काठमाडौं : सरकारले अन्तरप्रदेश संचालन हुने यात्रुवाहक सवारीसाधनको भाडादर ३ दशमलव २० प्रतिशतले घटाएको छ।
नेपाल आयल निगमले डिजेलको भाउ प्रति लिटर १० रुपैयाँका दरले घटाएसँगै सार्वजनिक सवारीसाधनको स्वचालित रुपमा भाडादर समायोजन गरिएको हो।
पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीसाधनमा ४ दशमल १९ प्रतिशत र तराईको बाटोमा संचालन हुने सवारीसाधनमा ४ दशमलव ६५ प्रतिशत भाडादर घटेको छ।
सार्वजनिक यातायातको भाडा समायोजन गर्दा ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा समायोजन गर्नुपर्छ। २०७८ सालमाा वैज्ञानिक भाडादर समायोजन प्रणाली अनुसार स्वचालित रुपमा भाडादर समायोजन हुने व्यवस्था गरिएको छ।
बुधबारदेखि लागु हुने गरि दुई वा दुईभन्दा बढी प्रदेश भई (राष्ट्रिय रुटमा) संचालन हुने सार्वजनिक यातायाको भाडा समायोजन भएको यातायात व्यवस्था विभागले जनाएको छ।
कहाँ जान कति लाग्छ?
https://drive.google.com/file/d/1goQCYtIGd1mE9m7U-QXfV2A_TecnMJvt/preview यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?