ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नेपालमा सञ्चार तथा सुचना प्रविधी मे दिवस मनाईदै, ‘नेपालमा सञ्चार तथा सुचना प्रविधीबाट समृद्धि ल्याउने हो’- महासचिव:”चिरञ्जीवी अधिकारी”


ADVERTISEMENT

वैशाख १३,

काठमाडौँ।

सुरक्षित सुचना प्रविधी, सुशासन र समृद्धि भन्ने मूल नाराका साथ सरकार र नीजी क्षेत्रले संयुक्त रुपमा सञ्चार तथा सुचना प्रविधी दिवस मनाउन लागेको छ। हरेक वर्षको २ मेमा आइसिटी डे मनाइदै आएको छ। नेपालमा निजी र सरकारी दुवै तवरबाट सञ्चार तथा सुचना प्रविधी दिवस मनाइदै आएको छ।

पहिलो दिनमा अवार्ड सो हुनेछ । यो वर्षपनि सरकारले विभिन्न पाँच वटा विधामा आइसिटी अवार्ड प्रदान गर्ने निर्णय गरेको छ। यस वर्ष पनि विभिन्न कार्यक्रम गरी दिवस मनाउने तयारी गरिएको छ। यसै सन्दर्भमा सञ्चार तथा सुचना प्रविधीको विकास, यसको महत्व र दिवसका बारेमा क्यान महासंघका महासचिव, चिरन्जिबी अधिकारीले आफ्ना धारणा यसरी राखे:

सञ्चार तथा सुचना प्रविधी दिवस २०२३

सञ्चार तथा सुचना प्रविधी दिवस क्षेत्रका लागि एउटा महत्त्वपूर्ण दिन हो, आइसिटी डे अर्थात मे २ । क्यान महासंघको अगुवाइमा विगत १० वर्षदेखि सुचना प्रविधी कार्यक्रमका साथ आइसिटी डे मनाउने गरिएको छ।

यसलाई सरकारी तवरले पनि व्यापक ढंगले मनाउन थालिएको छ। जुन एउटा स्वागतयोग्य कुरा हो। नेपालमा पहिलोपटक कम्प्युटर मे महिनाको पहिलो हप्तामा भित्रिएको तथा क्यान महासंघको स्थापना पनि मे महिनाको पहिलो हप्तामा नै भएको हुदाँ मे २ लाई राष्ट्रिय सञ्चार तथा सुचना प्रविधी दिवसका रूपमा मनाइँदै आएको छ। २ मेलाई आइसिटी डेका रूपमा मनाइने भए तापनि तथा आज २४ अप्रिलदेखि नै आइसिटी सप्ताह सुरु भइसकेको छ।यो सप्ताहभरि नै आइसिटी सम्बद्ध संघसंस्थाले सञ्चार तथा सुचना प्रविधी जनचेतनामूलक सम्बन्धि कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

जुन मे २ का दिन व्यापक र भव्यताका साथ सम्पन्न हुँदै छ। यो दिनलाई अझ व्यापक बनाउन सम्मेलन, प्रभातफेरीलगायतका कार्यक्रम गरी राष्ट्रिय अन्तर्राष्ट्रियस्तरको बनाउने पहल भइरहेका छन् । राजधानीमा मात्रै होइन क्यान महासंघका प्रदेश/जिल्ला शाखाको समन्वयमा विभिन्न प्रदेश /जिल्लामा पनि ‘आइसिटी डे’ सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु हुने छन् ।

सञ्चार तथा सुचना प्रविधी दिवसको विकास र महत्व

प्रविधिको तीव्रतर विकासले सिंगो विश्व जगत अहिले हातको औँलामा सीमित बन्न पुगेको अवस्थामा विश्वमा आएको प्राविधिक क्रान्तिसँगै नेपालमा पनि प्रविधिले ठुलो फड्को मारेको देखिन्छ ।विगतमा भालेको डाकोसँगै उठ्ने नेपाली समुदाय अहिले ‘अलार्म’ को सहायतामा उठछन् । दिनभर स्मार्टफोन, आइफोन, ल्यापटप/कम्प्युटर, ट्याब्लेट, फ्याब्लेटमा अभ्यस्त हुन्छन् । योसँगै सामाजिक सञ्जाल टिकटक, यूट्यूब,फेसबुक, भाइवर,  ट्विटर, ह्वाट्सअप, लिंक्डइन, इमेल र इन्टरनेटमा व्यस्त हुन्छौँ।

