ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

प्रेस स्वतन्त्रता सुनिश्चित गर्न गणतन्त्र सुदृढ गर्नु आवश्यक : मन्त्री शर्मा


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं  सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले राजनीतिक स्वतन्त्रता र प्रेस स्वतन्त्रता एक अर्कासँग जोडिएको बताउनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको ३० औं वार्षिकोत्सवको अवसरमा युनेस्कोसँग सहकार्यमा राष्ट्रिय मानवअधिकार आयोग, नेपाल पत्रकार महासंघ र त्रिभुवन विश्वविद्यालयको आमसञ्चार तथा पत्रकारिता विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक स्वतन्त्रता बिना प्रेस स्वतन्त्रता सम्भव नहुने भएकाले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिकको सुदृढीकरणबाट मात्रै प्रेस स्वतन्त्रता सुनिश्चित गर्न सम्भव हुने बताउनुुभयो । ‘‘अहिलेको पुस्तालाई सुन्दा पनि कथाजस्ता लाग्छ होला, तर कुनै यस्तो जमाना थियो, जतिबेला लेख्ने बोल्ने स्वतन्त्रताकै लागि जनताले बलिदानपूर्ण संघर्ष गर्नुपरेको थियो,’’ मन्त्री शर्माले भन्नुभयो, ‘‘अहिले प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना त देखिन्छन् तर लोकतान्त्रिक गणतन्त्रमा अधिकारको हनन् गर्नु दण्डनीय हो, हिजोको तुलनामा अहिले धेरै हिसाबले प्रेस स्वतन्त्रता सुनिश्चित छ ।’’ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग पत्रकारका लागि मात्र नभई हरेक मानिसका लागि आवश्यक हुने उल्लेख गर्नुहुँदै मन्त्री शर्माले भन्नुभयो, ‘‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको जीवनरेखा हो । हामीले लोकतन्त्रलाई बलियो बनाउन पूर्ण प्रेस स्वतन्त्रतालाई संविधानको प्रस्तावनामै उल्लेख गरेका छौं । प्रेस स्वतन्त्रतासम्बन्धी संविधानको व्यवस्थालाई कानुनमा र कानुनलाई कार्यान्वयनमा बदल्न वर्तमान सरकार दृढ र प्रतिबद्ध छ ।’’ प्रेस स्वतन्त्रतालाई बलियो बनाउन सूचनाको हकसम्बन्धी ऐन, श्रमजीवी पत्रकार ऐनलगायत विद्यमान कानुनको कार्यान्वयनमा पनि उहाँले जोड दिनुुभयो  । ‘‘प्रेस स्वतन्त्रताको प्रत्याभूतिमा देखिएका डिजिटल चुनौती कम गर्न साइबर सुरक्षा नीति, साइबर सचेतनाका कार्यक्रममा पनि सरकार सरकार गम्भीर छ,’’ मन्त्री शर्माले भन्नुभयो, ‘‘गलत सूचना, घृणाजन्य अभिव्यक्ति आदि पनि प्रेस स्वतन्त्रताका लागि चुनौती हुन् ।’’ राष्ट्रिय मानवअधिकार आयोगले अभिव्यक्ति स्वतन्त्रताको कार्यान्वयन र पत्रकारहरुको सुरक्षाका विषयमा विशेष ध्यान दिनका लागि सुरक्षा संयन्त्र गठन गरेकोमा प्रशंसा गर्नुहुँदै त्यसलाई सक्रिय बनाउन सरकारका तर्फबाट सहयोग हुने बताउनुुभयो । पत्रकारविरुद्धको दण्डहीनतासम्बन्धी कुनै पनि प्रश्न उठेमा नेपाल सरकार अन्तर्राष्ट्रिय समुदायलाई त्यसको सम्बोधन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले घरदेखि कार्यस्थल सबैतिर सुरक्षित महसुस गर्ने वातावरण बनाउनुुपर्ने बताउनुभयो । कार्यक्रमलाई राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हाना फिक्री अहमद सिंगर, नेपालका लागि युनेस्कोका प्रतिनिधि माइकल क्रफ्ट र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रताका लागि आफ्नो धारणा राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

लोकतन्त्र बलियो बनाउन पत्रकारिताको भुमिका महत्वपूर्ण हुन्छ पूर्ब राष्ट्रपती डा.यादब

लोकतन्त्र बलियो बनाउन पत्रकारिताको भुमिका महत्वपूर्ण हुन्छ पूर्ब राष्ट्रपती डा.यादब

प्रचण्ड–माधव नेपालद्वारा नेकपा शपथ, २४९९ केन्द्रीय सदस्यलाई गराइयो सपथ

प्रचण्ड–माधव नेपालद्वारा नेकपा शपथ, २४९९ केन्द्रीय सदस्यलाई गराइयो सपथ

इक्यानको कोषलाई व्यवस्थापन गरेका कार्की अब सचिवको उम्मेदवार

इक्यानको कोषलाई व्यवस्थापन गरेका कार्की अब सचिवको उम्मेदवार

इक्यानको सचिव जितेपछि सिलवालले केके गर्छन्

इक्यानको सचिव जितेपछि सिलवालले केके गर्छन्

काठमाडौं क्षेत्र न:२ मा शंकर दुलालको उम्मेदवारी सिफारिस, चुनावी प्रतिस्पर्धा थप रोचक

काठमाडौं क्षेत्र न:२ मा शंकर दुलालको उम्मेदवारी सिफारिस, चुनावी प्रतिस्पर्धा थप रोचक

कोशिपारीबाट उठेको युवा आवाज काभ्रे १ मा दिपक चौलागाईंको उम्मेदवारीले संकेत गरेको राजनीतिक परिवर्तन

कोशिपारीबाट उठेको युवा आवाज काभ्रे १ मा दिपक चौलागाईंको उम्मेदवारीले संकेत गरेको राजनीतिक परिवर्तन

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host