काठमाडौँ । साझा यातायातको बिजुली बस आजवाट थप नयाँ रुटमा चल्ने भएको छ
पत्रकार तथा नागरिक अभियन्ता कनकमणी दिक्षितका अनुसार साझा यातायातको पाटनढोका–रत्नपार्क–जोरपाटी बिजुली बस सेवा आजवाट सुरु हुनेछ ।
उनका अनुसार सोमबार दिउँसो २ः३० बजे ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जनले सो नयाँ रुटको शुभाराम्भ गर्दैछन् । यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?