कुनै गेम खेल्नुपर्‍यो भने स्मार्ट एप्सको सहायता लिन्छौँ, तिथिमिति हेर्नुपर्‍यो अथवा कन्भर्ट गर्नुपर्‍यो भने एप्सकै सहायता लिन्छौँ। एकै क्लिकमा विश्वभरका भौगोलिक परिवेश र गतिविधि बुझ्न सक्छौँ । पछिल्लो समय अनलाइन सपिङ त सामान्य नै बनेको छ। त्यतिवेला लामो एन्टेना राखेर हेर्नुपर्ने टिभी अहिले डिजिटलमय बन्न पुगेको छ। अहिले अनलाइन बैंकिङ, अनलाइन टिकेटिङ, अनलाइन जब, अनलाइन मार्केटिङ, सोसियल मिडिया मार्केटिङ, अनलाइन एजुकेसन,अनलाइन हेल्थ लगायतको सुविधा भित्रिएको छ।

प्रविधिकेन्द्रित उत्पादनको त कुरा गरी साध्य छैन। अहिले एउटा स्मार्टफोनभित्र अनेक फाइदा लुकेका हुन्छन् । स्मार्टवाचबाट मुटुको धड्कन र प्रेसर जाँच्न सकिन्छ । फोटो खिच्न क्यामेराको जरुरी छैन । आँखामा लगाइएको चस्माबाटै फोटो खिच्न मिल्छ । ड्राइभरविना कार गुड्छ । घडीबाटै फोन गर्न मिल्छ । रोबोटबाट चमत्कारी कामहरू गर्न सकिन्छ। यसरी सूचना प्रविधि क्षेत्रले आमजनमानसको आधारभूत आवश्यकताका रूपमा विशेष भूमिका खेलिरहेको अवस्थामा यस राष्ट्रिय सञ्चार तथा सुचना प्रविधी दिवसको महत्त्व अझ बढी हुनेछ भन्ने हामीलाई लागेको छ ।

सञ्चार तथा सुचना प्रविधीको आर्थिक विकासमा योगदान

हुन त एक दिन दिवस मनाउँदैमा मुलुकमा प्रविधि क्षेत्रको कायापलट नै हुने होइन, तर समग्र प्रविधि क्षेत्रको विकास र मुलुकको समृद्धिका लागि यो एउटा कोसेढुंगा बन्ने कुरामा भने कुनै सन्देह छैन ।

यी र यस्ता कार्यक्रमले नै जनचेतना अभिवृद्धि तथा सर्वसाधारणको पहुचँ र विस्तारमा टेवा पुग्दछ । मुलुक समृद्धिको महत्त्वपूर्ण मेरुदण्ड बन्न पुगेको प्रविधि क्षेत्रलाई हरेक कोण र तवरबाट प्राथमिकताका साथ सदुपयोग गर्न सके आर्थिक विकासमा अझ धेरै योगदान पुर्‍याउने पक्का छ।

नेपाल कृषिप्रधान देश भए पनि पछिल्लो समय मुलुकको समग्र अर्थतन्त्रमा प्रविधि क्षेत्रको योगदान कृषि क्षेत्रको भन्दा प्रशंसायोग्य छ।जब कुनै क्षेत्रले मुलुकको अर्थतन्त्रमा दरिलो टेवा दिन्छ भने त्यसलाई सरकारले प्राथमिकतामा राखेर प्रोत्साहन गर्ने कि नगर्ने?यो जल्दोबल्दो विषय हो। प्रविधि क्षेत्र अहिले जुन तहमा पुगेको छ त्यो निजी क्षेत्रको पहल र बलबुताले अघि बढिरहेको छ भन्दा अत्युक्ति नहोला।

यसमा सरकारले केही राहत दिने हो भने त्यसले राम्रो मलजलको काम गर्नेछ । आइसिटीको विकास नै मुलुकको विकास हो । अन्तर्राष्ट्रिय परिवेश नियाल्दा पनि यो कुरा घामजत्तिकै छर्ल ङ्ग हुन्छ । हुनत: नेपालमा पनि यसलाई सबैले स्वीकार नै गरेका छन् । जस्तोसुकै कठिन काम पनि प्रविधिको प्रयोगबाट सहजै सम्पन्न गर्न सक्छौँ । अनलाइन, सोसियल मिडिया र डिजिटलाइजेसनको व्यापकताले मात्र समृद्ध मुलुकको परिकल्पना गर्न सक्छौँ । यस्ता क्षेत्रमा अब पछाडि फर्कन मिल्दैन ।

