मायालुको मायामा रमाउन सकूँ…………….
मायालुको मायामा रमाउन सकूँ, सधैँ माया पाउन सकूँ
सधैँ साथमा रहन सकूँ ,दिलमा माया राख्न सकूँ
यो मनमा हावा चली मन उडाएको छ
त्यो मनको खुसीले खुसीको अनुभूति भएको छ
सोच्ने गर्छु सधैँ सँगै बाच्ने आशा छ
माया प्रेमको पवित्र बन्धन स्वीकार छ
तिम्रो साथमा जिन्दगीको अधुरो यात्रा पुरा गर्नु छ
आउँ बस मायालु मनको कुरा गर्नु छ
मुटु भरि माया छ हृदयको छेउमा पुग्नु छ
तिम्रो दिलको पानामा मेरो नाम लेखेको छ
पिरतीको संसारमा पिरतीको फूल फुलाउन सकूँ
मायालुको मायामा रमाउन सकूँ, सधैँ माया पाउन सकूँ
मुटुको ढुकढुकी तिमिले सुनिदेऊ
त्यो मनलाई खुसी राखी हँसिलो मुहार ब
कवि –गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?