ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

वायुसेवा निगम: ४१ अर्ब ऋण बोकेको निगम ३ वटा जहाज किन्दै


ADVERTISEMENT
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ४१ अर्ब रूपैयाँ ऋणमा छ। ऋणकै कारण निगमलाई धानिन हम्मे परेको वर्षौं भइसक्यो। आर्थिक भारले डुब्दै गएको भन्दै यसलाई सार्वजनिक संस्थानबाट निजीकरण गर्ने चर्चा पनि लामो समयदेखि चल्दै आएको छ। यहीबीच निगमले भने थप जहाज किन्ने भएको छ। आन्तरिक उडानका लागि तत्काल तीन वटा जहाज किन्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले बताए। निगमले दुर्गम क्षेत्रमा उडान भर्ने ‘स्टोल’ (सर्ट टेकअफ एन्ड ल्यान्डिङ) जहाज किन्न लागेको हो। ‘आन्तरिकतर्फका विभिन्न गन्तव्यमा उडानको माग बढेको छ,’ प्रवक्ता पौडेलले भने, ‘अहिले हामीसँग पर्याप्त जहाज छैनन्। त्यसैले एकैपटक तीनवटा जहाज थपेर दुर्गम क्षेत्रमा उडान विस्तार गर्ने योजना छ।’ ऋणको भार भए पनि पछिल्लो समय नाफा देखिन थालेकाले निगमले आफ्नै स्रोतबाट जहाज किन्न लागेको हो। गत आर्थिक वर्ष २०७८/७९ मा निगमलाई एक अर्ब रूपैयाँ नाफा भएको थियो। जहाज किन्न निगमले सात सदस्यीय उपसमिति गठन गरेको छ। काम छिटो सक्न निगम सञ्चालक समितिद्वारा सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधिर शमशेर राईको संयोजकत्वमा उपसमिति गठन गरिएको हो। उपसमितिले सञ्चालक समितिसमक्ष आफ्नो प्रतिवेदन पेस गरिसकेको र कार्य अघि बढाइसकेको निगमले जनाएको छ। अब टेन्डर गरेर सिधै कम्पनीसँग जहाज किनिने प्रवक्ता पौडेलले बताए। एजेन्टलाई बीचमा राख्दा कमिसनको खेल हुने भन्दै निगमले उत्पादक कम्पनीसँग खरिद गर्ने योजना बनाएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पर्यटन सचिव सुरेश अधिकारीका अनुसार निगमले जहाज किन्ने र गन्तव्य बढाउने कुरा सकारात्मक छ। आन्तरिक विमानस्थलको संख्या बढिरहेका बेला निगमले जहाज ल्याएर विस्तारमा ध्यान दिनुपर्ने समेत उनले बताए। ‘अहिले निगमसँग दुइटा मात्र जहाज छन्, उडानको माग धेरै छ,’ अधिकारीले भने, ‘घाटा, नाफा जे भए पनि केही जहाज थपेर दुर्गममा उडान बढाउनुपर्छ।’ निगमका प्रवक्ता पौडेल पनि दुर्गम क्षेत्रका जनताको ठूलो माग सम्बोधन गर्न र हवाई सञ्जाल बढाउन जहाज खरिदको कार्ययोजना अघि बढाएको बताउँछन्। हाल निगमका क्यानडियन कम्पनीका ट्विनअटर जहाज उडिरहेका छन्। निगमले अब ल्याउन लागेका जहाज कुन र कस्ता हुनेछन् भन्ने निश्चित भइसकेको छैन। ‘टेन्डर आह्वानको प्रक्रिया सुरू भइसकेको छ। कुन कम्पनीको किन्ने भन्ने खुलाएका छैनौं। टेन्डर गर्दा नेपालका लागि उपयुक्त हुने ल्याउँछौं,’ पौडेलले भने, ‘प्रतिस्पर्धाबाट पारदर्शी रूपमा खरिद गर्छौं।’ निगमले जहाज किन्न उपसमिति बनाएको कुरा मन्त्रालयमा पुगिसकेको सचिव अधिकारीले बताए। उनका अनुसार सार्वजनिक खरिद ऐनमा टेकेर अघि बढ्दा निगमले प्रक्रिया पुर्‍याएर जहाज किन्न सक्छ। मन्त्रालय वा मन्त्रिपरिषद बैठकको स्वीकृति आवश्यक हुँदैन। अन्य निजी कम्पनीले जस्तै निगमले आफ्ना लागि आफैं जहाज किन्न पाउँछ। जहाज खरिदमा भने निगमले ध्यान पुर्‍याउनुपर्ने सचिव अधिकारीले बताए। यसमा विगतका घटना जोडिने भएकाले पारदर्शी तरिकाले अघि बढ्नुपर्ने उनको भनाइ छ। ‘जहाज खरिदको विषय उठ्नासाथ धेरैलाई आफ्ना कार्यकालमा नभइदिए हुन्थ्यो भन्ने लाग्न थालेको छ। पहिलेको तीतो अनुभवले होला। निष्पक्ष र पारदर्शी तरिकाले सिधै कम्पनीसँग किन्नुपर्छ। यसबारे जनतालाई थाहा दिनुपर्छ। मन्त्रालयले साथ दिनेछ,’ उनले भने। नाफाबाट उत्साहित निगम
