ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

सवल अर्थतन्त्रकाे सारथी : सुन व्यवसायी


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
नेपाली मौलिकताको जगेर्ना गर्दै रोजगारीका थप अवसरहरुको सिर्जना गर्ने, राजश्व अभिवृद्धिमा योगदान गर्ने एक महत्वपूर्ण व्यवसाय हो सुन–चाँदी क्षेत्र । मुलुकको समष्टिगत आर्थिक समृद्धिमा गरगहना (सुन–चाँदी) क्षेत्रको महत्वपूर्ण योगदान रहँदै आएको छ । नेपाल एक बहुभाषिक, बहुधार्मिक, विभिन्न परम्परा, भेषभूषा र संस्कृति भएको मुलुक हो । यो मुलुकमा जातीय तथा क्षेत्रीयरूपमा परम्परागत गरगहना र हाल आएर आधुनिक डिजाइनका परिस्कृत गरगहनाको प्रयोग भइरहेको छ । ढुंगे युगदेखि २१औं शताब्दीसम्म आइपुग्दा गहना लगाउने र सुन्दर देखिने देखाउन चलन झन् बढ्दोरूपमा देखिएको छ । मानिसको जन्मदेखि मृत्यु प्रयन्त आइपुग्दा विभिन्न पक्षसँग गासिएर गरगहनाको प्रयोग हुँदै आएको छ । सुनचाँदी बहुमुल्य धातु हो । यसको बहुआयमिक महत्व र उपयोगिता रहेको छ । यो सुखको गहना र दुःखको खजानाको रूपमा प्रयोग भइआएको पनि छ । सुनचाँदी व्यवसायले कला र सीपको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । मुलुकको सुनचाँदी व्यवसायमा ठूलो सम्भावना हुँदा हुँदै पनि राज्यको सोच त्यसलाई प्रवद्र्धन गर्ने दिशातर्पm जान सकेको छैन । यो क्षेत्रलाई सम्पूर्णरूपमा समेट्ने र सम्बोधन गर्ने कानूनको अपर्याप्तता रहेको सबै पक्षबाट महसुस भइरहेको छ । नेपालको परम्परागत मौलिक क्राफ्टम्यान सीप विश्व बजारमा बिख्यात हुँदाहुँदै पनि यसको उचित संरक्षण हुन नसक्दा लोपोन्मुख बन्न सक्ने खतरा बढेको छ । लगानीअनुसारको प्रतिफल नपाउँदा पेशाबाटै पलायन हुने अवस्था पनि बढिरहेको छ । यद्यपि, वर्तमान विश्व बजारमा ज्वेलरी क्षेत्रको योगदान तीव्र गतिमा बढिरहेको छ । मुलुकमा वर्षेनी अर्बौं मूल्यका बहुमूल्य धातु रत्न तथा पत्थरहरु आयात हुने गरेको छ । स्वदेशी खानीको उत्खनन् भइनै रहेको छ । तर, प्रशोधनपश्चात बहुमूल्य रत्न तथा पत्थरको स्तरमा निर्यात गर्न एवम् प्रयोग गर्न सकिने खनिजहरु सामान्य ढुंगाको तौल र मूल्यमा बाहिरिने गरेका छन् । यो हाम्रो लागि दुर्भाग्य हो । आर्थिक क्रियाकलाप र रोजगारीमा अभिवृद्धि
ADVERTISEMENT
