ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

विवादास्पद जीवन शाहीको पुनः मुख्यमन्त्री बन्ने चाहना


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

१४ वैशाख।

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले वैशाख १५ गते दोस्रो पटक विश्वासको मत लिंदैछन्। शर्मा यस अघि एमाले सँगको गठबन्धनबाट मुख्यमन्त्री बनेका थिए । हाल माओवादी केन्द्र र नेपाली कांग्रेसले अढाई÷अढाई वर्षको समयावधि तय गर्दै आलो-पालो मुख्यमन्त्री सहमति गरेका छन् । तर, यसलाई भत्काउन जीवन शाही अझै सक्रिय छन् ।

पहिलो चरण माओवादी केन्द्रका नेता राजकुमार शर्मा यथावत् रहनेछन् भने दोस्रो चरणमा को बन्ने भन्ने विवाद नेपाली कांग्रेसभित्र सुरु भएकाले नै पहिलो चरणमा नै आफू बन्न शाही लागि परेका हुन । पार्टी सभापति शेर ब. देउवाको ठाडो हस्तक्षेपले अल्पमतमा भएर पनि संसदीय दल नेता बनेका हुन शाही । तर, कांग्रेस स्रोतहरूका अनुसार मुख्यमन्त्री कांग्रेसले बनाउँदा अर्का आंकाक्षी राजीव शाहको नै बलियो सम्भावना छ ।

जीवन भ्रष्ट र विवादास्पद

२०७४ को चुनावमा कर्णाली प्रदेशसभामा कांग्रेसबाट शाहीले मात्रै प्रत्यक्षमा जितेका थिए । ओली प्रतिगमन पछि विभिन्न शक्ति केन्द्रको बलमा शाहीलाई मुख्यमन्त्री बनाइयो । उनले छिमेकी देश चीनले हुम्लामा सीमा मिचेको प्रायोजित प्रचार गरेका थिए । भारतले लिम्पियाधुरासहितको जमिन मिचेको तथ्य वाहिर आएपछि यसलाई विषयान्तर गर्न उनले चीनका विरुद्ध अभियान नै चलाए ।

उनी अख्तियार दुरुपयोग गर्ने नेताको रुपमा समेत वदनाम छन् । उनले कर्णाली प्रदेशसभामा प्रतिपक्षी दलको नेताको हैसियतले आफ्नी श्रीमती बसन्ती शाहीलाई प्रदेश लोकसेवा आयोग सदस्यमा नियुक्त गरेका थिए । शाहीकै कारण पार्टीभित्र अस्वस्थ गुटबन्दी भएको कांग्रेसका अधिकांश नेता, कार्यकर्ता बताउँछन । प्रदेश सरकारमा पनि शाहीले एकलौटी गरेका छन् । राजीव शाह र जानकी सिंह जस्ता केन्द्रीय सदस्य समेत रहेका नेतालाई निषेध गरेका छन् ।

नेता बनाउन माथिबाट हस्तक्षेप

कर्णाली प्रदेशसभा संसदीय दलमा जीवन शाही र राजीव विक्रम शाह संसदीय दलको नेता आकांक्षी थिए । नेतृत्वका लागि जीवन र राजीवको आकांक्षा देखिए पनि कर्णालीमा समग्र पार्टीको भित्री लडाईं भने दुई नेता उपसभापति पूर्णबहादुर खड्का र नेता हृदयराम थानीबीच पर्ने गर्छ । तर, कर्णालीको संसदीय दलको नेताका लागि खड्का र थानी भिडिरहेका थिएनन् । संसदीय दलका नेताका आकांक्षी जीवन र राजीव दुवै सभापति शेरबहादुर देउवा निकट भएका कारण पनि यो लडाईमा खड्का र थानी नभिडेको स्पष्ट हुन्छ ।

