ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

आन्तरिक उडानका लागि दुईवटा जहाज किन्दै वायुसेवा निगम


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
नेपाल वायु सेवा निगमले आन्तरिक उडानका लागि मध्यम खालका जहाज खरिद गर्ने भएको छ। निगमले शहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने ५६ देखि ७२ सिटे जहाज ल्याउन लागेको हो। दुई जहाज खरिद गर्ने कार्ययोजना अघि बढाउन निगम व्यवस्थापनको उप समितिले प्रतिवेदन पेश गरिसकको छ। निगमका प्रवक्ता रमेश पौडेलले नेपालको प्रादेशिक (अन्तर प्रदेश) हवाई कनेक्टिभिटी बढाउने उद्देश्यले शहरी क्षेत्रका एयरपोर्टमा उडान गर्न सक्ने जहाज खरिद कार्ययोजना अघि बढाएको जानकारी दिए। उनकाअनुसार जहाज खरिद अघि बढाउन निगम व्यवस्थापनको उप समितिले प्रतिवेदन पेश गरिसकेको छ। यथाशक्य छिटो त्यस्ता जहाज खरीद गर्न निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा वैशाख २६ गतेको सञ्चालक समितिको बैठकले उपसमिति गठन गरेको छ। बैठकले निगम सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधिर शमशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको छ। उक्त उपसमितिले २१ कार्यदिन भित्र प्रतिवेदन बुझाउने गरी कामसमेत सुरू गरिसकेको छ। ‘शहरी क्षेत्रका एयरपोर्टमा चल्ने जहाज नभएको कारण निगमले हाल शहरी एवम व्यापारिक हिसावले फाइदाजनक क्षेत्रमा उडान भर्न सकेको छैन,’ पौडेलले भने। जहाजहरू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आवश्यक समन्वय गरी नियमानुसार पारदर्शी रुपले खरिद गरिने बताएको छ। प्रवक्ता पौडेलकाअनुसार जहाज खरिदपछि अन्तरदेशीय पर्यटन प्रवर्द्धन हुनेछ। निगमको उपस्थितिले बजार सन्तुलित भई हवाई भाडा दर घट्ने र निगमको सेवा प्रभावकारी भई उपभोक्ता हित संरक्षण हुने पौडेलले बताए। निगमले दुई जहाज खरिद गरेपछि काठमाडौं, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी लगायत शहरी क्षेत्रबाट प्रादेशिक उडानबाट अझै धेरै यात्रुलाई सेवा प्रदान गर्नेछ। निगमसँग हाल ३ वटा ट्विनअट्टर जहाज मात्रै रहेका छन्। यीमध्ये एउटा लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड छ। अन्य दुईवटाले सातामा २८ वटा उडान भरिरहेका छन्। निगमले दुर्गम क्षेत्रका विमानस्थलमा उडानको लागि स्टोल (सर्ट टेक अफ एन्ड लेन्ड) जहाज खरिद गर्ने योजना सार्वजनिक गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

आजकाे माैसममा यी क्षेत्रमा फेरबदल हुने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host