

ADVERTISEMENT
नेपाली मौलिकताको जगेर्ना गर्दै रोजगारीका थप अवसरहरुको सिर्जना गर्ने, राजश्व अभिवृद्धिमा योगदान गर्ने एक महत्वपूर्ण व्यवसाय हो सुन–चाँदी क्षेत्र । मुलुकको समष्टिगत आर्थिक समृद्धिमा गरगहना (सुन–चाँदी) क्षेत्रको महत्वपूर्ण योगदान रहँदै आएको छ । नेपाल एक बहुभाषिक, बहुधार्मिक, विभिन्न परम्परा, भेषभूषा र संस्कृति भएको मुलुक हो । यो मुलुकमा जातीय तथा क्षेत्रीयरूपमा परम्परागत गरगहना र हाल आएर आधुनिक डिजाइनका परिस्कृत गरगहनाको प्रयोग भइरहेको छ । ढुंगे युगदेखि २१औं शताब्दीसम्म आइपुग्दा गहना लगाउने र सुन्दर देखिने देखाउन चलन झन् बढ्दोरूपमा देखिएको छ । मानिसको जन्मदेखि मृत्यु प्रयन्त आइपुग्दा विभिन्न पक्षसँग गासिएर गरगहनाको प्रयोग हुँदै आएको छ ।
सुनचाँदी बहुमुल्य धातु हो । यसको बहुआयमिक महत्व र उपयोगिता रहेको छ । यो सुखको गहना र दुःखको खजानाको रूपमा प्रयोग भइआएको पनि छ । सुनचाँदी व्यवसायले कला र सीपको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । मुलुकको सुनचाँदी व्यवसायमा ठूलो सम्भावना हुँदा हुँदै पनि राज्यको सोच त्यसलाई प्रवद्र्धन गर्ने दिशातर्पm जान सकेको छैन । यो क्षेत्रलाई सम्पूर्णरूपमा समेट्ने र सम्बोधन गर्ने कानूनको अपर्याप्तता रहेको सबै पक्षबाट महसुस भइरहेको छ । नेपालको परम्परागत मौलिक क्राफ्टम्यान सीप विश्व बजारमा बिख्यात हुँदाहुँदै पनि यसको उचित संरक्षण हुन नसक्दा लोपोन्मुख बन्न सक्ने खतरा बढेको छ । लगानीअनुसारको प्रतिफल नपाउँदा पेशाबाटै पलायन हुने अवस्था पनि बढिरहेको छ । यद्यपि, वर्तमान विश्व बजारमा ज्वेलरी क्षेत्रको योगदान तीव्र गतिमा बढिरहेको छ । मुलुकमा वर्षेनी अर्बौं मूल्यका बहुमूल्य धातु रत्न तथा पत्थरहरु आयात हुने गरेको छ । स्वदेशी खानीको उत्खनन् भइनै रहेको छ । तर, प्रशोधनपश्चात बहुमूल्य रत्न तथा पत्थरको स्तरमा निर्यात गर्न एवम् प्रयोग गर्न सकिने खनिजहरु सामान्य ढुंगाको तौल र मूल्यमा बाहिरिने गरेका छन् । यो हाम्रो लागि दुर्भाग्य हो ।
आर्थिक क्रियाकलाप र रोजगारीमा अभिवृद्धि
नेपालको आभूषण क्षेत्रले आर्थिक क्रियाकलाप र रोजगारी अभिवृद्धिमा सकारात्मक योगदान पु¥याउँदै आएको छ । देशभरमा करिब २५ हजारको संख्यामा सुनचाँदी व्यवसायी छन् । लाखौंको संख्यामा यसले रोजगारी सिर्जना गरेको छ भने दशौं लाखको संख्यामा यो व्यवसायमा आश्रित परिवार रहेका छन् । वार्षिक झण्डै आठ अर्बको राजश्वमा राज्यलाई योगदान पुर्याउँदै आएको छ । यो एउटा सामान्य व्यवसाय मात्रै नरहेर ठूलो उद्योगको रूपमा रहेको छ । तर, सरकारले यो व्यवसायलाई ठूलो उद्योगको रूपमा हेरेको छैन । उद्यमशील प्रवद्र्ध र व्यवसायको यथेष्ट विकास नभएसँग आर्थिक, गतिविधि बढ्न सक्दैन । विकासशील मुलुकमा स्तरोन्नति हुन दिगो विकासको लक्ष्य हासिल गर्न तथा मुलुकलाई सम्पन्न र समृद्ध बनाउन राज्यले उद्योग तथा व्यवसाय प्रवद्र्धन गर्नुपर्छ । तर, पछिल्ला समय जिडिपीमा औद्योगिक क्षेत्रको योगदान क्रमशः घट्दो अवस्थामा छ । सरकारले रोजगारी सिर्जना गर्ने, मूल्य अभिवृद्धि गराउने, राजश्व बढाउने तथा निर्यात बढाउने क्षेत्रलाई विशेष संरक्षण गर्नु पर्छ । सुनचाँदी व्यवसाय यस्तै उद्योगभित्र पर्छ तर, सरकारले यस व्यवसायलाई कदर गर्न र प्रवद्र्धनमा सहयोग गर्न उल्लेख्य काम गर्न सकेको छैन ।
