गुल्मीको मालिका गाउँपालिका २ दर्लिङ्गको दुनाममा गए राती करिब ११ः४० बजे जिप दुर्घटना भएको छ । दर्लिङ्गदेखी बागलुङको भिमगिठे जाँदै गरेको लु १ च ९९११ को डबल क्याब जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परी सह (चालक बागलुङको बडिगाड गाउँपालिका ९ बल्गास बस्ने १८ वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सोही ठाउँका चालक २१ वर्षीय प्रेम केसी घाइते हुनुभएको छ ।
घाइते केसीको अवस्था मध्यम रहेकोले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिपको एक्कासि ब्रेक फेल भएर सडकभन्दा करिब १५० मिटर तल खसेको बताइएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?