नेपालको आभूषण क्षेत्रले आर्थिक क्रियाकलाप र रोजगारी अभिवृद्धिमा सकारात्मक योगदान पु¥याउँदै आएको छ । देशभरमा करिब २५ हजारको संख्यामा सुनचाँदी व्यवसायी छन् । लाखौंको संख्यामा यसले रोजगारी सिर्जना गरेको छ भने दशौं लाखको संख्यामा यो व्यवसायमा आश्रित परिवार रहेका छन् । वार्षिक झण्डै आठ अर्बको राजश्वमा राज्यलाई योगदान पुर्‍याउँदै आएको छ । यो एउटा सामान्य व्यवसाय मात्रै नरहेर ठूलो उद्योगको रूपमा रहेको छ । तर, सरकारले यो व्यवसायलाई ठूलो उद्योगको रूपमा हेरेको छैन । उद्यमशील प्रवद्र्ध र व्यवसायको यथेष्ट विकास नभएसँग आर्थिक, गतिविधि बढ्न सक्दैन । विकासशील मुलुकमा स्तरोन्नति हुन दिगो विकासको लक्ष्य हासिल गर्न तथा मुलुकलाई सम्पन्न र समृद्ध बनाउन राज्यले उद्योग तथा व्यवसाय प्रवद्र्धन गर्नुपर्छ । तर, पछिल्ला समय जिडिपीमा औद्योगिक क्षेत्रको योगदान क्रमशः घट्दो अवस्थामा छ । सरकारले रोजगारी सिर्जना गर्ने, मूल्य अभिवृद्धि गराउने, राजश्व बढाउने तथा निर्यात बढाउने क्षेत्रलाई विशेष संरक्षण गर्नु पर्छ । सुनचाँदी व्यवसाय यस्तै उद्योगभित्र पर्छ तर, सरकारले यस व्यवसायलाई कदर गर्न र प्रवद्र्धनमा सहयोग गर्न उल्लेख्य काम गर्न सकेको छैन । कला, संस्कृति तथा परम्परासँग जोडिएको व्यवसाय सुनचाँदी व्यवसाय आर्थिक पाटोसँग मात्रै जोडिएको छैन, यसले मौलिक सांस्कृतिक धरोहर, कला तथा परम्परासँग जोड्दछ । नेपाल परापूर्वककालदेखि नै विभिन्न कला कौशलले भरिपूर्ण देश हो भनेर विश्वसामु परिचित छ । विभिन्न कलाकौशलमध्ये यो व्यवसाय पनि एक प्रमुख कलात्मक व्यवसाय रहेको छ । नेपाली गहनाले आफ्नै स्वरूप र प्रवृत्ति पाउन मल्लकालीन सभ्यता र सो भन्दा अगाडीदेखिका सभ्यताको योगदान छ । ती समयमा गरगहना मूलतः सुनचाँदी, तामाका धातु र पत्थरबाट निर्मित थिए । परापूर्वक कालदेखि चल्दै आएका सुनचाँदीका गरगहना आजपनि जातजाती, धर्मसंस्कार अनुसार भेषभूषा, भाषाभाषी, चाडपर्व, रितिरिवाजमा फरक फरक ढंगले प्रयोग गरिएको पाइन्छ । यस्ता गहना पहिरिँदा सुन्दर, जाती तथा संस्कारगत पहिचानको साथै व्यक्तिको व्यक्तित्वमा पनि झल्किरहेको हुन्छ । मुख्यगरी औपचारिक कार्यक्रम चाडबाड, बिहेबारी जस्ता सामाजिक कार्यमा लगाइने सुनचाँदीका गरगहना धार्मिक हिसावले पनि शुद्ध मानिन्छ । मानिसको मृत्युदेखि मृत्युप्रयन्त आइपुग्दा विभिन्न पक्षसँग गाँसिएर गरगहनाको प्रयोग हुँदै आएको छ । सरकार व्यवसायी मैत्री भएन पछिल्लो समयमा नेपालमा सुनचाँदी व्यवसाय बृहत उद्योग व्यवसायमा रूपान्तरण भइरहेको छ । राज्यले उठाएको राजश्वले चालू खर्च पनि धौधौ परिरहेको अवस्था छ । यस्तो अवस्थामा झण्डै आठ अर्ब राजश्वको योगदान रहेको यो व्यवसायलाई व्यवस्थित र नियमबद्ध बनाउनुको साटो व्यवसायीलाई अनेक बहानामा राज्यले दुःख दिइराखेको छ । राज्य सुनचाँदी व्यवसायी मैत्री बन्न सकेको