ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

मेलम्चीकाे खानेपानी दुई हप्ता बन्द


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं, पुतलीसडकका पुष्करराज सेढाँईलाई जेठ १ गतेदेखि मेलम्ची खानेपानी आयोजनाले दुई हप्ता पानीको आपूर्ति बन्द गर्न लागेकोप्रति दुः ख लागेको छ । “अहिले वर्षा नभएको समयमा पानी बन्द गर्नु आश्चर्यजनक लागेको छ,”उहाँले भन्नुभयो, “पानी बन्द गरेर सर्वसाधारणलाई दुःख दिने काम मात्र हो ।” करोडौँ लगानी गरेको मेलम्चीको पानी सर्वसाधारणले खडेरीमा खान पाउँदैनन् भने यसको कुनै अर्थ नभएको उहाँको भनाइ छ । यस्तै बालाजु निवासी टिका श्रेष्ठले पनि मेलम्चीको पानी बन्द भएको खबर सुन्दा अनौठो लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष त वर्षा याममा पानी आपूर्ति बन्द भएको थियो । यसपालि त मेलम्ची खानेपानी आयोजनाले जेठमा नै बन्द गर्ने भएछ । अचम्म लाग्यो ।” मेलम्ची आयोजनाले पानी बन्द गरेर ट्याङ्कर व्यवसायीलाई फाइदा पुग्ने काम भएको उहाँको आरोप छ । उहाँले भन्नुभयो, “मेलम्ची आयोजनाको पानी यो खडेरीमा बन्द गर्दा ट्याङ्कर व्यवसायीलाई फाइदा पुग्ने देखिन्छ । त्यस कारण कतै ट्याङ्कर व्यवसायीसँग मिलेमतो त भएको छैन ?” यता काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश कुमार राईका अनुसार मेलम्चीको पानी आपूर्ति बन्द भएको समयमा पानी वितरण भने रोकिँदैन । उहाँले भन्नुभयो, “मेलम्चीको पानी दुई हप्ता रोकिने जानकारी प्राप्त भएको  छ । त्यस अवस्थामा हामीले काठमाडौँ वरपरका मुहानबाट सङ्कलन गरेको पानीलाई वितरण गर्नेछौँ । तर, पानी वितरणको तालिका भने पहिले भन्दा केही लामो हुने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हाल मेलम्चीको पानी आउँदा वितरण दैनिक जसो नै हुने गरेको थियो । तर,अबको दुई हप्ता वितरण तालिका भने दुई-तीन दिनको अन्तरमा हुनेछ ।” छिट्टै तालिका नै सार्वजनिक गर्ने योजना रहेको उहाँको  भनाइ छ । उहाँका अनुसार अहिले मेलम्चीको पानी आउँदा लिमिटेडले १७ करोड लिटर पानी वितरण गर्दै आएको थियो ।  मेलम्चीको पानी आपूर्ति बन्द हुँदा लिमिटेडले १२ करोड लिटर पानी वितरण गर्ने उहाँ बताउनुहुन्छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पहिले देखिनै सङ्कलन गर्दै आएको काठमाडौँ वरपरका मुहानबाट सङ्कलित हुने पानीलाई नै वितरण गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । प्रवक्ता राईले भन्नुभयो, “मेलम्चीको पानी आपूर्ति सुरु हुनुभन्दा अघिदेखि नै  सङ्कलन गरिरहेको काठमाडौँ वरपरका मुहानको पानी नै वितरण गछौँ ।” पानीको स्रोत दिगो बनाउने तयारी  काठमाडौँ उपत्यकामा खानेपानीको आपूर्ति सहज बनाउनका लागि पानीका स्रोतलाई दिगो बनाउने तयारी रहेको प्रवक्ता राईको भनाइ छ । उहाँका अनुसार बर्षायाममा उपत्यकामा मेलम्चीको पानी पूर्णरुपमा बन्द हुने भएकाले सुन्दरी जलको पानीलाई भण्डारण गरी प्रशोधन गरेर प्रयोगमा ल्याउने तयारी छ । उहाँले भन्नुभयो,“काठमाडौँमा बर्षायाममा मेलम्चीको पानी बन्द हुँदा खानेपानीको समस्या देखा पर्ने हो । त्यसैले बर्षायाममा सुन्दरी जलको पानीलाई जम्मा गरी भण्डारण गरेर पिउन योग्य बनाउने काममा लागेका छौँ ।” यस्तै उपत्यका वरपरका अन्य मुहानहरूको पनि खोजी भइरहेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

आजकाे माैसममा यी क्षेत्रमा फेरबदल हुने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host