२०७९चैत २७,
काठमाडौँ।
शंखरापुर नगरपालिकाले किसानहरूका लागि कृषि कार्यक्रम अन्तर्गतको योजनालाई नगर मातहतका सम्बन्धित सबै किसानहरुलाई सम्पर्क गरिन सकिने गरी एक सुचना जारी गरी नगरबासीलाई सुसुचित गरेको छ। सुचनाको मुलभूत सार यस्तो छ – शंखरापुर नगरपालिका पशुपंक्षी विकास उप-शाखाको आ.व. २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार निःशुल्क वर्षे घाँसको विउ / विरुवा वितरण कार्यक्रम संचालनका लागि नगरपालिका अन्तर्गत रहेका ईच्छुक पशुपालक कृषक / समुह / समिति / सहकारी / पशु फार्महरूले प्रथम पटक सूचना प्रकाशित भएको मितिले १५ औं दिनको कार्यालय समयभित्र आफुलाई आवश्यक पर्ने मकै चरी (टियो सेन्ट्री) घांसको बीउ प्राप्त गर्न तोकिएको ढाँचा अनुसार आवेदन दिन हुनका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै रित नपुगि वा म्याद नाघि प्राप्त हुन आएका प्रस्तावहरु छनौटका लागि समावेश हुन नसक्ने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। अन्य थप जानकारीका लागि नगरपालिकाको पशुपंक्षी विकास उप-शाखामा सम्पर्क राख्न सकिनेछ ।
साथै तपसिल बमोजिमको कागजात सहित विवरणहरु पेस गर्न भनिएको छ -:
आवेदनका साथ संलग्न हुनुपर्ने कागजातहरु :
१. घांसको दस तथा विरुवा माग आवेदन-पत्र।
२. नागरिकताको प्रतिलिपी ।
३. व्यावसायिक कृषक / समुह / समिति / सहकारी/ पशु फार्मको हकमा व्यवसाय दर्ता प्रतिलिपि ।
४. घोस लगाउने क्षेत्रफल खुल्ने गरी सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ।
सुचनाको मुलभूत सार यस्तो छ –