छैन । राज्यले सुनको आयात कोटा सीमा घटाएको छ । यो आपैmमा अत्यन्त अव्यवहारिक छ । यसले बजारको माग थेग्न सकिरहेको छैन । मुलुकभर २५ हजारभन्दा बढी सुनचाँदी व्यवसायी रहेको विद्यमान अवस्थामा १० किलो सुन वितरण गर्नु आफैंमा चुनौतिपूर्ण छ । यो व्यवसायमा लगानीअनुसारको प्रतिफल एकदमै कम छ । यो व्यवसायलाई व्यवस्थित र मर्यादित गर्न ऐन, नियम कानून, निर्देशिकाको आवश्यक रहेको छ । तर, दशकौंदेखि संघ, महासंघले घच्घच्याउदा पनि अहिलेसम्म ऐन, निर्देशिका बन्न सकेको छैन । स्पष्ट मापदण्डसहितको कानूनी व्यवस्था नहुँदा सुनचाँदी व्यवसाय अन्यौल र जोखिममा पर्ने खतरा बढेको छ । सुनचाँदी बजारमा समस्याहरु सुनबजार अहिले संकटमा छ । विभिन्न समस्याहरुबाट यो व्यवसाय गुज्रिरहेको छ । बढ्दो मूल्यवृद्धिका कारण ग्राहक अत्यन्त कम आउन थालेका छन् । पर्याप्त मात्रामा कच्चा सुनसमेत व्यवसायीले पाउन सकेका छैनन् । सुन बजारलाई ३५–४० केजी सुन आवश्यक पर्छ । सरकारले छुट्याएको १० के.जी.को सीमाले व्यवसायलाई पुगिराखेको छैन । आर्थिक मन्दीको प्रभाव यो व्यवसायमा परेको छ । दक्ष कालीगढको अभाव, कच्चा सुनको अभाव, बढ्दो बैंकिङ्ग ब्याजदर, सुनमा भएको अवैध कारोवार यो व्यवसायका समस्याहरु हुन् । सबैभन्दा ठूलो समस्या व्यवसाय चलाउने ऐन, कानून र निर्देशिका नबन्नु रहेको छ । प्रशासननिक क्षेत्रबाट पनि अनेक दुःख व्यवसायीलाई पर्ने गरेको छ । माल जफत हुनेदेखि लिएर व्यवसायमा नै आँच आउने व्यवहार पाइन्छ । गहना निर्माण प्रायः विदेशी कालीगढमा निर्भर छ । उसको पुर्ण विश्वासका साथ काम गर्न दिँदा मिसावटदेखि लिएर सामान नै हराउने डर त्रास रहि रहन्छ । गरगहनाहरु एक ठाउँबाट अर्को ठाउँमा लैजानु साह्रै झन्झटीलो रहेको हुँदा यो पनि एउटा चुनौतिको रूपमा रहेको छ । सुनमा बढ्दो तस्करी मुलुकमा रहेका सुन व्यवसायीहरुलाई आवश्यक कच्चा सुन आपूर्ति कम हुँदा र दक्षिणी खुल्ला सीमा हुँदा सुनमा बढ्दो तस्करी भएको पाइन्छ । सरकारी निकायका उच्च पदस्थ र कतिपय ठूला व्यापारीसमेत सुन तस्करीमा लागेको विषय बाहिर आएको छ । नेपालमा विवाह सिजनमा ५० किलो सुन खपत हुने गरेकोमा औपचारिक माध्यमबाट केवल २० किलो मात्र आएको हुन्छ । अझ अहिले त १० केजी मात्र आउने गरेको छ । बाँकी सुनको बजार तस्करीले नै धानेको मानिन्छ । खुलारूपमा भइरहेको यो अपराधका खास अपराधी कहिल्यै फेला परेका छैनन् । पछिल्लो समयमा नेपाल ट्रान्जिटका रूपमा विकसित भइरहेको छ । एकै समूहले क्विन्टल बढी सुन तस्करी गरेको समाचारले नेपालमा सुन तस्करीको स्थिति प्रष्ट