ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

अधुरो क्रान्तिलाई पुरा गर्न हाम्रो एकता भएको हो : मोहन वैद्य ‘किरण’


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं, वैशाख १९ गते ।  नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी) माओवादीबीच पार्टी एकताभई बनेको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य, किरणले अपुरो क्रान्तिकारीलाई पुरा गर्न पार्टी एकता भएको उद्घोष गरेका छन् । उनले छरिएर रहेका क्रान्तिकारीहरुलाई धु्रवीकृत र एकीकृत हुन हार्दिक आव्हान गरेको छ । नव गठित पार्टीका अध्यक्ष मोहन वैद्य किरणले पार्टी एकता घोषणा वक्तव्य जारी गर्दै आफूले ठूलो पार्टी बनाएर संसद र सरकारमा जानकालागि नभई क्रान्ति गर्नका लागि पार्टी एकता गरेको स्पष्ट पार्नु भयो । उहाँले भन्नुभयो, ‘क्रान्तिकारी जनसमुदायका लागिआजको दिन महत्वपूर्ण दिन हो । हामीले मालेमावादको मौलिकतालाई दृढतापूर्वक रक्षा गर्दै देश, काल र परिस्थितिअनुरुप यसको विकास गर्ने पर्दछ । आज विज्ञान र प्रविधिको विकासले गर्दा सामाजिक जिवनका अवस्थाहरुमा आकस्मिक परिवर्तन आएका छन् । त्यसलाई प्रतिविम्बित गरेर मात्र मालेमावादको विकास हुन सक्छन् । उहाँले साम्राज्यवादले नेपालमा पुरानादलहरुको विकल्पमा नयाँ नयाँ दलहरु तयार पारिरहेको र नयाँ दलाल मार्फत पूर्ण रुपमा बदनाम र असफल संसदीयव्यवस्थालाई टिकाउन षडयन्त्र गरिरहेको समेत बताउनु भयो । नयाँ जनवादी क्रान्तिकालागि नेपाली जनताले विभिन्न कालखण्डामा धेरै संघर्ष गरेको ,धेरै रगत बगाएको, त्याग वीरता र बलिदानका अद्धितीय किर्तिमानहरु कायम गरका छन् उहाँले भन्नु भयो ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ऐतिहासिक घोषणासभा सम्पन्न पार्टी एकता घोषणासभालाई क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका प्रवक्ता धमेन्द्र बास्तोला ‘कञ्चन’ ले पार्टी एकता पहिलेको पुनरावृत्ति होइन । हाम्रो एकता वैचारिक, सैद्धान्तिक र राजनीतिक हिसाबले भएको हो । क्रान्तिकारी नेताहरुको चेतनाको पहलकदमीबाट एकता भएको बताए । उहाँले भन्नु भयो, “जनयुद्ध निष्कर्षमा नपुग्दै विसर्जन भयो । नेतृत्वमा विचलन पैदा भएको कारणले अहिलेको अवस्था आएको हो । नेपालमा सामान्त, दलाल तथा नोकरशाही पूँजीवादमा आधारित संसदीय व्यवस्था रहेसम्म शान्ति र स्थिरता पैदा हुन सक्दैन । अस्थिरताको मुख्य कारण भनेकै संसदीय व्यवस्था हो । संसदीय व्यवस्था नै भ्रष्टाचार र कमिसनको उपज हो । जनता तथा ब्यापारीको हातमा पैसा छैन, देशमा पैसा छैन, विदेशी बैंकमा पैसा लगिएको छ, माफीया तथा दलालको हातमा पैसा छ । मेडिकल कलेजलाई व्यापारिकरण गरिएको छ । बेंकहरुले १८ प्रतिशत ब्याजदरमा व्यवसायीहरुलाई कर्जा दिएका छन् । घुमाउरो हिसाबले झण्डै ३६ प्रतिशत ब्याज पुग्ने गरेको छ । देशलाई परनिर्भरतामा धकेलिएको छ । २० खर्वको आयात हुँदा मुश्किलले डेढ अर्ब निर्यात भएको छ । त्यो पनि नेपाली वस्तु बिक्री गरेर नभई विदेशी वस्तु प्रशोधन गरेर, अव सर्वहारा