ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

वायु प्रदूषण उच्च : सचेत रहन विज्ञको सुझाव


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं, ।
ADVERTISEMENT
 केही दिनदेखि काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरहरूमा वायु प्रदूषण उच्च रहेको छ । प्रदूषणका कारण जनजीवन कष्टकर बन्दै गएको छ। वायुको गुणस्तर यतिबेला काठमाडौं विश्वकै प्रदूषित सहर बनेको छ । त्यसै गरी, ललितपुर, दाङ, तुलसीपुर, कीर्तिपुर, भक्तपुर लगायतका सहरमा पनि उच्च वायु प्रदूषण देखाएको छ । वायु प्रदूषणकै कारण घरबाहिर निस्कँदा आँखा पोल्ने, चिलाउने, छालामा एलर्जी हुने, घाँटी खसखस गर्ने, खोकी लाग्नेजस्ता समस्या उत्पन्न भएर अस्पतालमा पुग्नेको सङ्ख्या पनि बढ्न थालेको छ । छातिरोग विशेषज्ञ डा. प्रकाश पौडेल लामो समयसम्म बायु प्रदूषण कायमै रहे दीर्घ स्वास्थ्य समस्या उत्पन्न हुने बताउनुहुन्छ । काठमाडौंमा उच्च वायु प्रदूषण हुन थालेको पनि वर्षाै  भइसकेको छ । एक दशकसम्म वायु प्रदूषणको मात्रा यस्तै रहे गम्भीर स्वास्थ्य समस्या देखिने चिकित्सकको चेतावनी छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार एक्यूआई ५० भन्दा बढी रहेमा मानव स्वास्थ्यका लागि घातक मानिन्छ । तर उपत्यकामा एक्यूआइमा १९२ देखाएको छ । जुन झण्डै चार गुणा बढी हो । डब्लूएचओको एक तथ्याङ्कले १० मध्ये ९ जनाले उच्चस्तरको प्रदूषण भएको हावामा सास फेर्ने देखाएको छ । वातावरण तथा घरेलु वायु प्रदूषणका कारण प्रत्येक वर्ष ७० लाख मानिसको मृत्यु भइरहेको डब्लूएचओको तथ्याङ्क छ । प्रदूषणले स्वास्थ्यमा कस्तो असर गर्छ  ? वायु प्रदूषणले शरीरका सबै अङ्गमा उत्तिकै असर गर्ने गर्छ । वायु प्रदूषणले छाला, श्वासप्रश्वास सम्बन्धी, आँखालगायतका अङ्गमा बढी असर गर्ने डा पौडेलको भनाइ छ ।  उहाँका अनुसार वायु प्रदूषणले उच्च रक्तचाप, दम, लगायत विभिन्न श्वासप्रश्वास सम्बन्धी समस्या, क्यान्सर, फोक्सोको समस्या, मुटुको समस्या हुन्छ । यसका साथै हावामा भएको भाइरसले सङ्क्रामक रोग लाग्ने चिकित्सकको भनाइ छ । प्रदूषित हावा श्वास फेर्न अयोग्य भएकाले काम नपरेसम्म घरबाट ननिस्कन र निस्कनै  परे मास्कको अनिवार्य प्रयोग गर्न विज्ञको सुझाव छ । छालारोग विशेषज्ञका डा.सविना भट्टराईका अनुसार प्रदूषणले सबैभन्दा पहिले छालामा असर गर्छ । छाला चिलाउने, एलर्जी हुने, डाबर आउने, छाला सुख्खा हुनेजस्ता समस्या देखिने उहाँको भनाइ छ । प्रदूषण लामो समयसम्म छालाको समर्पक मा रहिरहेमा शरीरका अन्य अङ्गमा पनि असर गर्ने चिकित्सक बताउँछन् । छातीरोग विशेषज्ञका अनुसार प्रदूषणले सबैभन्दा बढी फोक्सोमा असर गर्ने गर्छ । २० माइक्रोग्राम भन्दामाथि फोहोर भयो भने शरीरमा प्रवेश गर्न नसक्ने चिकित्सक बत्ताउँछन् । फोक्सोको १० माइक्रोग्रामदेखि २० माइक्रोग्रामसम्म भयो भने श्वासनलीसम्म प्रवेश गर्ने गर्छ । पाँचदेखि १० माइक्रोनसम्मको भयो भने वायुमण्डलमा रहिरह्यो भने फोक्सोको तल्लो भागमा असर गर्ने विभिन्न अध्ययनले देखाएको छ । यदि वातावरणमा २ माइक्रोग्राम भन्दा साना धुलो वा धुवाँका कण भए सिधै रक्तसञ्चारका माध्यमबाट शरीरका विभिन्न अङ्गमा जाने गर्दछन् । प्रदूषणले रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ   विभिन्न रोगबाट पीडित भएका मानिसलाई प्रदूषणले अन्यभन्दा बढी असर गर्ने विशेषज्ञको भनाइ छ । बालबालिका लामो समयसम्म प्रदूषणको सम्पर्कमा भए उनीहरूको उमेर अनुसार तौल नबढ्ने समस्या हुन्छ । त्यसै गरी, रगतमा अक्सिजनको मात्र घट्दै जाने, तौल नबढ्ने, रोग प्रतिरोधात्मक  क्षमता कम हुने जस्ता समस्या उत्पन्न हुन्छन् । प्रदूषित हावामा विभिन्न प्रकारका भाइरस र कीटाणु भएको खण्डमा फोक्सोमा समस्या आउँछ । जसले गर्दा समयमै उपचार नभए मान्छेको मृत्युसमेत हुने चिकित्सक बताउँछन् । वायुमण्डलमा इन्फेक्सन बनाउने भाइरस हुनेहुँदा विभिन्न सङ्क्रमणजन्य रोग जस्तै इन्फ्युन्जा, निमोनिया हुने सम्भावना बढ्छ ।  