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
आर्थिक वर्ष २०७८/७९ मा एक अर्ब नाफा कमाएपछि निगम उत्साहित भएको छ। ‘निगम चलाउन साधनस्रोत भयो भने व्यवस्थापनले नाफा गर्न सक्ने रहेछ,’ निगम प्रवक्ता पौडेलले भने, ‘हामी आजको दिनमा आफैं जहाज किन्न सक्ने अवस्थामा छौं।’ पछिल्लो समय निगमका एयरबसको अन्तर्राष्ट्रिय उडान थपिएको छ। हाल १० गन्तव्यमा सातामा ४३ वटा उडान गरिरहेका छन्। यी एयरबसले आम्दानी गर्न थालेसँगै नाफामा जान थालेको उनले बताए। निगमले एयरबस किन्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग क्रमशः २२ अर्ब रूपैयाँ र १२ अर्ब रूपैयाँ ऋण लिएको थियो। साँवा र ब्याज (किस्ता) तिर्न नसक्दा ऋण बढेर गत वर्षसम्म ४८ अर्ब रूपैयाँ पुगेको थियो। चालु आर्थिक वर्ष २०७९/८० देखि भने निगमले नियमित किस्ता तिर्न थालेको छ। चालु आर्थिक वर्षमा तीन किस्ता बुझाउँदा दुवै ऋणदातालाई दुई अर्ब ९४ करोड २८ लाख रूपैयाँ बुझाइसकेको प्रवक्ता पौडेलले जानकारी दिए। कोभिडका बेलाको ब्याज र हर्जनावापत थपिएको चार अर्ब रूपैयाँ भने मिनाहा गर्न निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग आग्रह गर्दै पनि आएको छ। ‘हामीले जहाज किन्न ऋण लिएको अवधिदेखि १५ वर्षसम्ममा ऋण तिर्नुपर्छ। अहिलेजस्तै निगमले नाफा गर्दै गए यो ठूलो समस्या हुँदैन,’ उनले भने। हाल निगमसँग आन्तरिक उडानका लागि तीनवटा ट्विनअटर जहाज छन्। यी जहाज करिब ४० वर्ष पुराना हुन्। यीमध्ये दुइटा जहाजले १५ वटा गन्तव्यमा सातामा ३५ उडान भरिरहेका छन्। एउटा जहाज भने लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड (थन्किएको) छ। ट्विनअटर डिएचसी- ६/३०० कलसाइन एबिएक्स जहाजको २०६९ साल भदौ ९ गते लुक्लाबाट काठमाडौं अवतरण गर्ने क्रममा पंखामा समस्या आएको थियो। यो जहाज बनाउनेबारे निगमको कुनै योजना छैन। सञ्चालनमा रहेका दुइटा जहाज बिग्रिँदा यही ग्राउन्डेडको पार्टपुर्जा निकाल्दै मर्मत गरिँदै आएको प्रवक्ता पौडेलले बताए। ‘उडिरहेका जहाजमा पनि बेला बेला समस्या आइरहन्छन्। मर्मतका लागि तत्काल सामग्री पाइँदैन,’ उनले सेतोपाटीसँग भने, ‘त्यही ग्राउन्डेड जहाजको सामान हाल्दै अरू दुइटा उडिरहेका छन्।’ ग्राउन्डेड ट्विनअटर मर्मतका लागि निगमले नसोचेको होइन। थुप्रै पटक कमिटी बनाए पनि सञ्चालनबारे ठोस योजना बनेन, बरू नयाँ किन्ने निधो निगमले गरेको हो। ‘ग्राउन्डेड जहाज बनाउने, बेच्ने वा के गर्ने भन्नेबारे कुनै योजना छैन,’ पौडेलले भने। निगमका ६ वटा चिनियाँ जहाज पनि ग्राउन्डेड छन्। यिनको बिक्री गर्ने तयारी छ। आन्तरिक उडानका लागि भने जहाज नभएका कारण थप्न लागेको उनले बताए। नयाँ जहाज भएपछि मुगु, डोल्पासहित सुदूरपश्चिमका पहाडी जिल्लामा उडान थप्ने निगमको योजना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

आजकाे माैसममा यी क्षेत्रमा फेरबदल हुने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host