ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

प्राबिधिक शिक्षाका अवस्था , चुनौती र अवसरहरु।


ADVERTISEMENT

२०८० जेष्ठ १४, काठमाडौँ।

प्रेम प्रकाश टमटा( क्षितिज )।

नेपालमा पछिल्लो समयमा प्राविधिक शिक्षा प्रतिको आकर्षण बढ्दै गईरहेको छ । नेपाली शिक्षा क्षेत्रमा देखिएको बेथिति र भड्किलो शिक्षा प्रणालीका कारण धैरै विधार्थीहरु अहिले उच्च शिक्षा हासिलको लागि विभिन्न देशहरुमा भौतारिने गरेको तथ्यांक पनि हाम्रासामु प्रष्टै छ । यसरी विदेशी शिक्षा उच्च वर्गीयहरुको लागि त ठीकै होला तर मध्यम र निम्नवर्गीय मानिसहरुको लागि झनै समस्याको विषय बनेको छ ।  यसै कारणले पनि होला मध्यम र कमजोर आर्थिक स्थिति भएका र छोटो  समयमा अध्ययन गर्छु भन्ने चाहना भएका विधार्थीहरुका लागि भने अहिले प्राविधिक शिक्षा अभिसाप बन्न पुगेको छ ।

विश्वभर नै सूचना प्रविधिमा भईरहेको तीब्र विकासको प्रभाव नेपालमा पनि विस्तारै पर्दै गईरहेको छ । विश्वभर भईरहेको प्रविधिको विकासप्रतिको आकर्षणले गर्दा प्राविधिक र व्यवहारिक शिक्षाप्रति नेपाली विधार्थीहरुको पनि आकर्षण बढ्दै गईरहेको देखिन्छ । तर, यसका पछाडि धैरै चुनौतिहरु रहेका छन्, साथमा अबसरहरु पनि त्यस्तै छन् ।

तपाई प्राविधिक शिक्षा पढ्ने तयारीमा हुनुहुन्छ भने तपाईं सबैभन्दा पहिले यो प्रष्ट हुनु आवश्यक छ कि प्राविधिक शिक्षा पढ्ने शोख तपाईको हो या त तपाईलाई प्राविधिक शिक्षा पढाउने निर्णय परिवारले लिएका हुन्। आफ्नो सुझबुझविना तपाईं परिवारको दबाबमा परी प्राविधिक शिक्षा पढ्दै हुनुहुन्छ भने  सम्झनुस् यो तपाईंले ठूलो भूल गर्दै हुनुहुन्छ । यदि तपाई परिवारको दबाबमा प्राविधिक शिक्षा रोज्दै हुनुहुन्छ भने तपाईले धैरै चुनौतिको सामाना गर्नुपर्ने हुन्छ किनकि यो प्राविधिक शिक्षा सुनेको जस्तो सजिलो छैन । यदि प्राविधिक शिक्षा पढ्ने शोख भित्रदेखिको नै  हो  म जसरी पनि यो विषयमा सफल भएरै  छोड्छु भन्ने इच्छाशक्ति तपाईसँग छ भने त्यो असम्भव पनि छैन तपाई अवस्य सफल हुन सक्नुहुन्छ ।

त्यो सबै तपाईको इच्छाशक्ति र मेहनतमा भर पर्नेछ । यसको लागि तपाईले धैरै कुराहरु बझ्नुपर्ने हुन्छ । सबैभन्दा पहिले तपाईले कलेज छान्दा त्यसको शिक्षाको गुणस्तरका बारेमा बुझ्नुहोस, त्यहाँको शिक्षण विधिको बारेमा पनि बुझ्नुहोस्, शिक्षकको शिकाई शैलीको बारेमा बुझ्नुहोस्, त्यहाँको प्रयोगशालाका बारेमा बुझ्नुहोस् अनि मात्र छनोट गर्नुहोस् आफूले पढ्ने कलेज। नत्र तपाई शिक्षाको नाममा भैइरहेको लूटतन्त्रको शिकार बन्न सक्नुहुनेछ ।

यस्ता धैरै कलेजहरु छन् जसले विधार्थी भर्नाको समयमा धैरै सुविधाहरु छन् भनेर धैरै झुठा मन्त्रहरु लगाएर विधार्थीहरु तान्ने गरिहेका छन् । कुनै पनि कलेजले भर्नाको समयमा देखाएका आश्वासन पुरा गर्न सक्दैनन् र उनीहरुले भने अनुसारको सुविधा त्यहाँ हुदैन । ती सबै विद्यार्थी तान्ने खेलमात्र हुन्। त्यसैले यसमा पनि ध्यान दिनुपर्ने धेरै कुराहरु छन् ।

