काठमाडौं, । संवैधानिक परिषद्सम्बन्धी बैठक बिना निष्कर्ष सकिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुधबार बिहान बसेको बैठक बिना निष्कर्ष सकिएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल भएको तर कुनै निर्णय हुन नसकेको बताउनुभयो । उहाँले अर्को बैठकले प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्ने पनि बताउनुभयो ।
उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पनि बैठकमा कुनै निर्णय नभएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भयो र बैठक स्थगित भयो ।’’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सुरु भएको बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवम् रक्षा तथा कानुन, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी हुनहुन्थ्यो ।
वैशाख ४ गते नेकपा (एमाले) अध्यक्ष ओलीको निजी निवास बालकोटमा बसेको प्रमुख तीन दलबीचको बैठकले संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने सहमति भएको थियो यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?