ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

सर्वसाधारणको ८ अर्ब डुबाउदै सुमेरु सहकारीका सञ्चालक विदेश भाग्ने याेजनामा


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाण्डौ । वैशाख १२ गते ।ललितपुरको पुल्चोकमा केन्द्रिय कार्यालय रहेको समस्याग्रस्त सुमेरु सेभिङ एण्ड क्रेडिट को–ओपरेटिभका अध्यक्ष तथा सञ्चालक विदेशतिर लम्कने तयारीमा रहेको बुझएको छ । उच्च स्रोतका अनुसार उनीहरु सहकारीका सबै पैसा आफना नातेदार तथा निकटवर्तीहरुलाई सुम्पेर विदेश लम्कन लागेका हुन् । हाल सो सहकारीले सर्वसाधारणको झण्डै ८ अर्ब रुपैया बचत रकम फिर्ता गर्न सकेको छैन । सहकारीबाट उठेको सुमेरू गू्रपले हस्पिटल, कलेज, रियलस्टेट लगायतका क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ । सहकारीको ठुलो रकम हिनामिना गरेको आरोप लागेका पुर्व अध्यक्ष भरत मर्हजन लामो समयदेखि बेलायतमा हराएपछी सदस्यहरुको बिचल्ली भएको हो । पूर्व अध्यक्ष भरत मर्हजन सहित उनका आफन्त सञ्चालकहरु हेमराज दहाल, विनोद आचार्य, दिलिप डङगोल, सुनिल डङगोल, सोछन्दा मानन्धर, रमेश मर्हजन, लेखापाल सुदिप मल्ल, सिइओ बिरु मर्हजन, अनुज पौडेल लगायतले स्थापना गरेको सो सहकारीले अहिले जनताको ८ अर्ब रकम फिर्ता गर्न सकेका छैनन् । सो रकममध्ये ५ अर्ब बढी रकम अहिले बेलायतमा रहेका पूर्व अध्यक्ष मर्हजनले नै चलाएको आशंका गरिएको छ । बाँकी रकम सहकारीका अन्य सञ्चालक र कतिपय कर्मचारीले विभिन्न विधि मार्फत लुकाउन खोजिएको बुझिएको छ । अहिले सो सहकारीले चलाएको सुमेरु सिटि हस्पिटल, धापाखेलमा रहेको सुमेरु हस्पिटल, कलेज सबै अरबौं लोनमा रहेको बुझिएको छ । हेमराज दहाल नेतृत्वको सञ्चालक समितिले हिस्पटल, जग्गा जमिन, कलेज आदी देखाएर सर्वसाधारणको निक्षेप महिनौंसम्म फिर्ता नगरी जनताको आँखामा छारो हाल्ने काम गर्दै आएको छ । सहकारीको पछिल्लो जालसाँझीपूर्ण गतिविधिमा समितिका सदस्यहरु अघाडी नदेखिएपनि कर्मचारी र सदस्यहरुलाई धाकधम्की दिएर सिइओ बिरु मर्हजनले बोल्न नदिने गरेका स्रोतले बतायो । बिरु महर्जन पूर्वअध्यक्ष भरत मर्हजनका भतिज हुन् । उनले ललितपुरका विभिन्न एरियामा ५० रोपनी जग्गा भरत मर्हजनको श्रीमतीको नाममा वारिस लिइ अर्बमा विक्रि गरी पैसा लन्डन पठाएको समेत बजार हल्ला छ । त्यसैगरी सञ्चालकहरु हेमराज दहाल, विनोद आचार्य, दिलिप डङगोल, सुनिल डङगोल, सोछन्दा मानन्धर, रमेश मर्हजन, लेखापाल सुदिप मल्ल, सिइओ बिरु मर्हजन, म्यानेजर कट्टेल, सरोज मानन्धर, अनुज पौडेल लगायतले अरबौं रकम दुरुपयोग गरेको स्रोतले बतायो ।
  सो कारण सदस्यहरु तथा कर्मचारीहरु कहाँ, कुन निकायमा जाने अन्यौलमा छन् । बलियो स्रोतका अनुसार अहिले सो सहकारीका कतिपय सदस्यहरुको बेलायत तथा अमेरिकाको भिषा समेत लगाइएको छ । उक्त सहकारीका एकाउन्टेन अहिले अष्टेलियामा छन् । सुमेरु गु्रपबाट जनताको पैसा फिर्ता हुने सम्भावना टर्न थालेको बचतकर्ताहरुले नै बताउन थालेका छन् । सरकारले समयमै नियन्त्रणमा नलिने हो भने सबै बोर्ड सदस्यहरु विदेश भाग्न खोजेको स्रोतले बतायो । अझ रोचक त संचालक समितिका अध्यक्ष दहाल र सदस्य विनोद आचार्यकै सहयोगमा सहकारीको धापाखेल शाखा, कालीमाटी शाखा, भक्तपुर शाखा र पुल्चोक कार्यालयबाट अरबौं रकमलाई फेक कर्जाको बनाइएको स्रोतले बतायो । त्यसैगरी अहिले भएका सञ्चालकहरुले अरबौं रकम आफन्त मार्फत होटल, जग्गा जमिन र घरगाडीमा लगानी गरेको बुझिएको छ । निमुखा सर्वसाधारण बचतकर्ता भने आफनै पैसा नपाएर हैरान छन् । सरकारले बेलैमा सहकारीलाई नियन्त्रणमा लिएर छानमिन नगर्ने हो भने निक्षेपकर्ताको विजोग हुने अवस्था छ ।        

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host