वर्गले पछिल्लो प्रविधि प्रयोग गरेर क्रान्तिलाई विजय सम्म लैजाने विश्वास समेत कञ्चनले गराएका थिए । कार्यक्रमको अध्यक्षतामा नेता सीपी गजुरेलले गरेका थिए । नेता गजुरेलले सवै कम्युनिष्ट पार्टीहरु एकता हुन आवश्यक छ । देशको आवश्यकता जनताको चाहाना र क्रान्तिकारी शक्तिको सुझवुझका कारण एकता सम्भव भएको र अब क्रान्तिलाई कसैले राेक्न नसक्ने उद्घोष गरे । कार्यक्रममा सल्लाहाकार समितिका असारे काका र कमल चौधरीको समेत सहभागी रहेको थियो । असारे काकाले आफू ८२ वर्षको भए पनि मनले अझै क्रान्ति खोजिरहेको र क्रान्तिमै समाउन चाहेको भन्दै उनले युवा क्रान्तिकारीलाई उत्साहित पारे । अर्का सल्लाहाकार कमल चौधरीले नेपालको कम्युनिष्ट आन्दोलनमा विचलन आएकै कारण क्रान्ति सम्पन्न हुन नसकेको भन्दै अब यो एकताले क्रान्ति सम्पन्न गर्ने दिशातिर अघि बढाउने विश्वास गरे । एकता घोषणा सभामा स्वागत मन्तव्य राख्दै पार्टीका कार्यालय सदस्य राम सिंह श्रीसले क्रान्तिका लागि क्रान्तिकारीहरु बीचको एकता अपरिहार्य रहेको बताउनु हुँदै एकता र धु्रवीकरणको प्रक्रियामा आउन छरिएर रहेका सबै क्रान्तिकारीहरु क्रान्तिकाे आव्हान गर्नु भयो । कार्यक्रममा अतिथिको रुपमा आफ्नो मन्तव्य राख्नु हुँदै नेकपा (मशाल) का नेता चिन्तामणी पौडेलले नयाँ जनवादी क्रान्तिको पूरा गर्ने बेला आफूहरु पनि सँगै हुने स्पष्ट पार्दै पार्टी भित्र रहेका केही असमझदारीहरुलाई हटाउँदै चाँडै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सँग एकतावद्ध हुन सक्ने विश्वास दिलाउनु भयो । १३४ औं अन्तराष्ट्रिय मजदुर दिवसको सन्दर्भ पारेर आयोजित घोषणा सभालाई अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका नेताहरु दिनेस शर्मा र विनोद थापाले आम मजदुरहरुले भोग्नु परेका तमाम समस्या र मे दिवसको ऐतिहासिक सन्दर्भ र घटनाक्रमको सविस्तार चर्चा गर्नु भएको थियो । पार्टी एकता घोषणा वक्तव्य वाचन उदय व. चलाउने दिपकले गरेका थिए । उनले अब क्रान्तिलाई नयाँ ढंगले संगठित गर्ने र व्यवस्थित रुपमा अगाडी बढाउने बताउनु भयो ।कार्यक्रममा पार्टीका कार्यालय सदस्य प्रितमले ३१ बुँदे समसामयिक प्रस्ताव गर्नु पाएको थियो । सो प्रस्तावलाई ताली बजाएर अनुमोद नगरिएको थियो । कार्यक्रममा सामना परिवारका साथै हिमांशु ओली, लक्ष्मी पाण्डे, सीमा, मुना मगर लगायत कलाकारले जोसिला नृत्य र गायन प्रस्तुत गरेका थिए । मौसम प्रतिकूलका कारण खुला मञ्चमा गर्न तयार पारिएको पार्टी एकता घोषणा सभा सिंहदरबार वग्गीखाना स्थित स्काई दरवार पार्टी प्यालेसमा गरिएको थियो । कार्यक्रम सञ्चालन पार्टीका कार्यालय सदस्य सुदर्शनले गरेका थिए । उनले मार्क्सवादकाे सिर्जनशील प्रयोग र क्रान्तिकारी बीच धु्रवीकरणको माध्यमबाट अब मुलुकमा क्रान्ति अघि बढ्ने र वैज्ञानिक समाजवाद स्थापना हुने विश्वास व्यक्त गरे ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

आजकाे माैसममा यी क्षेत्रमा फेरबदल हुने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host