ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

प्याराग्लाइडिङ’ प्रवर्द्धन गर्न ‘प्याकेज’ ल्याइने


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
भरतपुर, चितवनमा पहिलोपटक सुरु भएको प्याराग्लाइडिङलाई प्रवर्द्धन गर्न चितवनका होटल व्यवसायीले विभिन्न योजना ल्याउने भएका छन् । नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि एक भएर अघि बढ्ने प्रतिबद्धता जनाउन होटल व्यवसायीले योजना ल्याउने तयारी गरेका हुन् । हिमालय फ्रन्टियर्स प्याराग्लाइडिङ प्रालिले सोमबार भरतपुरमा गरेको छलफल कार्यक्रममा होटल व्यवसायीले चितवनका नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्न विभिन्न प्याकेज अघि बढाउने प्रतिबद्धता जनाएका छन् । होटल व्यवसायी महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले नयाँ पर्यटकीय गन्तव्यले पर्यटकलाई चितवनको बसाइ लम्ब्याउने भएकाले त्यस्ता गन्तव्यको प्रवर्द्धनमा होटल व्यवसायीले सघाउने बताउनुभयो । “चितवनका लागि यो नितान्त नौलो र नयाँ गन्तव्य हो, यसले चितवनमा पर्यटक भित्र्याउन थप मद्दत पुग्छ”, उहाँले भन्नुभयो । उहाँले वैशाख १ गतेबाट भरतपुर–२९ चौकीडाँडाबाट सुरु भएको प्याराग्लाइडिङले चितवनको पर्यटनमा नयाँ आयाम थपिएको जनाउँदै यसलाई जोगाउन सबैको दायित्व भएको बताउनुभयो ।  गत वैशाख १ गतेदेखि अनौपचारिकरूपमा उडान सुरु भए पनि प्याराग्लाइडिङको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिकरूपमा शुभारम्भ गर्नुभएको थियो । होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष केशव हाडखोलेले भरतपुरका सबै होटलले प्याराग्लाइडिङको प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “हामी भरतपुरवासीका लागि यो झनै खुसीको कुरा हो, आफ्नै ठाउँमा नयाँ गन्तव्यको सुरुआत हुनु गौरवको विषय हो”, उहाँले भन्नुभयो । हिमालय फ्रन्टियर्स प्याराग्लाइडिङका अध्यक्ष विजयबहादुर घलेले पहिलोपटक जिल्लामा सुरु गरिएको प्याराग्लाइडिङले चितवनको पर्यटनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्याराग्लाइडिङ प्रवर्द्धनका लागि सबै होटल व्यवसायीको साथ सहयोग आवश्यक रहेको भन्दै छिट्टै विभिन्न प्याकेज घोषणा गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “चितवनमा नयाँ पर्यटकीय गन्तव्यको विकास गरौँ भन्ने उद्देश्यले हामीले प्याराग्लाइडिङ सुरु गरेका हौँ, यो हाम्रोमात्र होइन, चितवनवासीको सम्पत्ति हो, यसलाई जोगाइराख्न सबैको सहयोगको खाँचो छ ।” शुभारम्भको अवसरमा करिब ३० मिनेटको प्याराग्लाइडिङका लागि अहिले रु छ हजार शुल्क तोकिएको छ । चौकीडाँडालाई विशेष पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न कम्पनी लागिपरेको भन्दै छिट्टै बम्जीजम्प, होटल, हिल स्टेशनको रूपमा विकास गर्नु छ । छलफल कार्यक्रममा उद्योग वाणिज्य सङ्घ चितवनका द्वितीय उपाध्यक्ष राजेन्द्र ओली, पर्यटनविज्ञ डा विश्व सुवेदीले चितवनको पर्यटन प्रवद्र्धनमा प्याराग्लाइडिङले थप टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । पर्यटनविज्ञ सुवेदीले भरतपुर महानगरपालिकाले पर्यटन वर्ष २०२४ घोषणा गरिसकेकाले प्याराग्लाइडिङको प्रवद्र्धनलाई समेत जोड दिइने बताउनुभयो । देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनमा स्वदेशी तथा विदेशी पर्यटक चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी, हात्ती सफारी, डुङ्गा शयरका लागि सौराहा, पटिहानी र मेघौली आउने गरेका छन् ।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सविताद्धारा जन्मदिनको अवसरमा बृद्धबृद्धालाई खाद्यान्न र न्यानो कपडा वितरण

सविताद्धारा जन्मदिनको अवसरमा बृद्धबृद्धालाई खाद्यान्न र न्यानो कपडा वितरण

न्यायापालिकाको गरिमा संरक्षणको लागि नेपाल मानव अधिकार संगठनको अपिल

न्यायापालिकाको गरिमा संरक्षणको लागि नेपाल मानव अधिकार संगठनको अपिल

मासिक १०० अभियान नेपालद्वारा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण

मासिक १०० अभियान नेपालद्वारा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण

काजकिरिया गर्ने १३ दिनलाई घटाएर ५ दिनमा ल्याउनुपर्छ भन्नेहरुको नयाँ कार्यसमिति गठन

काजकिरिया गर्ने १३ दिनलाई घटाएर ५ दिनमा ल्याउनुपर्छ भन्नेहरुको नयाँ कार्यसमिति गठन

स्थानीय तह कर्मचारी संघ नेपालको बैठक फाल्गुण ६ र ७ गते भेडेटारमा बस्ने

स्थानीय तह कर्मचारी संघ नेपालको बैठक फाल्गुण ६ र ७ गते भेडेटारमा बस्ने

मासिक १०० अभियान नेपाल द्वारा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न

मासिक १०० अभियान नेपाल द्वारा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host