काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार झिनो अङ्कले ओरालो लागेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३ दशमलव ३४ अङ्कले ओरालो लागेर १ हजार ८३८ दशमलव ५९ मा सीमित भएको छ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ७१ अङ्कले ओरालो लागेर ३५३ दशमलव शून्य ९ मा सीमित भएको छ।
कारोबार भएका कूल १३ कम्पनीमध्ये ३ कम्पनीको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेको छ। कूल २१ लाख ५ हजार ६५७ कित्ता शेयर ५७ करोड ८८ लाख ४१ हजार ५९३ मूल्यमा खरिद बिक्री भएको छ।
कूल ६४ कम्पनीको शेयर मूल्य उकालो लाग्दा १३४ कम्पनीको शेयर मूल्यमा भने गिरावट आएको छ।
कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको ३ करोड १५ लाख ६ हजार ३६३ बराबरको शेयर कारोबार भएको छ।
ग्लोबल आइएमई बैंकको संस्थापक शेयर २ करोड ७० लाख ८४ हजार ८०४, शिवम् सिमेन्ट १ करोड ८० लाख ३७ हजार ७५२, हिमाल दोलखा हाइड्रोपावर १ करोड ७७ लाख ६३ हजार ४१० र हिमालयन डिस्टिलरीको १ करोड ६८ लाख ७८ हजार ७०५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्त ६ दशमलव १०, सिटिजन म्युचुअल फण्ड पहिलो ५ दशमलव ८९, मनकामना स्मार्ट लघुवित्त ५ दशमलव ७१, इस्र्टन हाइड्रोपावर ५ दशमलव ६६ र कुमारी इक्विटी फण्डको शेयर मूल्य ५ प्रतिशतले बढेको छ।
फरवार्ड माइक्रो फाइनान्स ५ दशमलव ९९, बाराही हाइड्रोपावर ५ दशमलव ५२, एशियन हाइड्रोपावर ५ दशमलव ५२, बलेफी हाइड्रोपावर ४ दशमलव ३५ र पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्य ४ दशमलव ३४ प्रतिशतले घटेको छ। यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?