अहिले प्राविधिक शिक्षा क्षेत्रमा पनि धैरै अनियमितता हुन थालेका छन् । प्राविधिक शिक्षा तथा व्यावसाहिक तालिम परिषद्ले दिने विधार्थी सहुलियतमा चरम अनियमितता छ । विधार्थीलाई दिने सहुलियतमा पनि राजनितिक दबाब र भागबन्डा हाबी हुँदा पाउनुपर्नेले सहुलियत पनि धेरैले पाउने गरेका छैनन् भने पाउने गरेका सहुलियतहरु पनि कर्मचारीतन्त्र हावी हुँदा कर्मचारीका आफन्त र राजनीतिक दलका आसेपासेले पाउने गरेका छन । त्यस्तै अर्को तिर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले कलेजलाई विद्यार्थीका लागि दिने गरेको आर्थिक सहुलियतमा पनि चरम अनियमितता हुने गरेको छ । यहाँ पनि स्पष्ट रुपमा आफुखुसीतन्त्र र आफन्ततन्त्र चलेको देखिन्छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का केहि यस्ता कलेजहरु पनि छन जुन प्राविधिक शिक्षा तथा व्यावसाहिक तालिम परिषद्को मापदण्ड पुगेका छैनन् । केहिमा त प्राविधिक शिक्षाका लागि आवश्यक पुर्वाधार नै छैन । त्यसैले मापदण्ड नपुगेका र आवश्यक पुर्वाधार नपुगेका शिक्षण संस्थालाई खारेज गरी गुणस्तरीय प्राविधिक शिक्षामा ध्यान दिनैपर्ने देखिन्छ । प्राविधिक शिक्षाको एउटा हिंसा प्रयोगशालाको अवस्था अन्य शैक्षिका संस्थाको भन्दा सुविधाजनक देखिएपनि गुणस्तरीय प्राविधिक शिक्षाको लागि भने यो पर्याप्त छैन ।

ADVERTISEMENT

कुनै कलेजहरुको प्रयोगशालाहरुको अवस्था पनि प्राविधिक शिक्षाको तुलना गरेर हेर्दा नाजुक नै देखिन्छन् । विशेष मापदण्ड बनाएर यसको व्यवस्थापन गर्नुपर्ने देखिन्छ भने शिक्षण विधिमा पनि केहि परिवर्तन गर्नुपर्ने देखिन्छ । त्यसैगरी, परीक्षा आधारित भन्दा पनि प्राविधिक शिक्षालाई प्रयोगात्मक र व्यवहारिकता तर्फ उन्मुख गर्नुपर्छ । कलेजलाई बुझाउने अतिरिक्त शुल्क अनुसारको सेवा सुविधाहरु पनि विधार्थीलाई केहि कलेजहरुले दिने गरेको भए पनि अधिकांश कलेजहरुले उपलब्ध गराउने गरेका छैनन् । यसमा कलेजहरुले विद्यार्थीलाई अतिरिक्त शुल्क अनुसारको सेवा शुल्क उपलब्ध गराउनु पर्ने देखिन्छ र विद्यार्थी पनि यसतर्फ सचेत रहि आवाज उठाउनुपर्ने देखिन्छ ।

पछिल्लो समयमा एस एल सी र एस ई ई उत्तीर्ण जुनसुकै विधार्थीको मुखमा प्राविधिक शिक्षा नै झुन्डिएको छ । छोटो समयमा सीप हाँसिल गरी व्यवसायिक र जिविकोपार्जन तर्फ उन्मुख हुन सकिने भएकोले यसप्रतिको आकर्षण बढ्दै गईरहेको देखिन्छ । यसमा सैद्धान्तिक भन्दा प्रयोगात्मक तर्फ बढी नै केन्द्रित भइने हुँदा जागिर नपाएपनि सीप हातमा हुने भएकोले आफैँले नै व्यावसाय सञ्चालन गर्न सकिन्छ ।

अहिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले विभिन्न समय अवधिको प्राविधिक शिक्षा तथा तालिमहरु दिँदै आइरहेका छन् । यसमध्ये अठार महिना र तीन वर्षे डिप्लोमा कोर्ष प्रती  धैरैको ध्यान जाने गरेको छ । यस कोर्ष पुरा गरी सकेपछि स्वदेश तथा विदेशका विभिन्न कम्पनीहरुमा काम गर्नको लागि सहज वातावरण सिर्जना हुनुका साथै माथिल्लो तहको उच्च शिक्षा हासिल गर्न चाहने तर आर्थिक स्थिती कमजोर भएका विधार्थीहरु  लाई छात्रवृत्ति को राज्यले ब्यवस्था गरेको छ।

ADVERTISEMENT
ADVERTISEMENT

लेखक ctvt का विद्यार्थी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

संस्थाकाे कोष बढाउने काम गरेकी इक्यानको कोषाध्यक्षमा उमाको उम्मेदवारी

संस्थाकाे कोष बढाउने काम गरेकी इक्यानको कोषाध्यक्षमा उमाको उम्मेदवारी

इक्यानले सोमबार एभरेष्ट होटलमा शैक्षिक मेला लगाउने

इक्यानले सोमबार एभरेष्ट होटलमा शैक्षिक मेला लगाउने

एभरेस्ट स्कुलले तिहार कार्यक्रम भव्य रूपले मनायो

एभरेस्ट स्कुलले तिहार कार्यक्रम भव्य रूपले मनायो

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

त्रिभुवन विश्वविद्यालयले आगामी पठनपाठन कार्तिक ११ गते बाट मात्र सुरु गर्ने

त्रिभुवन विश्वविद्यालयले आगामी पठनपाठन कार्तिक ११ गते बाट मात्र सुरु गर्ने

जेनजी आन्दोलनका सहिद सन्तानका लागि काठमाडौं युरो स्कुलको पूर्ण छात्रवृत्ति घोषणा

जेनजी आन्दोलनका सहिद सन्तानका लागि काठमाडौं युरो स्कुलको पूर्ण छात्रवृत्ति घोषणा

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host