‘नमस्ते पे’ को क्युआर कोडमार्फत विभिन्न सेवाको विलभुक्तानी गर्न सकिने सुविधाको शुभारम्भ
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौँ, जेठ २ गते ।नेपाल टेलिकमले‘नमस्ते पे’ को क्युआर कोडमार्फत विभिन्न सेवाको सहजै बिलभुक्तानीगर्न सक्ने सुविधाको शुभारम्भ गरेको छ । कम्पनीले हालनेपाल टेलिकमको सुन्धारा र बबरमहलशाखामा रहेका सम्पूर्ण काउन्टरहरुमाक्युआर मार्फत भुक्तानीको सुबिधा संचालनमाल्याएको छ ।
नेपाल टेलिकम, सुन्धारा र बबरमहलमाआयोजित एक कार्यक्रमकाबीचआजसो सेवाको शुभारम्भ गरियो । नेपाल टेलिकम, प्रादेशिकनिर्देशनालय काठमाडौं, वागमतीप्रदेशकीनिर्देशक सविनामास्के प्रधान र नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सीईओ प्रवीणराजपोखरेलले यस सम्बन्धी सम्झौतापत्रआदानप्रदानगर्नुभयो ।
सो अवसरमानिर्देशकप्रधानले क्युआर कोडमार्फत बिलभुक्तानी गरी सेवाको शुभारम्भ गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाल टेलिकमले आफ्नो काउन्टरहरुमा डिजिटल भुक्तानीलाइप्रोत्साहनगर्न पहिलो पाइलाचालेको छ । प्रयोगकर्ताहरूले अबनमस्ते पे को क्युआर प्रयोग गरेर बिलतिर्न सक्नु हुनेछ । अबप्रयोगकर्ताहरूले नगदझिक्न बैंकमाजानु पर्ने झन्झटलाई कम गरीबिलभुक्तानीलाई सजिलो र छिटो बनाउन मद्दत गर्नेछ ।
नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सीईओ प्रवीणराजपोखरेलले भन्नुभयो, ‘डिजिटल भुक्तानी सेवाप्रदानगर्ने अवसर पाएकोमाहामीखुसीभएका छौ र आगामीदिनमाथपसहकार्य गर्न प्रोत्साहितभएका छौँ । यसले नगदरहित समाजसिर्जनागर्ने प्रयासमाउल्लेख्य भूमिका खेल्ने छ । आधुनिकप्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवाप्रदान गरी बैंक र डिजिटल प्रविधिमापहुँचभएकातथानभएका सबै उपभोक्तालाई आधुनिकवित्तीय सेवाप्रदानगर्नकालागियसले महत्वपूर्ण भूमिका खेल्ने छ ।’
सो अवसरमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनीकानिवर्तमान सीईओ कृष्ण प्रसाद भण्डारी, सूचना प्रणाली सहयोगीनिर्देशनालयकाप्रबन्धकशालिकराम सुवेदी र दूरसञ्चार कार्यालय,सुन्धाराकाकार्यालय प्रमुखदिनेश चन्द्र पन्थीले सेवाशुभारम्भ भएकोमाखुसीव्यक्तगर्दै सेवाकावारेमाआवश्यकजानकारी प्रदानगर्नुभएको थियो ।
हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल काउन्टरमागई नमस्ते पे को क्युआर प्रयोग गरी बिलभुक्तानीगर्न सकिने छ । यो सेवालाई आगामीदिनमाअन्यकार्यालयहरुमा समेत विस्तार गरिने छ ।
कम्पनीकानयाँ र विद्यमानदुवै प्रयोगकर्ताहरूले क्युआर मार्फत भुक्तानी गरे वापतआफ्नो वालेटमा १० प्रतिशतक्यासब्याकपाउने व्यवस्था समेत गरिएको छ।
नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा सञ्चालित नेपाल डिजिटल पेमेन्ट्स कम्पनीले ‘नमस्ते पे’ सञ्चालनगरिरहेको छ ।