२०८० वैशाख २६,काठमाडौँ।
सन्तोष प्रसाद तिवारी,
काठमाडौँको शंखरापुर नगरपालिका वडा नं ४ अवस्थित अप ग्रेडिङ अफ फेदि पुल ब्रुकमाला सडक निर्माण कार्य सुरु भएको छ।लामो समयदेखि अस्तव्यस्त अवस्थामा रहेको उक्त सडक निर्माण भइरहेको हुँदा सडकबाट लाभान्वित स्थानीय बासिन्दा र वरपरका बासिन्दाहरू सडक निर्माणले यस भेगको केही हदसम्म भएपनि परिवर्तन हुने विश्वस्त रहेको बताए। सडक ढलान कार्य धमाधम भइरहेको छ।
वडा जनप्रतिनिधिले बताए अनुसार शंकरापुर नगरपालिका,वडा र बागमति प्रदेशकाे आयोजनामा विनियोजन गरिएको कुल रकम रु १,२३,७०,०४४.२३/- (भ्याट वाहेक) मा ग्याविन वाल निर्माण ,बाटो ढलान तथा सोलिङ, हिम पाइप निर्माण, नाली तथा ड्रेन निमार्ण,प्लम वाल निर्माण कामसम्बन्धि धन एण्ड सन्स कन्स्ट्रक्सन प्रा.ली.लाई जिम्मा दिएको र आयोजना सम्पन्न गर्न मिति २०७८/०८/११ मा सम्झौता गरी मिति २०८१/०२/३० मा सम्झौता बमोजिम सम्पन्न गरी स्थानीय सरकारलाई हस्तान्तरण गरिने जानकारी गराए।