काठमाडाैँ। चालु आर्थिक वर्षको फागुन महिनासम्म वाणिज्य बैंकहरुले ४८ अर्ब ८३ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका २१ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ८ महिनामा उक्त नाफा कमाएका हुन् । फागुन महिनासम्म सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । यसअवधिमा नबिलले ५ अर्ब ३२ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ ।
ग्लोबल आइएमई बैंकको नाफा ४ अर्ब ३७ करोड २७ लाख रुपैयाँ रहेको छ । तेस्रोमा एनआइसी एसिया बैंकको नाफा ४ अर्ब ५ करोड ८० लाख रुपैयाँ छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब माथि छ । यता, कृषि विकास बैंकको नाफा भने सबैभन्दा थोरै ४१ करोड रुपैयाँ मात्र रहेको छ ।
अन्य वाणिज्य बैंकहरुको खुद नाफाको अवस्था
- एनएमबि बैंकः २ अर्ब ६० करोड रुपैयाँ
- प्राइम बैंकः २ अर्ब ३९ करोड रुपैयाँ
- स्ट्यान्डर्ड चार्टर्ड बैंकः २ अर्ब २६ करोड रुपैयाँ
- एभरेस्ट बैंकः २ अर्ब २३ करोड रुपैयाँ
- प्रभु बैंकः २ अर्ब २२ करोड रुपैयाँ
- नेपाल बैंकः २ अर्ब ११ करोड रुपैयाँ
- कुमारी बैंकः २ अर्ब ६ करोड रुपैयाँ
- सानिमा बैंकः १ अर्ब ७८ करोड रुपैयाँ
- हिमालयन बैंकः १ अर्ब ७८ करोड रुपैयाँ
- नेपाल एसबीआई बैंकः १ अर्ब ६४ करोड रुपैयाँ
- सिद्धार्थ बैंकः १ अर्ब ५५ करोड रुपैयाँ
- माछापुच्छ्रे बैंकः १ अर्ब ४२ करोड रुपैयाँ
- लक्ष्मी बैंकः १ अर्ब ३६ करोड रुपैयाँ
- सिटिजन्स बैंकः १ अर्ब २५ करोड रुपैयाँ
- सनराइज बैंकः १ अर्ब ८ करोड रुपैयाँ
- कृषि विकास बैंकः ४१ करोड १२ लाख रुपैयाँ