ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

गणतन्त्र दिवस कर्मकाण्डी तरिकाले मनाउनु हुँदैन : मन्त्री शर्मा


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा भएका प्रावधानहरुलाई समयमा नै नागरिकसमक्ष पुर्‍याउन नसकिएको बताएकी छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले संविधानमा व्यवस्था गरेका कुराहरु लक्षित समुदायले थाहा पाउनै नसक्दा विभिन्न समस्या सिर्जना भइरहेको उल्लेख गरिन्। उनले कानुनले १८ वर्ष भन्दा कम उमेर समूहका महिलामाथि शारीरिक सम्बन्ध राख्नुलाई बलात्कार हुनेकुरा उल्लेख गरे पनि कानुनको बारेमा लक्षित समुदायसम्म बुझाउन नसक्दा कतिपय मानिसहरु बलात्कारको मुद्दामा परिरहेको बताइन्। उनले कानुन लक्षित समुदायमा समयमा नै पुर्‍याउन नसकेका कारण १८ वर्षमुनिको महिलामाथि शारीरिक सम्बन्ध राखी बलात्कारको मुद्दामा पर्नेहरुको संख्या बढी रहेको बताइन्। उनले पैतृक सम्पतिको समानताको बारेमा पनि लक्षित समुदायमा सूचना पुर्‍याउन नसकिएको बताइन्। मन्त्री शर्माले गणतन्त्र दिवस कर्मकाण्डी तरिकाले मनाउन नहुने बताइन्। उनले भनिन्, ‘अहिले पनि कस्तो अवस्था छ भने हामीले संविधानमा व्यवस्था गरेका कुराहरु लक्षित समुदायले थाहा पाउनै सकेका छैनन् । बुझ्नै सकेका छैनन् । त्यहाँसम्म हामीले पु¥याउनै सकेका छैनौँ । संविधानमा, कानूनमा व्यवस्था गरेका छौँ, व्यवहारमा लागू भइरहेको छैन । किनभन्दा कतिपय कुरा थाहा छैन, कतिपय कुरामा हाम्रो समाज यस्तो छ की सोसाइटीले एडेप्ट गर्न सकिरहेको छैन । हाम्रो कानूनले, हामीले गरेको व्यवस्थाले १८ वर्ष मुनिका महिलाहरुसँग राखिने शारीरिक सम्बन्ध बलात्कार हो भनेर कानूनले चिन्छ । तर भटाभट युवाहरु बलात्कारको मुद्दामा परिरहेका छन् । जान्दा जान्दै त्यो गल्ती गर्ने कति होलान् ? अन्जानमा गल्ती गर्ने कति होलान् ? ठूलो संख्या नजानेरै गल्ती गर्नेमा छन् जस्तो लाग्छ । यस्ता कुरा हामीले जनतामाझ लैजान सकेका छैनौँ। उनीहरुलाई कसरी सजग बनाउने भन्नेजस्ता कार्यक्रम चलाउन जरुरी छ । हामीले कर्मकाण्डी तरिकाले गणतन्त्र दिवस मनाएर हुन्छ? गणतन्त्रपछिको उपलब्धिहरुको समीक्षा र प्रचारप्रसार गर्न आवश्यक छ।’ मन्त्री शर्माले गणतन्त्रका उपलब्धिहरु उल्ट्याउने प्रयास भइरहेको भन्दै उपलब्धिको समीक्षा गरेर अघि बढ्न जरुरी रहेको उल्लेख गरिन्। उनले राजनीतिक दलहरुले आफूले गरेका गल्तीको समीक्षा गरी सच्याएर जान जरुरी रहेको बताइन्। उनले सञ्चारमाध्यमहरुमा आफ्ना समाचार सामग्री उत्कृष्ट बनाउने कुरामा प्रतिष्पर्धा हुनुपर्ने बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

डढेको र भत्किएको घरमा के फर्किनु  प्रचण्डको एमालेको घर फर्क अभियानमाथि व्यङ्ग्य

डढेको र भत्किएको घरमा के फर्किनु प्रचण्डको एमालेको घर फर्क अभियानमाथि व्यङ्ग्य

वाम आन्दोलनको नयाँ अध्याय नेपाली कम्युनिस्ट पार्टी र मातृभूमि अभियानबीच ऐतिहासिक एकता

वाम आन्दोलनको नयाँ अध्याय नेपाली कम्युनिस्ट पार्टी र मातृभूमि अभियानबीच ऐतिहासिक एकता

सानो उमेरमै बालबालिका कुलतमा फस्ने समस्या रोकथामका उपाय र राज्यको जिम्मेवारी

सानो उमेरमै बालबालिका कुलतमा फस्ने समस्या रोकथामका उपाय र राज्यको जिम्मेवारी

नेपालका कम्युनिस्ट पार्टीले न्युयोर्कका ममदानीबाट सिक्नुपर्ने पाठ

नेपालका कम्युनिस्ट पार्टीले न्युयोर्कका ममदानीबाट सिक्नुपर्ने पाठ

चिरन सीको आह्वान सबै कम्युनिस्ट शक्तिलाई एउटै पार्टीमा एकताबद्ध गरी समाजवादको नेतृत्व गर्ने दाबी

चिरन सीको आह्वान सबै कम्युनिस्ट शक्तिलाई एउटै पार्टीमा एकताबद्ध गरी समाजवादको नेतृत्व गर्ने दाबी

वाम आन्दोलन एक ढिक्का चिरन सी नेतृत्वमा नयाँ नेपाली कम्युनिष्ट पार्टी गठन हुँदै

वाम आन्दोलन एक ढिक्का चिरन सी नेतृत्वमा नयाँ नेपाली कम्युनिष्ट पार्टी गठन हुँदै

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host