काठमाडौं, ७ जेठ २०८०,
नवलपरासी (पूर्व), विनयीत्रिवेणी गाउँपालिका-१ दुम्किवास बजारस्थित प्रकाश गुरुङको गिल्ली क्याफेमा गएराति आगलागी हुँदा क्याफे पूर्णरुपमा जलेर करिब १२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
गोरखा, शहिदलखन गाउँपालिका-७ खाब्दी भञ्याङ्स्थित प्राथमिक स्वास्थ्य चौकी बुङकोटको भवनमा आइतबार बिहान आगलागी हुँदा उक्त भवनको माथिल्लो तला जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।