जोखिमबाट जोगिन इन्फ्युन्जा, निमोनियाविरुद्धको खोप लगाउन चिकित्सकको सुझाव छ । सुख्खा हावाले आँसु सुकाउँछ  नेत्ररोग विशेषज्ञ डा. सुमित पाण्डेले वायु प्रदूषणले हुने कणले आँखामा असर गर्ने बताउनुहुन्छ । उहाँका अनुसार आँखामा धुलोका कण परेपछि आँसु सुक्ने, आँखा सुख्खा हुने,  पोल्ने, चिलाउने जस्ता लक्षण देखिन्छन् । उहाँ भन्नुहुन्छ, “आँखा प्रत्यक्ष हावाको समर्पकमा आउने गर्छ । हावामा भएको तत्त्व आँखामा  गएर आँखा पोल्ने, एलर्जी हुने, रातो हुने, चिलाउने दुख्ने, सुख्खा हुने जस्ता समस्या देखिन्छ ।” सुक्खा वातावरणले हुने भएकाले आँखा जोगाउन घरबाहिर निस्कँदा चस्मा लगाउने, मोटरसाइकलमा हिँड्ने मानिसले हेलमेटको भाइजर लगाउन चिकित्सकको सुझाव छ । जोखिम समूह   वायु प्रदूषणले दम लगायतका श्वासप्रश्वास सम्बन्धी समस्या भएकालाई थप जटिलता बढ्ने चिकित्सक बताउँछन् । प्रदूषणले लगभग सबै उमेर समूहलाई असर पुर्‍याउने गर्छ । तर विशेष गरी, पाँच वर्षमुनिका बालबालिका, वृद्धवृद्धा र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस बढी जोखिममा हुने चिकित्सक बत्ताउँछन् । यस्ता मानिसमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले रोगले सबैभन्दा पहिले उनीहरूलाई नै असर गर्छ । प्रदूषणबाट बच्ने उपाय वायु प्रदूषणबाट जोगिन आफ्नो कार्यालय, घर वरिपरि सफा राख्ने, घरबाहिर निस्कँदा मास्कको प्रयोग गर्ने गर्नुपर्दछ । सरकारी स्तरबाट पनि प्रदूषण नियन्त्रण गर्न विभिन्न कार्य गर्नुपर्ने विज्ञको सुझाव छ । दीर्घकालीन रूपमा समस्याको समाधान गर्न प्रदूषित धुवाँ निकाल्ने गाडीलाई बन्द गर्ने, निमार्ण कार्य गर्दा सम्बन्धित ठाउँलाई राम्रोसँग छोपेर गर्ने, घरवरिपरी फोहोर नथुपार्ने जस्ता कार्य गर्दा प्रदूषण कम हुन सक्ने विज्ञको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

ॐ समाज डेण्टल अस्पतालकाे एकै दिन दुई स्थानमा नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम

ॐ समाज डेण्टल अस्पतालकाे एकै दिन दुई स्थानमा नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम

आगमन एकेडेमीमा निःशुल्क दन्त तथा स्वास्थ्य परीक्षण शिविर

आगमन एकेडेमीमा निःशुल्क दन्त तथा स्वास्थ्य परीक्षण शिविर

डा.महेश मान श्रेष्ठलाई सम्मान

डा.महेश मान श्रेष्ठलाई सम्मान

तरकारीमा मिठो जिरा लागु पदार्थ सेवन गर्नेहरुको मुखमा किरा

तरकारीमा मिठो जिरा लागु पदार्थ सेवन गर्नेहरुको मुखमा किरा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नागरिकले निःशुल्क प्राप्त गर्ने सेवाहरुको विवरण सार्वजनिक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नागरिकले निःशुल्क प्राप्त गर्ने सेवाहरुको विवरण सार्वजनिक

नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सक सहित जनशक्ति माग

नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सक सहित जनशक्ति माग

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host