२०८० वैशाख १३,
काठमाडौँ।
खेम थपलियाकाे नाट्यकृति रहेको पुस्तक कमरेड फिप्टी पर्सेन्ट सार्वजनिक गरिएको छ। काठमाडौँको अनामनगरस्थित संवाद डबलीमा अखिल नेपाल जनसांस्कृतिक महासंघकाे आयोजनामा उक्त पुस्तक विमाेचण गरिएको हो। कार्यक्रममा पुस्तककाे महत्वलाई लिएर विविध वक्ताहरुले आफ्नो धारणा राखेका थिए।
खेम थपलियाकाे सभापतित्वमा पुस्तक सार्वजनिकरण गरिएको कार्यक्रममा नेकपा बहुमतका संयाेजक धर्मेन्द्र बास्तोला” कञ्चन”ले प्रमुख अतिथ्यता गर्नु भयाे। पुस्तकमा समाजमा रहेको विद्यमान विकृति, विसंगति, व्यथिति, भ्रष्टाचार, क्रान्तिकारी नेतृत्वहरुमा आएको विचलन र विसर्जन, देशमा भईरहेको संकटग्रष्ट राजनितिक घटना,भड्किरहेकाे नेपाली समाजप्रति तिखाे व्याङग्यात्मक र व्याख्यात्मक तरिकाले प्रस्तुत गरिएको छ। विषेश गरी यस पुस्तकमा माओवादी आन्दोलनमा भएको विचलनलाई उजागर गर्न खोजिएको बताईएको छ। साथै माओवादी आन्दोलनलाई बदनाम र कमजाेर किन र कसरी गरिदैं छ भन्ने विषयमाथि पनि चित्रण गरिएको पाइन्छ। उक्त कार्यक्रम सञ्चालन अम्बिका चन्दले गरेकी थिइन्। कार्यक्रममा विविध विधाका सांस्कृतिक, बौद्धिक एवम् राजनीतिक विचारक, विष्लेषक लगायतका पत्रकार एवं शुभचिन्तकहरूको उल्लेखनीय सहभागिता रहेको स्रोतले जनाएको छ।