पार्दछ । नेपालमा त्रिभुवन विमानस्थलमार्पmत र चिनियाँ नाका हँुदै वार्षिक ९० देखि ९५ टनसम्म सुन तसकरी हुन सक्ने आकंलन गरिएको छ । सुन तस्करी रोक्न सरकारले विशेष पहल गर्न सकेको छैन । खासगरी राजस्व अनुसन्धान विभागले भरियालाई पक्राउ गरेर मुद्दा चलाउने र प्रहरीले तस्करका नाइकेलाई पक्राउ गरेर दिँदा उनीहरु छुट्ने गरेकोले पनि तस्करी बढेको पाइन्छ । २०७० सालमा पक्राउ गरेका अभियुक्तमध्ये भरिया जेलमा छन्, मालिकहरु भने छुटिसकेको अवस्था छ । तेस्रो मुलुकका कतिपय कुख्यात अपराधिको समेत आश्रयस्थल बन्दै आएको छ । सहज आवगमन विदेशीप्रति कुनै किसिमको आशंका नगरी सहजै स्वागत गर्ने र उदार प्रदर्शन गर्ने प्रचलनको फाइदा गलत तत्वले उठाउँदै आएका छन् । कुनै व्यक्ति मुलुकभित्र छिर्दा कुन उद्देश्यले छाएको हो, उसको संलग्नता, पेशा, व्यवसायमा आबद्धता कुन क्षेत्रमा छ भन्ने जस्ता विषयमा विस्तृत जानकारी नलिएका कारण अपराधिक चरित्रका व्यक्तिहरुले पछिल्लो समयमा नेपाललाई आधार बनाएर अन्तराष्ट्रिय अपराधहरुमा संलग्न हुने गरेको पाइएको छ । यसतर्पm जिम्मेवार निकाय सचेत हुन जरुरी छ । निष्कर्षमा, नेपाली सुनबजार अहिले निकै सकसमा छ । व्यवसायीलाई पर्याप्त कच्चा सुनको अभाव छ । व्यवसायीलाई पर्याप्त कच्चा सुनको व्यवस्था मिलाउने दायित्व राज्यको हो । नेपाली अर्थतन्त्रमा सुनचाँदी बजारको महत्वपूर्ण योगदान छ । यो व्यवसायलाई राज्यले उद्योगको जस्तो मान्यता दिनुपर्छ । यसलाई एउटा सानो व्यवसायको रूपमा आकंलन गर्नु हुँदैन । सरकारले ठोस नीति नियम बनाई यस क्षेत्रलाई प्राथमिकताको सूचीमा राखी अघि बढेमा व्यवसायीको भविष्य मात्र होइन मुलुक समृद्धिको दिशामा अघि बढ्नुको साथै समग्र राष्ट्रको सर्वाङ्गीण विकास हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

कम्पनी सचिब आवश्यकता की बाध्यता

कम्पनी सचिब आवश्यकता की बाध्यता

जेनजी आन्दोलनको बारेमा बौद्धिक पेसाकर्मीले गर्‍याे अन्तरक्रिया

जेनजी आन्दोलनको बारेमा बौद्धिक पेसाकर्मीले गर्‍याे अन्तरक्रिया

सामाजिक सञ्जाल बन्दको प्रभाव पत्रकारिता र मिडियामा चुनौती कि अवसर

लोकतन्त्रको रक्षक कांग्रेस, अब आफ्नै लोकतन्त्रको खोजीमा

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकाे अदालतको आदेशप्रति आपत्ति-प्रेस स्वतन्त्रता रक्षा गर्न चेतावनी

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकाे अदालतको आदेशप्रति आपत्ति-प्रेस स्वतन्त्रता रक्षा गर्न चेतावनी

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host