कला, संस्कृति तथा परम्परासँग जोडिएको व्यवसाय
सुनचाँदी व्यवसाय आर्थिक पाटोसँग मात्रै जोडिएको छैन, यसले मौलिक सांस्कृतिक धरोहर, कला तथा परम्परासँग जोड्दछ । नेपाल परापूर्वककालदेखि नै विभिन्न कला कौशलले भरिपूर्ण देश हो भनेर विश्वसामु परिचित छ । विभिन्न कलाकौशलमध्ये यो व्यवसाय पनि एक प्रमुख कलात्मक व्यवसाय रहेको छ । नेपाली गहनाले आफ्नै स्वरूप र प्रवृत्ति पाउन मल्लकालीन सभ्यता र सो भन्दा अगाडीदेखिका सभ्यताको योगदान छ । ती समयमा गरगहना मूलतः सुनचाँदी, तामाका धातु र पत्थरबाट निर्मित थिए । परापूर्वक कालदेखि चल्दै आएका सुनचाँदीका गरगहना आजपनि जातजाती, धर्मसंस्कार अनुसार भेषभूषा, भाषाभाषी, चाडपर्व, रितिरिवाजमा फरक फरक ढंगले प्रयोग गरिएको पाइन्छ । यस्ता गहना पहिरिँदा सुन्दर, जाती तथा संस्कारगत पहिचानको साथै व्यक्तिको व्यक्तित्वमा पनि झल्किरहेको हुन्छ । मुख्यगरी औपचारिक कार्यक्रम चाडबाड, बिहेबारी जस्ता सामाजिक कार्यमा लगाइने सुनचाँदीका गरगहना धार्मिक हिसावले पनि शुद्ध मानिन्छ । मानिसको मृत्युदेखि मृत्युप्रयन्त आइपुग्दा विभिन्न पक्षसँग गाँसिएर गरगहनाको प्रयोग हुँदै आएको छ ।
सरकार व्यवसायी मैत्री भएन
पछिल्लो समयमा नेपालमा सुनचाँदी व्यवसाय बृहत उद्योग व्यवसायमा रूपान्तरण भइरहेको छ । राज्यले उठाएको राजश्वले चालू खर्च पनि धौधौ परिरहेको अवस्था छ । यस्तो अवस्थामा झण्डै आठ अर्ब राजश्वको योगदान रहेको यो व्यवसायलाई व्यवस्थित र नियमबद्ध बनाउनुको साटो व्यवसायीलाई अनेक बहानामा राज्यले दुःख दिइराखेको छ । राज्य सुनचाँदी व्यवसायी मैत्री बन्न सकेको छैन । राज्यले सुनको आयात कोटा सीमा घटाएको छ । यो आपैmमा अत्यन्त अव्यवहारिक छ । यसले बजारको माग थेग्न सकिरहेको छैन । मुलुकभर २५ हजारभन्दा बढी सुनचाँदी व्यवसायी रहेको विद्यमान अवस्थामा १० किलो सुन वितरण गर्नु आफैंमा चुनौतिपूर्ण छ । यो व्यवसायमा लगानीअनुसारको प्रतिफल एकदमै कम छ । यो व्यवसायलाई व्यवस्थित र मर्यादित गर्न ऐन, नियम कानून, निर्देशिकाको आवश्यक रहेको छ । तर, दशकौंदेखि संघ, महासंघले घच्घच्याउदा पनि अहिलेसम्म ऐन, निर्देशिका बन्न सकेको छैन । स्पष्ट मापदण्डसहितको कानूनी व्यवस्था नहुँदा सुनचाँदी व्यवसाय अन्यौल र जोखिममा पर्ने खतरा बढेको छ ।
सुनचाँदी बजारमा समस्याहरु
सुनबजार अहिले संकटमा छ । विभिन्न समस्याहरुबाट यो व्यवसाय गुज्रिरहेको छ । बढ्दो मूल्यवृद्धिका कारण ग्राहक अत्यन्त कम आउन थालेका छन् । पर्याप्त मात्रामा कच्चा सुनसमेत व्यवसायीले पाउन सकेका छैनन् । सुन बजारलाई ३५–४० केजी सुन आवश्यक पर्छ । सरकारले छुट्याएको १० के.जी.