँग ट्राइबेकरमा गोकर्णेश्वर भेट्रान पराजित भएको थियो । ३५ वर्ष माथिका खेलाडी सहभागि प्रतियोगितामा ६ टिम सहभागी रहेका छन् । विजयी टिमले नगद ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाउने छन् ।