सुडानको सेना र एक कुख्यात अर्धसैनिक बल बीचको शक्ति संघर्षका क्रममा भएको झडपमा ५० जनाभन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ ।
राजधानी खार्तुममा राष्ट्रपतिको दरबार, सरकारी टेलिभिजन र सेनाको मुख्यालयमा प्रतिद्वन्द्वी सेनाहरूबीच झडप हुँदा त्यहाँका बासिन्दाहरूले गोली चलाउन थालेका हुन् ।
सहरमा १७ जना सर्वसाधारण सहित २५ जनाको मृत्यु भएको एक चिकित्सक संगठनले जनाएको छ । घटनामा २ सय जनाभन्दा बढी घाइते भएका छन् ।
दुई समूह बीच भएको संघर्षले मुलुकलाई नै हल्लाइ दिएको छ । मृत्यु हुनेमा संयुक्त राष्ट्रसंघका तीनजना कर्मचारी पनि रहेका छन् । सैनिक शिविरमा दुई पक्षबीच गोली हानाहान हुँदा राष्ट्र संघका कर्मचारीलाई गोली लागेको हो ।
प्रस्तावित संक्रमणकालीन नागरिक शासनका विषयलाई लिएर तनाव भएपछि झडप सुरु भएको हो ।दुवै सेना र यसका विरोधीहरू, र्यापिड सपोर्ट फोर्सले खार्तुमको विमानस्थल र अन्य प्रमुख क्षेत्रहरूमाथि आफ्नो नियन्त्रण रहेको दाबी गरेका छन् । सो क्षेत्रमा रातभर लडाइँ भएको थियो । यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?