को सीमाले व्यवसायलाई पुगिराखेको छैन । आर्थिक मन्दीको प्रभाव यो व्यवसायमा परेको छ । दक्ष कालीगढको अभाव, कच्चा सुनको अभाव, बढ्दो बैंकिङ्ग ब्याजदर, सुनमा भएको अवैध कारोवार यो व्यवसायका समस्याहरु हुन् । सबैभन्दा ठूलो समस्या व्यवसाय चलाउने ऐन, कानून र निर्देशिका नबन्नु रहेको छ । प्रशासननिक क्षेत्रबाट पनि अनेक दुःख व्यवसायीलाई पर्ने गरेको छ । माल जफत हुनेदेखि लिएर व्यवसायमा नै आँच आउने व्यवहार पाइन्छ । गहना निर्माण प्रायः विदेशी कालीगढमा निर्भर छ । उसको पुर्ण विश्वासका साथ काम गर्न दिँदा मिसावटदेखि लिएर सामान नै हराउने डर त्रास रहि रहन्छ । गरगहनाहरु एक ठाउँबाट अर्को ठाउँमा लैजानु साह्रै झन्झटीलो रहेको हुँदा यो पनि एउटा चुनौतिको रूपमा रहेको छ ।
सुनमा बढ्दो तस्करी
मुलुकमा रहेका सुन व्यवसायीहरुलाई आवश्यक कच्चा सुन आपूर्ति कम हुँदा र दक्षिणी खुल्ला सीमा हुँदा सुनमा बढ्दो तस्करी भएको पाइन्छ । सरकारी निकायका उच्च पदस्थ र कतिपय ठूला व्यापारीसमेत सुन तस्करीमा लागेको विषय बाहिर आएको छ । नेपालमा विवाह सिजनमा ५० किलो सुन खपत हुने गरेकोमा औपचारिक माध्यमबाट केवल २० किलो मात्र आएको हुन्छ । अझ अहिले त १० केजी मात्र आउने गरेको छ । बाँकी सुनको बजार तस्करीले नै धानेको मानिन्छ । खुलारूपमा भइरहेको यो अपराधका खास अपराधी कहिल्यै फेला परेका छैनन् । पछिल्लो समयमा नेपाल ट्रान्जिटका रूपमा विकसित भइरहेको छ । एकै समूहले क्विन्टल बढी सुन तस्करी गरेको समाचारले नेपालमा सुन तस्करीको स्थिति प्रष्ट पार्दछ । नेपालमा त्रिभुवन विमानस्थलमार्पmत र चिनियाँ नाका हँुदै वार्षिक ९० देखि ९५ टनसम्म सुन तसकरी हुन सक्ने आकंलन गरिएको छ । सुन तस्करी रोक्न सरकारले विशेष पहल गर्न सकेको छैन । खासगरी राजस्व अनुसन्धान विभागले भरियालाई पक्राउ गरेर मुद्दा चलाउने र प्रहरीले तस्करका नाइकेलाई पक्राउ गरेर दिँदा उनीहरु छुट्ने गरेकोले पनि तस्करी बढेको पाइन्छ । २०७० सालमा पक्राउ गरेका अभियुक्तमध्ये भरिया जेलमा छन्, मालिकहरु भने छुटिसकेको अवस्था छ । तेस्रो मुलुकका कतिपय कुख्यात अपराधिको समेत आश्रयस्थल बन्दै आएको छ । सहज आवगमन विदेशीप्रति कुनै किसिमको आशंका नगरी सहजै स्वागत गर्ने र उदार प्रदर्शन गर्ने प्रचलनको फाइदा गलत तत्वले उठाउँदै आएका छन् । कुनै व्यक्ति मुलुकभित्र छिर्दा कुन उद्देश्यले छाएको हो, उसको संलग्नता, पेशा, व्यवसायमा आबद्धता कुन क्षेत्रमा छ भन्ने जस्ता विषयमा विस्तृत जानकारी नलिएका कारण अपराधिक चरित्रका व्यक्तिहरुले पछिल्लो समयमा नेपाललाई आधार बनाएर अन्तराष्ट्रिय अपराधहरुमा संलग्न हुने गरेको पाइएको छ । यसतर्पm जिम्मेवार निकाय सचेत हुन जरुरी छ ।
निष्कर्षमा, नेपाली सुनबजार अहिले निकै सकसमा छ । व्यवसायीलाई पर्याप्त कच्चा सुनको अभाव छ । व्यवसायीलाई पर्याप्त कच्चा सुनको व्यवस्था मिलाउने दायित्व राज्यको हो । नेपाली अर्थतन्त्रमा सुनचाँदी बजारको महत्वपूर्ण योगदान छ । यो व्यवसायलाई राज्यले उद्योगको जस्तो मान्यता दिनुपर्छ । यसलाई एउटा सानो व्यवसायको रूपमा आकंलन गर्नु हुँदैन । सरकारले ठोस नीति नियम बनाई यस क्षेत्रलाई प्राथमिकताको सूचीमा राखी अघि बढेमा व्यवसायीको भविष्य मात्र होइन मुलुक समृद्धिको दिशामा अघि बढ्नुको साथै समग्र राष्ट्रको सर्वाङ्गीण विकास हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?