२०८० वैशाख ११
काठमाडौँ।
काठमाडौँको मुटुमा रहेको चावहिल अवस्थित दाउराको किचेनमा मञ्जुश्री असाहाय संरक्षण केन्द्रले नयाँ वर्षको शुभकामना आदानप्रदान सहित काठमाडौँ जिल्लाको दाेस्राे वार्षिक उत्सव कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गरेको छ। यस कार्यक्रममा सहभागि संगठनका वक्ता एवम् अतिथिहरुले आ-आफ्ना धारणाहरू राख्दै, एक आपसमा बधाई एवं शुभकामना आदानप्रदान गरेका थिए।यस संस्थाकी का.जि अध्यक्ष मिना बस्नेतले कार्यक्रमकाे सभापतित्वकाे आशन ग्रहण गर्नु भयाे,भने प्रमुख अतिथिमा भान्सा सुधार समितिकी अध्यक्ष कविता दाहालले आशन ग्रहण गर्नु भयाे।त्यस्तै विशिष्ट अतिथिमा उषा सिंह,प्र.२कि म. अ. सं.के.अ. सुमित्रा अधिकारी (पौडेल) ले आशन ग्रहण गर्दै स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने, कार्यक्रमको सञ्चालन (रितु) कमला अधिकारीले गर्नुभयो। कार्यक्रममा पत्रकार सन्तोष प्रसाद तिवारी सहित सो संस्थाका सदस्यहरु र जिल्ला शाखाका अध्यक्ष एवम् प्रतिनिधित्वहरूको सहभागी रहेको थियो। सहभागीहरू क्रमशः रञ्जु दंगेल ,प्रमिला बस्नेत सम्भु श्रेष्ठ, सीता रिजाल,प्रतिमा अर्याल,संगिता बराम,सविता दुलाल,सम्झना खड्का,प्रमिला बस्नेत,निन्जु प्रधान,मञ्जु श्रेष्ठ, रूपा अधिकारी,हिरा तामाङ, रस्मिता बस्नेत, दिनेश लामिछाने, यसोदा पोखरेल,ईन्दु खत्री, सर्मिला पराजुली रहेको यसै संस्थाका प्रेस सल्लाहकार राजन थापाले जानकारी गराउनु भयो। उक्त सभाबाट सर्मिला पराजुलीलाई सो संस्थाको का.जिको आजिवन सदस्यमा मनोनयन गरिएको समेत बताउनुभयो।