सञ्चार तथा सुचना प्रविधिमा सदुपयोग आवश्यक

हरेक कुरामा जस्तै प्रविधि जगतमा पनि विकाससँग विकृति पनि देखिएका छन् । हरेक कुरामा सकारात्मक र नकारात्मक पाटो हुन्छन् । त्यो प्रयोग गर्ने व्यक्तिमा निर्भर रहने कुरा हुन् । कुन प्रविधि कसरी र केका लागि प्रयोग गर्ने भन्ने बुझेर मात्रै सदुपयोग गर्ने हो भने त्यसको नतिजा दुवै हातमा लड्डु साबित बन्छ । तर, प्रविधिको प्रयोगका नाममा दुरुपयोग गर्दा त्यसले आफ्नो मात्रै होइन, अरूको जीवनसमेत बर्बाद बनाइदिन्छ । प्रविधिको दुरुपयोग हुनुमा प्रयोगकर्ता स्वयंको ठूलो दोष देखिने गरेको छ । चेतनाको कमी, ख्यालठट्टा र सजगतामा बेवास्ताले गर्दा पनि प्रविधिको दुरुपयोग भइरहेका छन् । तर, स्मरणीय कुरा के हो भने प्रविधिको विकासका लागि नकारात्मक कुराहरूमा अड्केर बस्नुभन्दा पनि सकारात्मक कुराहरूलाई मनन गर्दै अघि बढ्नुपर्ने देखिन्छ ।

ADVERTISEMENT
ADVERTISEMENT

सञ्चार तथा सुचना प्रविधि क्षेत्र

बल्लतल्ल फस्टाउन लागेको सञ्चार तथा सुचना प्रविधि क्षेत्र, नीतिगत समस्या र अस्थिर राजनीतिका कारण खस्किन सक्छ। प्रविधि एउटा मात्रै यस्तो विषय हो जुन जति तीव्र गतिमा विकास हुन सक्यो, त्यति नै त्यस देशका जनताको जीवनस्तर र समग्र मुलुकको समृद्धि र विकास हुन्छ।

तर, विडम्बना यो कुरा नीतिगत तहमा प्रभावकारी ढंगले लागू हुन सकेको छैन । जसको प्रत्यक्ष असर मुलुकको विकासमा परिरहेको छ, तर यसको अझै हेक्का हुन सकेको छैन ।

यो कुराले नीतिगत तहमा स्थान पाउन नसक्दा प्रविधि क्षेत्रका दक्ष जनशक्तिहरू धमाधम बिदेसिइरहेका छन् । देशका लागि केही गर्छु भन्नेहरूका लागि समेत वातावरण बन्न सकेको छैन । लगानीको प्रत्याभूति दिन सकेको छैन, यो भन्दा विडम्बना के होला र?

ADVERTISEMENT

कम्प्युटर हार्डवेयर, सफ्टवेयर, कम्युनिकेसन तथा सोसियल मिडियाको भरपूर प्रयोग र सजकता आजको आवश्यकता हो । यसको विकास, विस्तार र प्रवद्र्धन अर्को महत्त्वपूर्ण कुरा हो । यसमा निजी क्षेत्रको पहल र प्रयासलाई सरकारले हातेमालो गर्न जरुरी छ। अर्को महत्त्वपूर्ण कुरा के पनि हो भने यस क्षेत्रमा आबद्ध दक्ष, अर्धदक्ष जनशक्ति तथा व्यवसायीहरूले अरूको मुख ताक्नेभन्दा पनि सरोकारवाला निकायहरूसँग सहकार्य र समन्वय गरी एकजुट भएर अघि बढ्न आवश्यक छ ।

विद्यालय तहदेखि नै विधार्थीहरुलाई सञ्चार तथा सुचना प्रविधीको आधारभूत ज्ञान, यसको पहुँच तथा असर, सञ्चार तथा सूचना प्रविधिका फाइदाहरू, यसको दुरुपयोगका सम्भावना तथा जोखिमहरूका साथै साइबर सुरक्षाका विषयमा सीप र शिक्षा प्रदान गर्नु अत्यावश्यक छ ।अन्त्यमा यदि नेपाललाई सञ्चार तथा सुचना प्रविधीबाट समृद्धि ल्याउने हो भने प्रविधिको क्षेत्रमा लगानी गर्न अब ढिला गर्नु हुँदैन, क्यान महासंघका महासचिव, चिरञ्जीवी अधिकारीले सरोकारवाला निकायहरुसगँ अनुरोध गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

आजकाे माैसममा यी क्षेत्रमा फेरबदल हुने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host