ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

याे वर्ष सरदरभन्दा कम पानी पर्ने आँकलन, गर्मी बढ्ने


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं, यस वर्षको वर्षा याममा देशका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने बताइएको छ । यस्तै गर्मी पनि बढ्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको वर्षा याममा देशका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने सम्भावना ३५ देखि ४५ प्रतिशतले छ । जेठ १८ गतेदेखि असोज १३ गतेसम्म कोशी प्रदेशका मध्य तथा उत्तर पूर्वी भूभाग, बागमती प्रदेशका दक्षिणपूर्वी भूभाग र मधेश प्रदेशका अधिकांश भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको छ । अधिकतम तापक्रम देशभर सरदर भन्दा बढी  हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको छ । त्यसैगरी न्यूनतम तापक्रम केही स्थानमा सरदर र केही स्थानमा सरदर भन्दा बढी हुने सम्भावना छ । देशका धेरैजसो भूभागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । यस्तै सुदूरपश्चिम प्रदेशका मध्य भूभाग (कैलाली,कञ्चनपुर, बैतडी र बझाङ) , कर्णाली प्रदेशका मध्य पश्चिमी भूभाग, गण्डकी र बागमती प्रदेशका उत्तरी भूभाग, लुम्बिनी प्रदेशको पूर्वी तथा पश्चिमी भूभाग र मधेस प्रदेशका पूर्वी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । यस्तै अधिकतम तापक्रमतर्फ सुदूरपश्चिम प्रदेशका पूर्वी तथा दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका पश्चिमी, उत्तरी तथा पूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी तथा मध्य भूभाग, बागमती प्रदेशका मध्य तथा दक्षिणी भूभाग र मधेश प्रदेशका पश्चिमी भूभागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ भने बाँकी भूभागमा सरदर भन्दा बढी सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । न्यूनतम तापक्रमतर्फ सुदूरपश्चिम प्रदेशका मध्ये भूभाग, कर्णाली प्रदेशका मध्ये पश्चिम भूभाग, गण्डकी प्रदेशका उत्तरी भूभाग, लुम्बिनी प्रदेशको पूर्वी तथा पश्चिमी भूभाग र मधेश प्रदेशका पूर्वी भूभागमा सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ भने बाँकी भूभागमा सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । मौसमविद् इन्दिरा कँडेलका अनुसार आगामी मनसुनको प्रक्षेपण विभिन्न सामुन्द्रिक,वायुमण्डलीय, भूमण्डलीय, हिममण्डलीय प्रणालीमा निर्भर रहेर गरिएको हो । उहाँका अनुसार नेपालको मनसुन सिजनको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने एन्सो तथा हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको हालको अवस्थामा आधारित भएर तयार परिएको हो । उहाँले भन्नुभयो, “नेपालको मनसुन सिजनको जलवायुमा पूर्वी प्रशान्त महासागरमा विकसित हुने वायुको प्रभाव र हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको आधारमा अनुमान गरिएको हो ।” प्रशान्त महासागरमा विकसित हुने वायुको प्रभाव बढी हुँदा नेपालमा कम मात्रामा पानी पर्ने सम्भावना रहन्छ भने हिन्द महासागरमा विकसित हुने ध्रुवीय प्रणाली बढी सक्रिय हुँदा नेपालमा बढी पानी पर्ने सम्भावना रहने उहाँ बताउनुहुन्छ । अहिले प्रशान्त महासागरमा विकसित भएको वायुको प्रभाव बढी भएका कारण नेपालमा कम मात्रामा पानी पर्ने आँकलन गरिएको उहाँको भनाइ छ । यस्तै युरोप र एसिया महादेशमा हिउँदमा परेको हिउँका आधारमा पनि नेपालको मनसुनमा पर्ने वर्षाको आँकलन गरिएको  उहाँको भनाइ छ । नेपालको सन्दर्भमा काठमाडौंमा एक हजार ९२ मिलिमिटर सम्म परेको वर्षालाई न्यूनतम वर्षा मान्ने गरिएको छ भने एक हजार २५७ मिलिमिटरभन्दा माथि भए यसलाई औसतभन्दा बढी वर्षा भएको मानिने उहाँको भनाइ छ । यस्तै काठमाडौं बाहिर पोखराको हकमा भने दुई हजार ७३७ मिलिमिटर पानी परे न्यूनतम वर्षा भएको मान्ने गरिएको छ भने तीन हजार ५०८ मिलिमिटर माथि भएको वर्षालाई औसतभन्दा बढी वर्षा भएको मानिने कँडेलको भनाइ छ । गत वर्ष देशका अधिकांश स्थानमा  देशका अधिकांशमा सरदरभन्दा बढी वर्षा भएको मापन गरिएको थियो भने केही स्थानमा सरदर वा सरदर भन्दा कम वर्षा भएको मापन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host