ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

आसन्न उप निर्वाचनमा हुने मतदान कार्यलाई सहज, स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त बनाउन निर्वाचन आयोगको विशेष निर्देशन


ADVERTISEMENT

वैशाख ०९,

काठमाडौँ।

भोलि वैशाख १० गते आइतबार हुने बारा जिल्ला निर्वाचन क्षेत्र नं. २, चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन, २०८० का सन्दर्भमा तोकिएको समयमा मतदान कार्य प्रारम्भ गरी मतदानलाई प्रचलित कानुन र निर्देशिकाको पूर्ण पालनासहित सहज, स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोग सम्बद्ध राजनीतिक दल, उम्मेदवार, उम्मेदवारका प्रतिनिधि र सम्बद्ध सबैमा हार्दिक आव्हान गर्दछ । यस सन्दर्भमा आयोग, निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७५, प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७५, निर्वाचन आचारसंहिता, २०७९, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७५, निर्वाचन विवाद (सुनुवाई र निरुपण) सम्बन्धी कार्यविधि, २०७६, समेतमा भएका कानुनी व्यवस्थाहरूको पालना गरी/गराई देहाय बमोजिम हुन सम्बन्धित मुख्य निर्वाचन अधिकृत मार्फत मतदान कार्यमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षाकर्मीलगायत सम्बद्ध कर्मचारीहरूलाई आयोग विशेष निर्देश गर्दछ।

ADVERTISEMENT

१. मतदाताहरूलाई मतदानका लागि सहज  र सुरक्षित वातावरण बनाई मतदान केन्द्रमा मतदान गर्न जाँदा प्रज्ज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामरा वा यस्तै प्रकृतिका सामानहरू साथमा लिएर जान तथा कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन गरी मतदान केन्द्रमा प्रवेश गर्न निधेष गर्ने ।

२. निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मतदान कार्यमा खटिने कर्मचारी र उम्मेदवारको प्रतिनिधिलाई तोकिए अनुसारका अनुसूची बमोजिमको प्रतिबद्धतापत्रमा दस्तखत गराई सोको पूर्ण पालना गर्ने/गराउने ।

३. अशक्त ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी वा गर्भवती वा आफ्नो काखे बच्चा साथमा भएकी महिला, किरियापुत्री आदि जस्ता मतदातालाई मतदान गर्ने कार्यमा प्राथमिकता दिई सहजरुपमा मतदान गर्ने व्यवस्था मिलाउने ।

४. मतदान अधिकृतले दृष्टिबिहीन वा शारीरिकरूपले फूर्ण अशक्त वा अति अशत्त अपाङ्गताको प्रमाणपत्र भएको वा कुनै दुर्घटनामा परी वा अन्य कारणले आफैँ मतदान कक्षमा गई एक्लै मतदान गर्न असमर्थ व्यक्ति हो होइन यकिन गरी त्यस्ता आफै मत संकेत गर्न नसक्ने मतदाताका हकमा एकाघरको परिवारको सदस्यलाई मतदान कक्षमा जान अनुमति दिई मतदान अधिकृतको रोहबरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिन्हमा मत संकेत गर्ने उपयुक्त व्यवस्था मिलाउने ।

५. दृष्टिबिहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफै मत संकेत गर्न नसक्ने भई मत संकेत गर्न सहयोग मागेमा मतदान अधिकृतले त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छा अनुसार मत संकेत गर्ने कार्यमा सहयोग गर्ने ।

६. बुँदा नं. ५ र ४ मा उल्लेख भएदेखि बाहेक कुनै मतदाताले कुनै कारण देखाई सहयोगीसहित मतदान कक्षमा जान चाहेमा पूर्णरुपमा निधेष गर्ने ।

७. कुनै मतदाताले मतपत्रको दुरुपयोग गरेमा, गैरकानुनी तवरले मतपत्र दिने वा लिने कार्य गरेमा,  मतदानको अधिकार बिना वा पटक पटक मतदान गर्न आएमा, मतदान गर्न बाधा हुने कुनै कार्य गरेमा, उक्त मतदान केन्द्रमा नाम नभएको वा मतदान केन्द्रमा प्रवेश गर्ने अनुमति नपाएको व्यक्ति प्रवेश गर्न आएमा, नाम ढाँटी अर्काको नाममा मतदान गर्न आएमा, मतपत्रमा आफूले लगाएको मत संकेत सार्वजनिक गरेमा, मतपत्रलाई बिगार्ने वा नष्ट गर्ने कार्य गरेमा, मत संकेत गरेको मतपत्र मतपेटिकामा नखसालेमा वा मतपत्र बाहेक अन्य वस्तु मतपेटिकामा खसालेमा त्यस्ता व्यक्तिलाई तत्काल नियन्त्रणमा लिई निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही गर्ने ।

८. निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट विवाद हुन नदिने र त्यस्तो अवस्था सिर्जना भएमा निर्वाचन विवाद (सुनुवाई र निरुपण) सम्बन्धी कार्यविधि, २०७६ बमोजिम विवाद निरुपण गरी मतदान कार्यलाई सुचारु गर्ने ।

९. मतदान केन्द्रमा मतदान प्रारम्भ भएको र प्रत्येक दुई घन्टामा मतदाताको कूल संख्या, खसेको मत, तथा मतदानसम्बन्धी अन्य विवरण छिटो माध्यमबाट निर्वाचन अधिकृत तथा आयोगलाई जानकारी गराउने ।

१०. मतदान प्रारम्भ भई सम्पन्न नभएसम्म कुनै पनि किसिमको अवाञ्छित क्रियाकलाप वा असामान्य परिस्थिति सृर्जना भएमा तत्काल निर्वाचन अधिकृत, सुरक्षा संयन्त्र र आयोगमा जानकारी गराई मतदान कार्य सुचारु गर्न आवश्यक वातावरण मिलाउने । प्रेस विज्ञप्तिको पूर्णपाठ यस्तो रहेको छः-

 

ADVERTISEMENT

 

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

आजकाे माैसममा यी क्षेत्रमा फेरबदल हुने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host