जीवन बहादुरलाई संसदीय दलको नेता बनाउने कि राजीव क्रिमलाई संसदीय दलको नेता बनाउने भन्ने विषयमा पूर्ण बहादुरसँग प्रधानमन्त्री पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य आरजु राणा भिडेका थिए । तत्काल मुख्यमन्त्री बन्ने सम्भावना नभएका कारण तत्काल जीवन शाहीलाई पार्टी अध्यक्ष शेर बहादुरबाट नेताका लागि हस्तक्षेप भए पनि मुख्यमन्त्री हुने अवस्था बन्यो भने तिनीहरुबीच निर्वाचन हुनसक्ने कांग्रेसका एक प्रदेश सदस्यले जानकारी दिए । निर्वाचन हुँदा राजीवले नैजित्ने उनको भनाइ छ ।

आरजुसँगको सम्बन्ध जीवनको पर्यटनमन्त्री भएको बेलामा विग्रिएको स्रोतको भनाइ छ । पछि जीवनलाई खानेपानी मन्त्रालयमा पठाइएको थियो । आरजुसँग सम्बन्ध बिग्रिएपछि जीवनले पूर्ण बहादुरलाई नेता मान्न थालेका हुन् । जीवनलाई आरजु कुनै पनि हालतमा संसदीय दलको नेता हुन नदिने पक्षमा थिइन ।जाजरकोटको प्रतिनिधिसभाको सिट माओवादीको भागमा परेका कारण राजीवलाई प्रदेशसभामा मुख्यमन्त्रीको बचन दिएर चुनाव लडाइएको हो ।

मुख्यमन्त्री हुँदा आपत्तिजनक काम

शाही मुख्यमन्त्री बनेपछि आवश्यक कूटनीतिक व्यवहार नगरी छिमेकी मित्र चीनलाई सिधा नकारात्मक असर पर्ने खालको गतिविधि गरे । शाहीले विनाकारण चीनसँगको सीमा विवाद उठाएको त्यहाँका स्थानीयहरूको बुझाइ छ । चीनसँग नभएको सीमा विवाद मात्रै उनले उठाएनन् कि मुख्यमन्त्री भएका बेलामा शाहीले चिनियाँ विरोधी एजेन्डा बोकिरहेका युरोपियन युनियनका राजदूतहरूसँग सामूहिक बैठक गरे, जतिखेर चिनियाँ विदेशमन्त्री वाङ यी नेपालसँग सम्झौता गर्न आउँदै थिए । नेपालको आसन्न छिमेकी मात्रै नभएर विश्वको दोस्रो ठूलो आर्थिक शक्तिको रूपमा उदाएको देश हो चीन । त्यो देशको विदेश मन्त्रीको आगमनका बेला देशभित्र कूटनीतिक परिदृश्य उचित तथा मैत्रीपूर्ण बनाइ राख्नुपर्ने चलन रहेको हुन्छ । तर, जीवन बहादुर शाहीले यस्ता विषयको हेक्का राखेनन् र उनले चीन विरोधी एजेन्डा बोकी गएका युरोपियन युनियनका सदस्य फ्रान्स, जर्मनी र फिनल्यान्डका राजदुतहरूसँग भेट्न विशेष बैठकको आयोजना गरे । शाहीकै पार्टीको सभापति प्रधानमन्त्री शेर बहादुर देउवाको सरकारले चिनियाँ विदेशमन्त्री वाङलाई स्वागत गरिरहेका बेलामा चीनलाई घेरामा पार्न खोज्ने कूटनीतिज्ञहरूसँग उनले मुख्यमन्त्रीको हैसियतमा भेट्नु उनको एजेन्सीको मालिकका लागि गर्ने कारिन्दा शैलीको कार्य भएको भन्दै चर्काे आलोचना भएको थियो । त्यतिखेर उनले युरोपियन युनियनकी राजदूत नोना देप्रेज, फिन्डल्यान्डका राजदूत प्रेटी एन्टिनेन, जर्मनीका राजदूत थोमस प्रिन्ज र फ्रान्सका राजदूतसमेतसँग भेटका थिए ।

