काठमाडौं : नेपाली काँग्रेसका सांसद डा. चन्द्र भण्डारीले जलनका विरामीहरूलाई पनि क्यान्सर रोग सरह नै आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
खाना पकाउने ग्याँसको जलनबाट पीडित भएपछि पहिलो पटक बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले यस्तो माग गरेका हुन्।
गरिब मानिस नै यसको बढी मारमा पार्ने भएकाले उनीहरूलाई पनि क्यान्सर, मुटु र किड्नी रोगीलाई जस्तै आर्थिक सहायता राज्यले उपलब्ध गराउनुपर्ने उनको तर्क थियो । यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?