ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसमा क्रान्ति र पार्टी एकताकाे विषयमा कार्यक्रम


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल)ले संयुक्त रुपमा पार्टीको ७५ औं स्थापना दिवस तथा विश्व सर्वहारावर्गका महान नेता लेनिनको १५४ औं जन्मजयन्ती मनाए । काठमाडौंको घट्टेकुलोस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा तीनवटै पार्टीका नेताहरुले क्रान्तिकारी कम्युनिस्टहरुबीच पार्टी एकता र क्रान्तिको अपरिहार्यताका बारेमा विशेष चर्चा गरे । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हरिभक्त कँडेल प्रतीकको अध्यक्षता र नेकपा (बहुमत)का कार्यालय सदस्य तथा पार्टी प्रवक्ता हेमन्तप्रकाश ओली सुदर्शनको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल गौरव, नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोला कञ्चन र नेकपा (मशाल)का नेता चिन्तामणि पौडेलले क्रान्तिका लागि छरिएर रहेका क्रान्तिकारीहरुका बीच सुदृढ एकताको आवश्यकतामाथि जोड दिनुभयो । विश्व कम्युनिस्ट आन्दोलनमा लेनिनले गरेको योगदानको चर्चा गर्दै नेता सीपी गजुरेलले एउटा मात्रै देशमा पनि क्रान्ति सम्भव छ भन्ने कुरा लेनिनले साबित गरेर देखाएको बताउनु भयो । विलक्षण प्रतिभाका धनी लेनिनबाट नेपालका कम्युनिस्ट क्रान्तिकारीहरुले सिक्नुपर्ने धेरै विषय रहेको चर्चा गर्दै नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्न संसदवादी, संसदवाद परस्त अर्थात् दक्षिणपन्थी संशोधनवादी, नवसंशोधनवादी र अवसरवादी कम्युनिस्टहरु र उनीहरुले छरेका भ्रमहरु चिरेर अगाडि बढ्नुपर्ने बतायनु भयो । उहाँले नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)बीच पार्टी एकता गर्ने घोषणा भइसकेको जानकारी दिंदै अन्य छरिएर रहेका क्रान्तिकारी कम्युनिस्ट समूहसँग पनि एकता र ध्रुवीकरणका लागि कुरा भइरहेको बताउनु भयो । उहाँले क्रान्तिका लागि वस्तुगत अवस्था अनुकूल रहेको र क्रान्तिकरीहरुले पनि आफ्नो आत्मगत अवस्था सुदृढ गर्दै लगेकोले अब नेपालमा छिट्टै क्रान्ति हुने विश्वास पनि दिलाउनु भयो । जनताले क्रान्तिकारी कम्युनिस्ट (माओवादी)हरुलाई वैकल्पिक शक्तिको रुपमा हेर्न चाहेको भन्दै उहाँले अब बलियो वैकल्पिक शक्तिकासाथ अगाडि बढ्ने पनि बताउनु भयो । उहाँले दशवर्षे जनयुद्ध नभएको भए नेपालमा गणतन्त्र आउनै नसक्ने ठोकुवा गर्दै दशवर्षे जनयुद्ध अहिलेको संसदीय व्यवस्थाका लागि नभएर जनगणतन्त्रका लागि भएको पनि स्पष्ट पार्नुभयो । त्यसैगरी नेकपा (बहुमत)का संयोजक कञ्चनले क्रान्तिकारी सिद्धान्त विना क्रान्ति असम्भव हुन्छ भन्ने लेनिनको भनाइलाई जोड दिंर्दै नेपालमा बाँकी क्रान्तिको कार्यभार पूरा गर्न सही क्रान्तिकारी सिद्धान्तको विकास गर्नुपर्ने आवश्यकता औल्याउनु भयो । उहाँले क्रान्तिकारी सिद्धान्तको विकासका लागि गहिरो र गम्भिर अध्ययनको खाँचो पर्ने पनि बताउनु भयो । केही मानिसहरुले नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)को विसर्जनको कामना गरिरहेको चर्चा गर्दै ती संशोधनवादी/अवसरवादी तत्वहरुको त्यो कामना कदापि पुरा हुन नदिने र त्यसलाई दिवास्वप्नमा परिणत गरिछाड्ने उद्घोष गर्नुभयो । क्रान्तिकारी माओवादी र बहुमत मात्रै नभएर मशालसहित अन्य धेरै क्रान्तिकारीहरुलाई पार्टी एकता र ध्रुवीकरणमा ल्याएर नेपाली राजनीतिको दर्विलो बैकल्पिक शक्ति निर्माण गर्ने पक्षमा आफूहरु जुटेको चर्चा गर्दै उहाँले प्रचण्ड र विप्लवको दिमागमा संसदीय चुनाव बाहेक अरु केही नरहेको दावी गर्नुभयो । प्रचण्ड र विप्लव दुवै क्रान्ति सम्भव छैन भन्ने निष्कर्षमा पुगिसकेको बताउनु हुँदै नेता कञ्चनले नेपालमा नयाँ जनवादी क्रान्ति र वैज्ञानिक समाजवादी क्रान्ति अपरिहार्य र अवश्यम्भावी रहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा आफ्नो विचार राख्नुहुँदै मशालका नेता पौडेलले पार्टी स्थापनाकालदेखिका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरु अहिले पनि ज्युँका त्युँ रहेको चर्चा गर्दै स्थापनादेखिकै क्रान्तिको कार्यभार पूरा गर्न सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुका बीचमा दर्विलो एकताको खाँचो रहेको बताउनु भयो । सिद्धान्तको महत्वका विरुद्ध चौतर्फी रुपमा हमला भइरहेको चर्चा गर्दै उहाँले चाँडै छरिएर रहेका सबै क्रान्तिकारीहरुका बीचमा पार्टी एकता र ध्रुवीकरणका प्रक्रिया जारी रहने विश्वास दिलाउनु भयो । कार्यक्रममा नेकपा (मशाल)की नेतृ सुर्या थापाले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको बीच बीचमा रक्तिम साँस्कृतिक परिवारका महासचिव लक्ष्मी रिजालले क्रान्तिकारी गीत प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रममा नन्दलाल खरेलले एउटा कविता प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य रामसिंह श्रीस, नेकपा (बहुमत)का कार्यालय सदस्यहरु उदयबहादुर चलाउने दिपक, गम्भिर र बाबुराम जगमेर अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । लेनिनको फोटोमा माल्यार्पण गरेर कार्यक्रमको सुरुवात गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

आजकाे माैसममा यी क्षेत्रमा फेरबदल हुने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host