खोटाङ : यौनहिंसा आरोप लागेका कृषिविज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शुभद्रा मदन फाउन्डेसनका संस्थापक रहेका राईलाई शुक्रबार बिहान जनजागृति उच्च माध्यमिक विद्यालयबाट नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी खोटाङका सुचना अधिकारी प्रहरी निरिक्षक बेनु कार्कीले जानकारी दिए।
उनका अनुसार उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो। थप अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ।
बिहीबार एक अनलाइनले आफ्नै फाउन्डेसनमा राईले बालिकाहरूमाथि गरेको यौन दुर्व्यवहार समाचार प्रकाशित गरेपछि यतिखेर उनको चौतर्फी विरोध भएको छ।
राईको पछिल्लो गतिविधिबारे सामाजिक सञ्जालमा दुई धारका टिप्पणी आउन थालेका छन्। यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?