ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

अमेरिकालगायत देशमा पठाउने भन्दै करोडौँ ठगी गर्ने पक्राउ


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं,। अमेरिका लगायतका देशमा पठाइदिन्छु भनेर विभिन्न व्यक्तिसँग रकम ठगी गर्ने भक्तपुरका उज्ज्वल खड्कालाई प्रहरीले पक्राउ गरेको छ। खड्काले सुनिला गुरुङसहित विभिन्न २० जना व्यक्तिलाई वैदेशिक रोजगारीका लागि अमेरिका, जर्मनी, बेलायत, जापानका लागि प्रतिव्यक्ति ३० लाख रुपियाँ लाग्ने र पछि प्रतिष्ठित कम्पनीमा मासिक चार लाखभन्दा बढी तलब हुने विश्वास देखाइ प्रलोभनमा पारेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बुधबार सार्वजनिक विवरणमा ४४ वर्षीय खड्काले पीडितबाट पटक–पटक गरी तीन करोड ५६ लाख आठ हजार रुपियाँ रकम लिएर सम्पर्कविहीन थिए भने प्रहरीले उनलाई हिजो मंगलबार राति ८ बजे रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चपुरबाट पक्राउ गरिएको छ। यसैगरी, सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका -६ स्थायी घर भएका हाल काठमाडौं महानगर १० मा अस्थायी रूपमा रहेका टीकाबहादुर भण्डारी प्रहरीले पक्राउ गरेको छ। पोर्चुगलमा वैदेशिक रोजगारी मिलाइदिने भनेर मिलन तामाङसहित दश जनालाई पटक–पटक गरी जम्मा १५ लाख रुपियाँ रकम लिएर भण्डारी सम्पर्कविहीन थिए। विशेष प्रहरी टोलीले भण्डारीलाई मंगलबार काठमाडौं ताहाचलबाट पक्राउ गरेको छ। यस्तै, अमेरिका लैजाने भन्दै कास्की, दाङ, मोरङ, रुकुम लगायतका विभिन्न दश जनाबाट करिब पाँच करोड, १९ लाख ९७ हजार रुपियाँ ठगी गरेको जाहेरी पत्र प्राप्त भएको प्रहरी कार्यालयले जनाएको छ।

ADVERTISEMENT

यसरी ठगी गर्नेमा सन्देश शर्मा, सानु भण्डारी, केशव दुलालको संयुक्त मिलेमतो रहेको जाहेरी पत्रमा उल्लेख छ। प्रहरी कार्यालयले पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

आजकाे माैसममा यी क्षेत्रमा फेरबदल हुने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host