ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

टोपबहादुर सोह्रखुट्टे वृत्तको हिरासतमा


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझीलाई प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको छ। आइतबार उनलाई बुढानिलकण्ठको पासिकोटस्थित एक घरबाट पक्राउ गरिएको थियो।  पक्राउ गरेर उनलाई सोह्रखुट्टे वृत्तको हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेका दिन रायमाझी गृहजिल्ला अर्घाखाँचीमा एउटा कार्यक्रममा सहभागी थिए। कार्यक्रम सकिएपछि उनले काठमाडौंमा गएर अनुसन्धानलाई सघाउने बताएका थिए। उनले प्रहरीलाई फोन गरेर आफू काठमाडौं आउँदै गरेको जानकारी गराएका थिए। तर उनी फरार भए। फरार भएपछि उनको खोजी गर्न प्रहरी प्रधान कार्यालयबाटै विशेष टोली खटिएको थियो। प्रहरी स्रोतका अनुसार उनी पोखरामा लुकेर बसेका  थिए। शनिबार मध्यराति भने उनी काठमाडौं आएर बुढानिलकण्ठमा रहेका नारायण पौडेलको घरमा बसेका थिए। त्यहाँ रहँदा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ। रायमाझी र पौडेल साथी हुन्। उनी अर्घाखाँचीदेखिकै छिमेकी भएको र उनीहरू सँगै माओवादीमा लागेको पनि स्रोतले बताएको छ। गएराति पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको थियो। त्यहाँ प्रहरीले उनलाई आउँछु भनेर किन फरार भएको भनेर सोधेका थिए। छोरा सन्दीप पक्राउ परेपछि आफू भागेको रायमाझीले जवाफ दिएका थिए। ‘किन भाग्नुभयो त भनेर सोध्दा छोरा पक्राउ परेपछि मन बिच्कियो अनि भागेको भने,’ स्रोतले भन्यो। उनलाई सोमबार जिल्ला अदालत काठमाडौंमा लगिँदैछ। म्याद थपका लागि उनलाई अदालत लग्न लागिएको हो। यस्तै पूर्वगृहमन्त्री बालकृष्ण खाणको पनि सरकारी वकिलको कार्यालयमा आज बयान लिने तयारी छ। उनको र रायमाझीको बयान लिन बाँकी छ। यता कार्यालयले परिसरलाई छिटो अनुसन्धान सकाएर प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। अनुसन्धानको प्रतिवेदन पनि अध्ययन गर्न समय लाग्ने, प्रमाण नपुग्ने अवस्था भए फिर्ता पठाउनुपर्ने समेत भएकाले पनि प्रतिवेदन ल्याउन भनिएको सरकार वकिल कार्यालयले जनाएको छ। यस प्रकरणको अनुसन्धान चैत १२ गतेदेखि सुरू भएको थियो। अहिलेसम्म रायमाझीसहित १३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा टोपबहादुर रायमाझी, बालकृष्ण खाण, उनका पिए नरेन्द्र केसी, इन्द्रजित राई, टेकनारायण पाण्डे, केशव दुलाल, सन्दीप रायमाझी, सानु भण्डारी, टंककुमार गुरूङ, सागर राई, सन्देश शर्मा, रामशरण केसी र गोविन्द चौधरी छन्।

उनीहरूमाथि संगठित अपराध कसूरमा अनुसन्धान भइरहेको हो। यस कसूरमा ६० दिनमा अनुसन्धान सकेर प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

आजकाे माैसममा यी क्षेत्रमा फेरबदल हुने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host