ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

देशभक्ति बौद्धिक कचहरी ललितपुरको सातदोबाटोमा सम्पन्न


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, जेठ ७ गते । देशमा स्वाधीनता, राष्ट्रियता एवं देशभक्ति भावना क्रमशःकमजोर तथा विकृति, विसङ्गति र भ्रष्टाचारले आक्रान्त भएको अवस्थामा वौद्धिक फलैचा, नेपालको आयोजनामा हिजो जेष्ठ ६ गते ललितपुरको सातदोबाटोमा देशभक्ति बौद्धिक कचहरी सम्पन्न भएको छ । कार्यक्रममा लामो समयदेखि कम्युनिष्ट तथा देशभक्ति आन्दोलनमा लाग्नु भएका देशभक्तमञ्च नेपालका संयोजक हिमाल धन राई, नेपाली कांगे्रस (बि.पी.) का महामन्त्री देवेन्द्र प्रकाश पौडेल, सह–महामन्त्री इन्दीरा अधिकारी, आदिवासी जनजाती तथा पहिचानका मुद्दामा पैरवी गर्ने नन्दकुमार कन्दङ्वा, लोकसेवा आयोजका पूर्व सदस्य अशोक कुमार झा लगायत विभिन्न बुद्धिजिवीहरुको सहभागि रहेको थियो । कार्यक्रममा हिमाल धन राईले देशभक्तमञ्च नेपालको स्थापना गर्नु पर्ने कारण बताउँदै आफ्नो विचार राख्नु भएको थियो । उहाँले भन्नु भयो, ‘मुलुकको सार्वभौभसत्ता र भौगोलिक अखण्डतालाई बचाउनु पर्छ । मुलुकको स्वाधीनता तथा देशभक्ति भावना एकदमै कमजोर अवस्थाभएको छ । यस्तो बेला मुलुकमा भ्रष्टाचार बढ्ने, विकृति, विसङ्गति उत्कर्षमा पुग्ने गर्दछ । सबै देशभक्ति बौद्धिक व्यक्तित्वहरुले यसको डटेर सामाना गर्ने बेला डराएको छ ।’ कार्यक्रमलाई नेपाली कांग्रेस  (बि.पी.) का महासचिवले मुलुकको अर्थतन्त्रको भयावह तस्विर बारे प्रकाश पार्दै भन्नु भयो, देशको ऋण दिन प्रतिदिन बढ्दो छ, व्यापार घाटा भयावह छ, श्रम बाहेक बेच्ने चिज हामी सँग केहि छैन, हामी ग्रे जोनबाट ब्ल्याक जोनमा जादैछौं । यति सानो मुलुकमा ८८४ जना सांसद आवश्यक छैन ।लामोे समयदेखि आदीवासी र जनजातिको मुद्दाहरुको पैरवी गर्ने नन्द कुमार कन्दङ्वाले देशलाई बहुभाषिक, बहुधार्मिक, बहुजातिय भनिएता पनि त्यो खालको अनुभूत हुन सकेको छैन, हामी नेपाली माथि उपनिवेश थोपारिएको छ । हिजो पहिचानको आधारमा नाम राख्छौ भन्थे प्रचण्डले तर उनी प्रधानमन्त्री भएको बेला पनि पहिचानको आधारमा प्रदेशहरुको नाम राखेनन् । राज्य सत्तामा जनसंख्याको आधारमा साझेदार हुनुपर्छ भन्दै आफ्नो विचार राख्नु भएको थियो । अशोक कु. झाले समेत कार्यक्रममाआफ्नो विचार राख्नु भएको थियो । उहाँले भन्नुभयो, ‘०४७ सालदेखि अहिलेसम्म सबै राजनीतिक दलको चरित्र एउटै छ, माफिया, तस्कर र विचौलिया तथा दलालहरुले देश सञ्चालन गरेका छन् । प्रमुख ठूला ३ दलहरु भ्रष्टाचारमा बढी केन्द्रित छन् ।’ नेपाली काँग्रेस (वि.पि) का सहमहामन्त्री इन्द्ररा अधिकारीले सबै महिलाहरु समेत अहिलेको भ्रष्टाचार विरुद्ध उनी राष्ट जोगाउन आव्हान गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता किरण इङ्नामले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालक सुलक्षा ढुङ्गानाले गर्नु भएको थियो । देशभक्ति मञ्च नेपालको जन जानकारी पत्र २०८० माथि पनि छलफल गरिएको थियो । देशभक्ति मञ्चको उद्देशय जीवन दर्शन र पार्टीगत जीवन भिन्न भिन्न भएता पनि नेपाल र नेपाली नागरिकलाई हेर्न बुझ्ने विषयमा एकरुपता, उच्च जातीय अहंकार र स्थानीय जातीय दम्मको अमान्य, कुनै पनि समयिक दृष्टि, हस्तक्षेप र भौतिक लगानीलाई राष्ट्रिय एकताको घरमा निष्क्रय गराइने, वर्तमान मानवीय आवश्यकतालाई वैज्ञानिक पद्धति मात्र नभई बहुजन हित खातिर उपभोक्त र प्रयोग व्यवस्थापनमा जोड दिने उद्देश्यहरु रहेका छन् ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

आजकाे माैसममा यी क्षेत्रमा फेरबदल हुने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host