काठमाडाैँ। वैशाख ४ गते नेपाल टेलिकम, केन्द्रीय कार्यालयको प्रांगण बाहिर हाल केही व्यक्तिहरुले धर्ना दिइरहेको र आम सर्वसाधारण तथा आम सञ्चार माध्यममा समेत यस बारेमा केही भ्रम पर्न गएकोले स्पष्ट पार्ने प्रयास गरिएको छ ।
नेपाल टेलिकमले सेवा विस्तार, मर्मत सम्भार लगायतका कम्पनीको सेवा प्रवाह तथा कार्य सञ्चालनका लागि आवश्यकता बमोजिम विभिन्न समयमा विभिन्न सेवा प्रदायक कम्पनीसँग प्रचलित नियम÷कानुन बमोजिम सम्झौता गरी निश्चित समय तथा कार्य तोकी आवश्यक सेवा लिने गरेको छ । सो सम्झौताको समयावधि वा तोकिएको कार्यावधि समाप्तिसँगै उक्त सेवा प्रदायक कम्पनीहरुसँगको दायित्व पनि समाप्त हुने व्यवस्था छ ।
केही दिन पहिले सम्पन्न व्यवस्था अनुसार विगतको सेवा प्रदायक कम्पनीसँगको सम्झौता अवधि समाप्त भई प्रतिस्पर्धाका आधारमा अर्को सेवा प्रदायक कम्पनीले सेवा उपलब्ध गराइरहेको छ । यो अवस्थामा विगतको सेवा प्रदायक कम्पनीसँग सम्बन्धित जनशक्तिले कम्पनीको प्रांगण बाहिर विभिन्न माग राखिरहेको अवस्था छ । हाल विगतको सेवा प्रदायकसँगको दायित्व समाप्त भएको अवस्थामा ती जनशक्तिसँग नेपाल टेलिकमको कुनै सरोकार नरहने अवस्था हुन्छ । यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?