काठमाडौं भारतमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेल आज नेपाल फर्किनुहुने भएको छ । वैशाख ६ गते उपचारका लागि भारत जानुभएका पौडेल आज दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)बाट डिस्चार्जपछि स्वदेश फर्किन लाग्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार उहाँ आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किन लाग्नु भएको हो । प्रवक्ता आचार्यले राष्ट्रपतिलाई चिकित्सकले केही हप्ता आराम गर्न सुझाव दिएको जानकारी दिनुभयो ।
![](https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/General/president.jpg)
स्वास्थ्यमा समस्या देखिएपछि