कूटनीतिक मर्यादाको व्यवहार त्यतिखेर केही दिन पहिले चिनियाँ विदेशमन्त्री वाङले भारतको भ्रमणमा जाँदा भारतले बेलायतको एक उच्चस्तरीय प्रतिनिधिमण्डलको निर्धारत भ्रमण समेत खारेज गरेको देखिएको थियो । भारत र चीनबीचको सीमा विवादका कारण शत्रुतापूर्ण व्यवहार रहेको मात्रै होइन विगतमा पूर्ण आकारका युद्धहरू लडेका देश हुन् तर पनि भारतले बेलायतको प्रतिनिधिमण्डलको भ्रमण खारेज गरी चिनियाँ विदेशमन्त्री वाङको स्वागत गरेको व्यवहारलाई शाहीको व्यवहार तुलना गर्दा उनी कुनै विदेशी एजेन्सीको एजेन्ट जस्तो व्यवहार गरेको स्थानीयहरूको बुझाइ रहेको छ ।

शाहीले चीनसँग हुँदै नभएको विवाद झिकेर गरेको मिडिया बाजीले त्यहाँका स्थानीयहरूलाई समस्या भएको छ । कोरोना सकिए पनि त्यस क्षेत्रको चीनको सीमा अहिलेसम्म नखुल्नुमा चीन रिसाएको रुपमा त्यस क्षेत्रका जनता बताउँछन ।
शाहीको विरोधमा पूर्व सांसद छक्क बहादुर लामाले एमालेको टिकटमा हुम्ला खबाट प्रदेश सभाको चुनाव लडेका थिए । छक्कबहादुर लामाले दक्षिणमा बस्ने नेपालीहरूले भारतसँग विवाद गरे सहजै बस्न नसक्ने भएजस्तै उत्तरमा पनि चीनसँग अनावश्यक विवाद गरी बस्न नसक्ने अवस्था रहेको प्रतिक्रिया दिए ।

उनी र उनीजस्तै नेताको गलत कार्यशैलीका कारण कोरोनाका बेलामा मित्र देश चीनले लगाएको नाकाबन्दी अहिलेसम्म नखोलेको हुनसक्ने र यसले यो क्षेत्रका जनतालाई सकस परिरहेको छक्क बहादुर लामा बताउँछन ।बलियो जनाआधार भएको यस क्षेत्रमा अन्यत्र सहमति गरेर सकेसम्म पाँचै वर्ष मुख्यमन्त्री माओवादी केन्द्रले चलाउनुपर्ने मत यस क्षेत्रमा उठेको छ । यसमा कांग्रेसको पनि एकथरिको मत रहेको छ । विवादास्पद जीवन शाहीलाई भने मुख्यमन्त्री बनाउनु नहुने मत जवर्जस्त छ ।   (नविन सन्देश)  video link यता।

https://youtu.be/cazFMTYP1SU

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

अध्यात्म प्रकृति र मानवता वैश्विक शासनमा नयाँ प्रतिमान

अध्यात्म प्रकृति र मानवता वैश्विक शासनमा नयाँ प्रतिमान

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता नेता मिश्र

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता नेता मिश्र

युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ बिजेन रञ्जित

युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ बिजेन रञ्जित

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

मन्त्री हुँदा र नहुँदा पनि कसैलाई विभेदको नजरले हेरिनँ त्यो पनि मेरो मत माग्ने आधार हो नेकपा उम्मेदवार विशाल खड्का

मन्त्री हुँदा र नहुँदा पनि कसैलाई विभेदको नजरले हेरिनँ त्यो पनि मेरो मत माग्ने आधार हो नेकपा उम्मेदवार विशाल खड्का

जनताको गुनासो सुन्दै र डायरीमा टिप्दै काठमाडौं ३ का एमाले उम्मेदवार रामेश्वर फुँयाल

जनताको गुनासो सुन्दै र डायरीमा टिप्दै काठमाडौं ३ का एमाले उम्मेदवार रामेश्वर फुँयाल

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host