ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

तनहुँ-१ मा रास्वपाकाे उम्मेदवार स्वर्णिम वाग्ले ३४ हजार मतान्तरसहित विजयी


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी भएका छन्। हालै नेपाली कांग्रेस परित्याग गरी रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले हराएका हुन्। वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत प्राप्त गरेका छन्। तनहुँ-१ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन्। आइतबार भएको उपनिर्वाचनमा ६५ हजारभन्दा बढी मत खसेको थियो। वाग्लेले कुल सदर मतको ५२ प्रतिशतभन्दा बढी हासिल गरेका छन्। दोस्रो स्थानमा रहेका भट्टराईले ३० प्रतिशत मत ल्याएका छन् भने खनालको मत प्रतिशत १३ छ। गत मंसिर ४ को आमनिर्वाचनमा तनहुँ-१ मा कांग्रेसबाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए। उनी राष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन गरिएको हो। मंसिरको निर्वाचनमा पौडेल २५ हजार ३ सय ६१ मत प्राप्त गरेर विजयी भएका थिए। त्यति बेला एमालेका एकबहादुर राना मगरले १९ हजार ९ सय ८१, स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ र राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गरेका थिए। वाग्लेले गत चैत १५ गते कांग्रेस छाडेको घोषणा गरेपछि त्यसै दिन राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई तनहुँ-१ बाट उम्मेदवार बनाएको थियो। उनले कांग्रेस छाड्दा सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आरजु राणाका कारण पार्टी छाड्नुपरेको गुनासो पोखेका थिए। गोरखामा जन्मेका वाग्लेले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। उनले स्नातक तहको अध्ययन बिएस्सी (इकोनोमिक्स) लन्डन स्कुल अफ इकोनोमिक्सबाट गरेका थिए भने विद्यालय स्तरको पढाइ काठमाडौंको बुढानिलकन्ठ स्कुलबाट पूरा गरेका थिए। कांग्रेस राजनीतिमा रहँदा उनलाई सुशील कोइरालाको प्रधानमन्त्री कालमा अमेरिकाबाट बोलाएर राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरिएको थियो। नेपाल फर्किनुअघि उनी विश्व बैंकको वासिङ्टनस्थित मुख्यालयमा वरिष्ठ अर्थशास्त्रीका रूपमा कार्यरत थिए। उनले युएनडिपीको वरिष्ठ अर्थशास्त्रीका रूपमा मुख्यालय न्यूयोर्क, भियतनामको राजधानी हनोइ र श्रीलंकाको राजधानी कोलम्बोमा रहेर पनि काम गरिसकेका छन्। पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनी दोस्रोपटक योजना आयोगको सदस्य बने भने अघिल्लोचोटि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा वाग्लेले योजना आयोगको उपाध्यक्ष भएर काम गरेका थिए। २०७२ को भुइँचालोपछि वाग्लेकै अगुवाइमा विपतपश्चातको आवश्यकता आकलन (पिडिएनए) तयार गरिएको थियो। यसै आधारमा नेपालले पुनर्स्थापना र पुनर्निर्माणका लागि चार अर्ब अमेरिकी डलर बराबरको विकास सहायता जुटाएको थियो। उक्त सहायता जुटाउन आफूले महत्वपूर्ण काम गरेको वाग्लेले बताउँदै आएका छन्। कांग्रेसको तेह्रौं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि देउवाले वाग्लेलाई महासमिति सदस्यमा मनोनीत गरेका थिए। २०७० र २०७४ को आमनिर्वाचन तथा २०७९ वैशाखमा भएको स्थानीय तह र मंसिरमा भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन क्रममा उनी पार्टीको घोषणपत्र तयार पार्न संलग्न थिए। अन्तर्राष्ट्रिय छवि कमाएका वाग्ले अन्तर्राष्ट्रिय निकायको उच्च ओहोदामा बसेर पाएको सुविधा छाडेर राजनीतिमा सक्रिय हुन आएका थिए। आफ्नो अपेक्षाविपरीत कांग्रेसले टिकटबाट वञ्चित गरेपछि उनी विकल्पको खोजीमा स्वतन्त्र पार्टीसँग आबद्ध भएका हुन्। उनी २०७८ असारमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को एसिया तथा प्रशान्त क्षेत्रीय ब्युरोमा प्रमुख आर्थिक सल्लाहकारका रूपमा काम गर्न गएका थिए। त्यति बेला कांग्रेसका विभिन्न नेतासँग सल्लाह गरेर उनीहरूकै सुझावअनुसार युएनडिपीमा काम गर्न गएको वाग्लेले बताउँदै आएका छन्। नेपालमा चुनाव लड्ने अपेक्षा राखेर उनी २०७९ असारमा फर्किएका थिए। दक्षिण एसियाली थिंक ट्यांक सर्वांगीण विकास अध्ययन केन्द्र (आइआइडिएस) को अध्यक्षसमेत रहेका वाग्लेले काठमाडौं विश्वविद्यालयको सिनेटमा र अन्य गैरनाफामूलक संस्थाको सल्लाहकार रहेर काम गरेका छन्। उनी विश्व बैंकको दक्षिण एसिया ‘च्याम्पियनिङ एन्ड भिजनिङ प्रोसेस’ का विशिष्ट सदस्यसमेत हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

भोजपुर १ मा ब्याटल अफ द ब्यालोट क्रम संख्या १२ का शेरधन राईलाई ८ का युवराज थापाको टक्कर

भोजपुर १ मा ब्याटल अफ द ब्यालोट क्रम संख्या १२ का शेरधन राईलाई ८ का युवराज थापाको टक्कर

लोकतन्त्र बलियो बनाउन पत्रकारिताको भुमिका महत्वपूर्ण हुन्छ पूर्ब राष्ट्रपती डा.यादब

लोकतन्त्र बलियो बनाउन पत्रकारिताको भुमिका महत्वपूर्ण हुन्छ पूर्ब राष्ट्रपती डा.यादब

प्रचण्ड–माधव नेपालद्वारा नेकपा शपथ, २४९९ केन्द्रीय सदस्यलाई गराइयो सपथ

प्रचण्ड–माधव नेपालद्वारा नेकपा शपथ, २४९९ केन्द्रीय सदस्यलाई गराइयो सपथ

इक्यानको कोषलाई व्यवस्थापन गरेका कार्की अब सचिवको उम्मेदवार

इक्यानको कोषलाई व्यवस्थापन गरेका कार्की अब सचिवको उम्मेदवार

इक्यानको सचिव जितेपछि सिलवालले केके गर्छन्

इक्यानको सचिव जितेपछि सिलवालले केके गर्छन्

काठमाडौं क्षेत्र न:२ मा शंकर दुलालको उम्मेदवारी सिफारिस, चुनावी प्रतिस्पर्धा थप रोचक

काठमाडौं क्षेत्र न:२ मा शंकर दुलालको उम्मेदवारी सिफारिस, चुनावी प्रतिस्पर्धा थप रोचक

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host