ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

आजबाट सवारीको नयाँ भाडादर कायम


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं, पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सरकारले अन्तर प्रदेशमा चल्ने सवारीको भाडादर घटाएको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपियाँ घटेसँगै सरकारले  भाडादर पनि घटाएको हो । डिजेल र मट्टितेलको मूल्य १६५ रुपियाँबाट १५५ रुपियाँ प्रतिलिटरमा झरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार स्वचालित मूल्य प्रणालीको आधारमा नै सार्वजनिक यातायातको भाडादर घटेको हो । उहाँले भन्नुभयो, “सार्वजनिक सवारीको भाडा स्वचालित मूल्य प्रणालीमा आधारित छ । त्यस कारण पेट्रोलियम पदार्थको मूल्य  पाँच प्रतिशत घट्ने वा बढ्ने हुँदा भाडादर पनि त्यहीअनुसार घट्ने वा बढ्ने हुन्छ ।” उहाँका अनुसार यात्रुवाहक सवारी साधनमा ३.२० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ । अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तर पालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने भएकाले प्रदेशभित्र सञ्चालित हुने यातायातका सन्दर्भमा विभागले कुनै निर्णय नगरेको उहाँको भनाइ छ  । बागमती प्रदेशले नयाँ भाडा दर आज सार्वजनिक गर्ने  सार्वजनिक यातायातको घटेको भाडा आजदेखि लागु हुने यातायात व्यवस्था विभागले जनाए पनि काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक यातायातका साधनले भने छुट दिएका छैनन् । प्रदेश सरकारले भाडादर घटेको सूचना जारी नगर्दा प्रदेशभित्र सञ्चालन भएका कुनै पनि यातायातका साधनले भाडा घटाएका छैनन् । श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका उपसचिव सङ्कर राज पाठकले भाडा दर घटाउने विषयमा मन्त्रालयमा गृहकार्य चलिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यातायात व्यवस्था विभागले घटाएको मूल्यका आधारमा नै प्रदेश भित्र सञ्चालन हुने यातायातको भाडा घटाउनका लागि अहिले गृहकार्य चलिरहेको छ । भोलिसम्म सार्वजनिक गछौँ ।” यस्तै अन्य छ वटा प्रदेशहरूले पनि आफ्नो प्रदेशभित्र सञ्चालन हुने यातायात साधनको भाडादर घटाउने तयारी गरिहरेका छन् । गत वर्षको असार २७ मा डिजेलको मूल्य १७२ रुपियाँ प्रतिलिटर हुँदा भाडादरमा स्वचालित मूल्य प्रणाली लागु गरिएको थियो । जस अनुसार पेट्रोलियम पदार्थको मूल्य पाँच प्रतिशत तलमाथि हुँदा भाडा दर घटने वा बढ्ने व्यवस्था छ । जस अनुसार अहिले डिजेलको मूल्य  १५५ रुपियाँ प्रतिलिटर पुग्दा भाडादर ३.२० प्रतिशतले घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकाे अदालतको आदेशप्रति आपत्ति-प्रेस स्वतन्त्रता रक्षा गर्न चेतावनी

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकाे अदालतको आदेशप्रति आपत्ति-प्रेस स्वतन्त्रता रक्षा गर्न चेतावनी

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार

वन मिचेर बनाइएको प्लटिंग 

वन मिचेर बनाइएको प्लटिंग 

जनसम्बन्ध विस्तार अभियानको देशैभर कार्यक्रम

जनसम्बन्ध विस्तार अभियानको देशैभर कार्यक्रम

लेख के तपाईँ बन्न सक्नुहुन्छ पत्रकारको नेता

लेख के तपाईँ बन्न सक्नुहुन्छ पत्रकारको नेता

लैंगिक हिंसा न्यूनीकरण सम्बोधनको लागि बहुआयमिक सहकार्य आवश्यक   

लैंगिक हिंसा न्यूनीकरण सम्बोधनको लागि बहुआयमिक सहकार्य आवश्यक  

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host