ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

एमालेको असहमतिले रोकियो विधेयक ,पारित प्रक्रिया अघि बढ्न सकेन


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौँ,  प्रमुख विपक्षी दल नेकपा (एमाले)ले प्रस्तावित अन्तरवस्तुमा असहमति जनाएपछि संवैधानिक परिषद्सम्बन्धी विधेयक पारितको प्रक्रिया रोकिएको छ। प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच भएको सहमतिअनुसार बुधबार फास्ट ट्र्याकबाट विधेयक प्रतिनिधि सभाले पारित गर्ने तयारी थियो तर विधेयकमा प्रस्तावित निर्णय प्रक्रियासम्बन्धी व्यवस्था परिमार्जन गर्नुपर्ने अडान एमालेले राखेपछि दैनिक कार्यसूचीमै समेटिन सकेन। सभामुख देवराज घिमिरे, कानुन न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का तथा संसदीय दलका प्रमुख सचेतकबीचको छलफलमा सहमति नभएपछि विधेयक पारित प्रक्रिया अघि बढ्न नसकेको हो। मूल ऐनको दफा ६ संशोधनका लागि प्रस्तावित विधेयकको दफा ६(१०)को व्यवस्थामा एमालेले असहमति जनाएको हो। उपदफा १० मा सर्वसम्मतिबाट निर्णय हुन नसकेमा अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा ५० प्रतिशत सदस्यको बहुमतबाट निर्णय गर्न सक्ने व्यवस्था छ। उक्त व्यवस्थालाई एमालेले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भनेको छ। कार्यकारी प्रमुखले नचाहेसम्म कुनै पनि निर्णय हुन नसक्ने गरी व्यवस्था प्रस्तावित रहेको भन्दै परिमार्जन गर्न एमालेले माग गरेको हो। निर्णय प्रक्रियामा परिषद्का सम्पूर्ण सदस्यको बहुमतलाई एमालेले बटमलाइन बनाएको संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बताउनुभयो। गिरीले भन्नुभयो, “कार्यकारी बहुमतको निर्णयमा पनि अनिवार्य हुनुपर्ने व्यवस्था हट्नुपर्छ, यो हाम्रो बटमलाइन हो। यो शक्ति पृथकीकरणको सिद्धान्तसमेतको विपरीत छ।” संवैधानिक परिषद् विधेयक पारित नहुँदा प्रधानन्यायाधीश सिफारिस प्रक्रिया अवरुद्ध छ। २०७९ मङ्सिर २८ देखि नै प्रधानन्यायाधीश पद रिक्त भए पनि कानुनी शून्यताका कारण सिफारिस हुन सकेको छैन। यसअघि अध्यादेशले संशोधन गरेको साविकको व्यवस्था जगाउने गरी विधेयक ल्याइए पनि निर्णय प्रक्रियासम्बन्धी व्यवस्था केही फेरबदलको प्रस्तावसमेत विधेयकमा छ। प्रस्तावित व्यवस्थामा एमालेले असहमति जनाएको हो। संसदीय समितिको सभापतिको भागबन्डालगायतमा राजनीतिक सहमति जुटेसँगै बुधबार विधेयक फास्ट ट्र्याकबाट पारितको सम्भावित कार्यसूची तय भएको थियो तर दलीय असहमतिपछि दैनिक कार्यसूचीमा अट्न नसकेको हो। सत्तापक्षका कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले भने सभामुखसँगको परामर्शमा प्रस्तावित व्यवस्था पारितको पक्षमा धारणा राखेका थिए। एमालेको अडानले यसअघिको सहमति बिथोलिन सक्ने जनाउ कार्यव्यवस्था परामर्श समितिमा हितराज पाण्डेले दिनुभएको थियो।

ADVERTISEMENT

 

विधेयक पारितसँगै बुधबार सङ्घीय संसद्को संयुक्त संसदीय सुनुवाइ समिति गठनको गृहकार्य भए पनि दलहरूले नाम नदिँदा रोकिएको छ। सभामुख घिमिरेले बिहीबारसम्म नाम दिन दलहरूलाई आग्रह नै गर्नुभएको छ। दलहरूले नाम दिए विषयगत, संयुक्त र सत्य निरुपण विधेयक छलफलका लागि विशेष समिति गठन गरेर चालु अधिवेशन अन्त्यको तयारीसमेत छ तर दलहरूबीच सहमतिअनुसार काम अघि नबढ्दा समिति गठनले प्राथमिकता पाउन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ-मन्त्री यादव

देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ-मन्त्री यादव

प्रतिनिधि सभाको आजको बैठक

प्रतिनिधि सभाको आजको बैठक

बुढानीलकण्ठ नगरपालिकाले गर्याे प्राधिकरणको अनामनगरस्थित कार्यालयमा विरोध प्रदर्शन

बुढानीलकण्ठ नगरपालिकाले गर्याे प्राधिकरणको अनामनगरस्थित कार्यालयमा विरोध प्रदर्शन

आर्थिक वर्ष २०८२-८३ काे प्रतिनिधि सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल

आर्थिक वर्ष २०८२-८३ काे प्रतिनिधि सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल

शुद्ध सुरक्षित खानेपानी अब सपना होइन व्यवहारिक हक बन्ने

शुद्ध सुरक्षित खानेपानी अब सपना होइन व्यवहारिक हक बन्ने

आजकाे प्रतिनिधि सभाकाे बैठक विहान ११ बजेबाट सुरु हुने

प्रतिनिधि सभा बैठक

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host